30/10/2026
आज मिति २०८३ साल कार्तिक १३ गते शुक्रबार, बुद्ध शान्ति-४ टिमाई झापा स्थित पल्युल देछेन छ्योइ्लिङ गुम्बा मा परम पूजनीय महापण्डित खेन्छेन नामड्रोल छेरिङ रिन्पोछे ज्यू को पावन सान्निध्यमा एक महिना (नाम्क्षोई ङोन्डो) गगन धर्म महासन्धि बुद्ध हस्तधरको पूर्वाभ्यास शुभारम्भ भए
यो पूर्वाभ्यासको पहिलो दिनको पहिलो सत्र का केही अमूल्य क्षणहरू तपाईंहरूसमक्ष फेसबुक लाइभमार्फत प्रस्तुत गर्दैछौं।
✨ गुम्बाको शान्त वातावरण, धूपको सुगन्ध र साधकहरूको श्रद्धापूर्ण उपस्थितिले सम्पूर्ण परिसर पवित्र बनेको छ।
✨ रिन्पोछे ज्यूको अमृतमय वाणी र मार्गदर्शनले सहभागी सबै साधकहरूमा नयाँ उत्साह र श्रद्धा जगाएको छ।
✨ एक महिनासम्म चल्ने यो साधना, अभ्यास यात्रा सबै सत्त्वप्राणीको कल्याणका लागि समर्पित छ।
🙏 यहाँ उपस्थित हुन नसक्नुभएका धर्मप्रेमी दाजुभाइ, दिदीबहिनीहरूले यो लाइभमार्फत धर्मको यस पावन क्षणमा सहभागी भई पुण्य सञ्चय गर्न सक्नुहुनेछ।
सबै सत्त्वप्राणीको मंगल होस्! सबैको कल्याण होस्! 🪷🙏