Khanal Pooja Service

Khanal Pooja Service To perform any prayer ritual to honor and worship deities, for all occasions (wedding, Nuwaran, Srad

09/06/2024

राम्रो लागेर फेसबुकमा shere गरेको Tikaram Yatri

विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ ।

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन ।

फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ ।
फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।
तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला ।

हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर
बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् ।

मनाउने जतिलाई तीजको हार्दिक शुभकामना 💐

09/02/2024

from Facebook
कुशीऔंसीका विषयमा संक्षिप्त चर्चा
ताेयराज नेपाल भाद्रकृष्ण अमावास्यालाई कुशीऔंसी भनिन्छ। यस सम्बन्धमा वचन छ--
´´मासे नभस्यामावास्यां तस्यां दर्भाेच्चयाे मतः।
अयातयामास्ते दर्भाःसन्नियाेज्याः पुनःपुनः।। `` ´´ नभोमासस्य दर्शे तु शुचिर्दर्भान् समाहरेत्।
अयातयामास्ते दर्भा विनियोज्याः पुनः पुनः।।``
धर्मसि•सुधा-१४५
भाद्रमासका औंसीका दिन काटेकाे कुश एकवर्ष सम्म बासी हुँदैन, वारंवार प्रयाेग गर्न सकिन्छ। कुश काट्नुअघि तलका मन्त्रले प्रार्थना गरी कुश काट्नुपर्दछ।-- ´´ कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः।
कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनि।।``
´´विरञ्चिना सहाेत्पन्नः परमेष्ठिनिसर्गजः।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकराे भव।
एवं मन्त्रं समुच्चार्य ततः पूर्वाेत्तरामुखः।
हूंफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत्।।`` ध•सि•सुधा-१४५
यी मन्त्र पढेर पूर्वाेतर मुख भएर ´हूंफट्` यो मन्त्र उच्चारण गर्दै एकपटक काटेर उखेल्नुपनि पर्दछ। किनकि धेरैजसो कार्यमा जरैसँगको कुशको प्रयोग गर्ने विधान छ। तर कुश थोरै हुने ठाँउमा कुश उखेलेर पुग्दैन , त्यसैले काट्नुपर्दछ। ´´
´´ स्नाने दाने जपे हाेमे स्वाध्याये पितृकर्मणि। करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।। ``
अर्थात् कुशमा ब्रह्मा ,विष्णु र रुद्र तीनाेटै देवता बसेका हुँदा स्नान ,दान , जप ,हाेम , स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएर मात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ।
´´यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम्।।``
इन्द्रकाे वज्र ,विष्णुकाे चक्र र शिवकाे त्रिशूल जस्तै विप्रकाे पवित्र (कुश ) सुरक्षा गर्ने हतियार जस्तै हुन्छ।जसले प्रयाेग गर्नेलाई सुरक्षा दिन्छ। कुशकाे वर्गीकरण यसप्रकार छ। -- ´´कुशाः काशाः यवा दूर्वा उशीराश्च सकुन्दकाः।
गाेधूमा ब्रीहयाे मुञ्जा दश दर्भाः सबल्लजाः।।`` ध•सि•सुधा-१४५ कुश , काँस , जौ ,दुबाे , उशीर (खस) कन्दुक (एक किसिमकाे तृण विशेष) गहुँ , धान , मूँज , बल्लज अर्थात् बावियाे समेत गरी दशकिसिमका कुशजाति मानिएका छन् । ´´कुशाभावे तु काशाः स्युःकाशाःकुशसमाःस्मृताः। काशाभावे गृहीतव्या अन्ये दर्भा यथोचिताः।।`` ध•सि• सुधा-१४५ कुशको अभावमा काशलाई लिनुपर्दछ , किनकि काशलाई पनि कुशसमाना मानिएको छ।काशको पनि अभाव भएमा मात्र अरुदर्भहरू लिनुपर्दछ।
कुशकाे उत्पत्तिका सम्बन्धमा उपर्युक्त
´´ विरञ्चिना सहाेत्पन्नः... यस वचनद्वारा ब्रह्माजीका साथमा कुशकाे उत्पत्ति भएकाे हाे , भन्ने कुरा स्पष्ट हुन्छ।
अर्काे कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लाेकमा उपद्रव , अत्याचार मच्चायाे, त्यसलाई नमारी अत्याचार शान्त नहुने भयाे। अनि भगवान् शङ्करजी जालन्धर सँग युद्ध गर्न लाग्नुभयाे ,तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नुभएन । अनि विष्णुले लाेककाे कल्याण गर्नका लागि जस्ताे सुकै सजाय भाेग्नुपरेपनि भाेग्छु , तर जालन्धरलाई नमारी भएन , त्यस कारण उसलाई मार्न छल गरी म वृन्दाकाे पतिव्रता धर्म नष्ट गराउँछु ,अनि तपाईँले जालन्धरलाई मार्न सक्नुुहुनेछ , भनी भगवान् शङ्कर सँग! सल्लाह गरी भगवान् विष्णुले जालन्धरकाे रूप धारणगरी वृन्दाकाे पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शङ्करले मार्नुभयाे र लाेककाे कल्याण गर्नुभएको थियाे। पछि विष्णुले छल गरी मेराे सतीत्व नष्ट गरेछन् , भन्ने कुरा वृन्दाले थाहा पाएर - हे कपटी विष्णु तिमीले छल गरेर मेराे पतिव्रता धर्म नष्ट गरेछौ , त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन - तिमीले ढुङ्गाे हुनुपरोस् ,रूख हुनुपरोस् , र झार घाँस भएर रहनुपराेस् ,भनेर श्राप दिइन्। पतिव्रताकाे श्राप विष्णुलाई लागेर ढुङ्गाे हुनुपराेस् भनेकामा शालिग्राम , झार हुनुपराेस् भनेकामा तुलसी , रूख हुनुपराेस् भनेकामा पीपल र घाँस हुनुपराेस् ,भनेकाेमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएकाे हाे , भनिएकाे छ।त्यस कारण विष्णुकाे रूप भएकाे हुँदा कुश पवित्र मानिएकाे हाे।
अर्काे कुरा भगवान्ले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहकाे (बँदेलकाे) रूप लिई दैत्यलाई मारी पृथिवीकाे उद्धार गर्दा ठुलाे परिश्रम परेकाे हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवा माथि विश्राम गर्न सुत्नुभएछ । वराह भगवान् सुत्नुहुँदा उहाँका केश झरेर त्यसबाट कुशकाे उत्पत्ति भएकाे हाे भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ। यस्ता धेरै कथानकहरूबाट ब्रह्मा , विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएकाे कुरा सिद्ध भएकाे हुँदा कुश पवित्र मानिएकाे र देवकार्य तथा पितृकर्यमा पनि कुशकाे आवश्यकता अपरिहार्य भएकाे कुरा शास्त्रमा वर्णित छ। यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरू मुक्ति हुने र छाेरा नातिहरूलाई यस लाेकमा सुख समृद्धि र परलाेकमा समेत पुण्यप्राप्ति हुने भएकाेले श्राद्ध तर्पण सिधादान गरी पितृकर्म गर्नुपर्दछ।बाबु हुनेले बाबुकाे मुख हेर्ने र बाबु नहुनेले तर्पण , पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चलिआएकाेछ। यसकारण आफ्नाे सुरक्षा कवचका रूपका कुशकाे संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्षदिन सम्म बासी नहुने भएकोले यस दिन कुश काट्ने गरिएकोहो।यसदिन कुश काट्ने गरिएकाे हुँदा यस दिनलाई कुशीऔंसी भन्ने परम्परा चलेकाे हाे। ,, ।।।कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व।।।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देवकार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ र वर्तमान समयमापनि Eragrostis cynosuroides वैज्ञानिक नामले चिनीने कुशलाई वैज्ञानिक हरूले अनुसन्धान र निष्कर्ष निकाली सकेकाछन् ।

यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम् ।।

उपरोक्त श्लोकबाट स्पष्ट हुन्छ कि कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशूलजस्तै शक्तिशाली छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिष, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । वैदिक साहित्यमा परापूर्व कलदेखी नै कुशको वर्णन अनेकौं स्थानमा गरिएको पाईन्छ । विष्णु भगवानको प्रतीक मानिने कुशलाई श्रीमद्भगवद् गीता, गरुड पुराण, अथर्व वेदआदिमा क्रोधशामक र अशुभनिवारक अर्थात् मनलाई नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ भनेर व्याख्या गरिएको पाइन्छ ।

जब कुनै व्यक्तिको जन्म कुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नालेपनि अत्यन्तै फाईदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्नेछ । हवन तथा याज्ञआदि कार्यमा पनि कुश विछ्याउने परम्परा वैदिक कालदेखि नै चलिआएको छ । त्यसैगरी देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पबित्र अर्थात् कुशको औँठी औंलामा लगाउने र कम्मरमा सिउरने धार्मिक विधि समेत रहेको छ । अघि पछि उखलेको कुश एकदिन, कुशे औँशीको दिन उखलेको कुश एक वर्ष र कुशे औँशीको दिन सोमवार (सोमवारे औँशी) पर्न गाएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्णहुने शस्त्रोक्त वचन रहेको छ ।

धार्मिक मान्यता अनुसार मान्छे मर्ने बेलामा या पार्थिव शरीरलाई कुशकै बिछ्यौनामा सुताउने गरिन्छ । यदि कुनै व्यक्तिको मृत्यु पञ्चक अर्थात् धनिष्ठा, शतभिषा, पूर्वभाद्र, उत्तरभाद्र र रेवती नक्षत्रमा मृत्यु भएको भए भवितव्यमा हुने अनिष्टबाट बच्न कुशकै ५ वटा पुत्ला बनाई मसान घाटमै जलाउने प्रचलन रहेको छ । हराएको मान्छे अब जिउँदो छैन भन्ने लाग्यो भने कुशकै पुत्ला बनाएर अन्त्योष्टि गर्ने प्रचलनपनि रहेको छ, किनकि कुशमा अनिष्ट शक्तिलाई नाश गर्ने क्षमता मिल्ने भएकाले कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार राहु ग्रहको नकारात्मक उर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठुलो मद्दत गर्दछ, राहु ग्रह लागेका या राहु हावी भएका व्यक्तिहरूको लागिपनि कुश ज्यादै उपयोगी छ । राहु ग्रहको महादशा अन्तर्दशा या प्रत्यानतर दशा भएका व्यक्तिहरुले कुशको अधिकभन्दा प्रयोग या हवन गरेर राहुको नकारात्मक उर्जाबाट बच्न सकिन्छ ।

आयुर्वेदमा पनि यसको निकै नै ठूलो महत्व रहेको छ तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा ऊर्ध्वगमन र अधोगमन (high & low), पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने सामर्थ्य कुश मै रहेको छ र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनेर आयुर्वेदमा उल्लेख गरिएको छ ।

हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा, वेदका मंत्र या श्लोकहरु पाठ गर्दा हाम्रो शरीरबाट एकप्रकारको उर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षित बनाउन र सकारात्मक उर्जा परिचालन गर्न लागि कुश एकदमै महत्त्वपूर्ण भुमिका खेल्दछ । यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि गर्यौं भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित हुनाले हामीलाई आफूले गरेको कार्यबाट अझै बढी सकारात्मक उर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ ।

आध्यात्मिक र संचित शक्तिलाई जहिले पनि नेगेटिभ उर्जाले व्याप्त पार्न सक्दछ, त्यसैले हाम्रो वरिपरिका एन्टी रेडियसनबाट बचाउन कुशलाई लगाउने, राख्ने, ओछ्याउने र शुद्ध पार्ने जस्ता कामको लागि उपयोगी गर्ने गरिन्छ यस्ता नकारात्मक प्रवाह र नेगेटिभ उर्जा विशेषगरी हाम्रो हात, गोडा र सीरबाट हाम्रो शरीरमा व्याप्त हुने हुनाले गर्दा कुशका पबित्र, औँठी, मणिबन्ध, यज्ञोपवीत आदि बनाएर ग्रहण गर्ने गरिन्छ । अझ भनु वैज्ञानिक दृष्टिले पनि यो कुरा सिद्ध हुन्छ कि, कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचाप जस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको पनि तर्क छ ।

कुशलाई बिकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहररूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको पाइयो । सम्पूर्ण वायुमण्डलमा रहेका विकिरण हरूलाई निस्तेज गर्नसक्ने क्षमता कुशमा मात्रै ६० प्रतिशत रहेको वैज्ञानिक हरूको भनाई छ । वर्तमान समयमा हामीले प्रयोग गर्ने विभिन्न प्रकारका इलोक्ट्रोनिकवस्तु, घडी, मोबाईल, कम्प्युटर लगाएतका अन्य प्राविधिक, टेक्निकल लगायत विद्युतीय उपकरणहरुबाट निस्कने नकारात्मक उर्जालाई समाप्त पार्न र त्यसबाट बच्नको लागि वैज्ञानिक दृष्टिले पनि कुशको प्रयोग महत्त्वपूर्ण छ ।

यस्तो विशेष वनस्पति कुशलाई भरिसक्के काट्नु हुँदैन, कुशे औँशीको दिन उखेलेर घरमा राख्नाले मात्र पनि नकारात्मक उर्जा, तरङ्ग र विकिरणहरूलाई निस्तेज बनाउन मद्दत गर्दछ, त्यसैले ग्रहण आदिमा खानेकुराहरूलाई शुद्ध बनाई राख्न र नकारात्मक उर्जाहरूबाट जोगिन हामीले ग्रहणको समयमा खानेकुराहरुमा कुश राखेर शुद्ध पार्ने गरिन्छ । आगामी दिनहररूमा हामीले कुशलाई घरमा राखे मात्र होइन कुशको महत्त्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसवारे सोध संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्दछ ।
ॐ हरये नमः ।श्रीकृष्णार्पणमस्तु।।

04/08/2024

भोलि अप्रिल ८ तारिख सोमबारे औँसी परेको छ र सूर्य ग्रहण पनि परेको छ। क्यालिफोर्निया को समय अनुसार ग्रहण सुरु बिहान १०:१०
मध्यान्ह ११:१४
मोक्ष अर्थात् समाप्ति१२:२३

10/15/2023

घटस्थापना / शुभ समय-
नेपालमा October 15 Sunday मा “चित्रा नक्षत्र र -वैधृती योग” को शान्ति गरेर मात्र घटस्थापना तथा यवरोपण गर्नु पर्ने छ ।

अमेरिका / क्यानाडामा चाहिं आइतवार “वैधृती योग” कटेर ‘चित्रा’ नक्षत्रका साथमा “विष्कम्भ योग” सुरु भइसकेको हुनाले घटस्थापना गर्न नक्षत्र र योगको शान्ति गर्न जरुरत पर्दैन ।
आफ्नु यथा अनुरुप विधिले शुभ समयमा घटस्थापना गर्न सकिने छ ।

October 15,2023 Sunday घटस्थापना तथा यवरोपण गर्ने (जमरा राख्ने) शुभ समय, तत् तत् स्थानको हाते घडिको समयानुसार -

Texas USA- 10:35 AM to 11:55 AM

New York USA- 10:55 AM to 11:50 AM

Maryland USA - 10:50 AM to 11:45 AM

Chicago USA- 10:31 AM to 11:42 AM

California USA 09:55 AM to 11:25 AM

Vancouver CANADA 10:15 AM to 11:35AM

Toronto CANADA 10:45 AM to 11:45 AM

यहां आइतवारको सर्वोत्तम शुभ समय निकालिएको छ । यो बाहेक दिनैभरी यहांहरूले आफ्नु अनुकूलमा कार्य गर्न सक्नुहुनेछ ।
धन्यवाद ।
- मेघराज निरौला गुरु जी बाट साभार

09/16/2023

सम्पूर्ण हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा मेरा आदरणीय सम्पूर्ण माता तथा दिदीबहिनीहरुमा हरितालिका तथा ऋषिपञ्चमीको मंगलमय शुभकामना व्यक्त गर्दछु
मैले यो क्यालिफोर्निया अमेरिकाको समय अनुसार दृक (Drik Panchang) पञ्चाङ्गमा आधारित तीज पर्व को बारेमा लेख्न गइरहेको छु
हरितालिका तीजको व्रत सेप्टेम्बर १७ आइतवार विहान सूर्योदय हुंदा तृतीया तिथि कायम भई राती १२ बजेसम्म मात्र छ तेसैले हरितालिका तीज आइतवार पर्छ ।
गणेश चौथी सेप्टेम्बर १८ सोमवार सूर्योदयमा चतुर्थी कायम भै १९ सेप्टेम्बर १ am बजेसम्म रहन्छ । तेसैले सोमवार गणेश चौथी पर्छ ।

ऋषिपंचमी सेप्टेम्बर १९ मंगलवार सूर्योदयमा पंचमी तिथि कायम भई राती 2 बजेसम्म रहन्छ । तेसैले त्यो दिन ऋषिपंचमी पर्छ ।
(नोट:- मैले यो लेख क्यालिफोर्नियाको स्थानीय पञ्चाङ्ग अनुसार लिएको हो यदि हजुरहरुलाई नेपालको पञ्चाङ्ग अनुसार गर्छु भन्नु हुन्छ भने यसमा मेरो भनाइ केही पनि छैन त्यसमा हजुर हरुले आफ्नो खुशी गर्न सक्नुहुन्छ मैले त जसले स्थानीय समयअनुसार को जुन तिथि पर्दछ त्यहि तिथिमा म व्रत पूजा गर्छु भन्न चाहने दिदीबहिनीहरूको लागि यो पोस्ट गरेको र कृपया मसँग हजुरहरुले नचाहिने प्रश्न उत्तर पनि नसोध्नुहोला किनकि म पात्रो बनाउने मान्छे होइन मैले त कर्मकाण्ड गर्ने भएको हुनाले यहाँको स्थानीय समय अनुसार नै हामीले सबै चाडपर्व मनाउनु पर्छ भनेर हजुरहरूको सुविधाको लागि यो लेख लेखेको हो धन्यवाद)
यहाँहरु सबैको जयहोस हरि ॐ

07/17/2023

भोली श्रावण 1 गते,श्रावण सङ्क्रान्ति, सोमबारे औंसी, श्री सुर्य दक्षिणायन,भोलि लुतो फाल्ने दिन,भोलि बिहान कसैसँग नबोली नुहाएर सूर्य लाई जल चढायो भने सबै पाप नाश हुन्छ र पुण्य प्राप्त हुन्छ

07/03/2023

आज गुरु पुर्णिामा,माता पिता तथा प्रत्येक्ष एबम परोक्ष रुपमा ज्ञान् प्रदान गर्नु हुने सम्पूर्ण गुरुजनहरुमा हार्दिक नमन:

06/29/2023

आज हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मास व्रत आरम्भ, सम्पूर्णमा नमस्कार

गुरु पूर्णिमाको शुभकामना
07/27/2018

गुरु पूर्णिमाको शुभकामना

07/18/2018

श्रावण महिना भर शुद्ध हुने, शुद्ध चिज मात्र खाने, ब्रह्मणहरूका निम्नि अभक्ष्य भनेर ऋषि मुनिहरुले खान निषेध गरेका लसुन, प्याज, छ्यापी, च्याउ, कुखुरा, सँुगुर इत्यादि नखाने, शिवजीको आराधना गर्ने, रुद्री लगाउने अथवा वेदको सोह्रौँ अध्यायको शतरुद्रियको गुरुसँग वेदमन्त्र पढेका शुद्ध ब्राह्मणबाट पाठ गराउने आदि गरी यस महिनामा तपस्या गर्ने चलन छ । मानिसका लागि जीवनलाई सुखमय बनाउन भौतिक, मानसिक, सामाजिक, राष्ट्रिय आदि विभिन्न तत्त्वको आवश्यकता परिनै रहन्छ । ती विभिन्न पक्षहरुको सन्तुलित विकासका लागि धर्म, दर्शन, सँस्कृति, मनोविज्ञान आदि विषयको पनि मानवलाई आवश्यकता पर्छ ।

07/18/2018
Dipendra uncle Ko xora Ko nuwaran gardai
04/18/2017

Dipendra uncle Ko xora Ko nuwaran gardai

Address

1235 Ayala Drive Apt 3
Sunnyvale, CA
94086

Telephone

(408) 830-4413

Website

Alerts

Be the first to know and let us send you an email when Khanal Pooja Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share