08/26/2026
रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीको खबरले हामी नेपाली कम्युनिटी चर्च न्यूयोर्क परिवार अत्यन्तै स्तब्ध र दुःखित भएका छौं। हाम्रो जन्मभूमिमा आइपरेको यो अकल्पनीय दुःखको घडीमा हामी नेपालमा हुनुभएका हाम्रा समस्त दाजुभाइ तथा दिदीबहिनीहरूसँगै मर्माहत र शोकित छौं।
हामी आफ्ना प्रियजनहरू गुमाएका शोकाकुल परिवारहरू, विस्थापित तथा पीडितहरू, साथै उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा खटिरहनुभएका सबैका लागि प्रार्थना गर्दछौं। परमप्रभुले यस दुःखद घडीमा सबैलाई आशा प्रदान गर्नुभएको होस्। 🇳🇵🙏❤️🩹
— नेपाली कम्युनिटी चर्च न्यूयोर्क परिवार
We at Nepali Community Church New York are deeply shocked and saddened by the news of the devastating flood in Rasuwa, Nuwakot, and Dhading. In this unimaginable time of sorrow that has befallen our homeland, we are heartbroken and grieving together with all our brothers and sisters in Nepal.
We pray for the bereaved families who have lost their loved ones, for those who have been displaced and affected, and for everyone involved in rescue, relief, and recovery efforts. May the Lord grant hope to everyone during this painful and difficult time. 🇳🇵🙏❤️🩹
— Nepali Community Church New York Family