Magar Bemal

Magar Bemal नमस्कार मेरा प्रिय मित्रहरु,यस पेजमा🇺🇸🙏🌹

05/10/2025

Our Daughter Monu
Magar's graduation celebration

04/30/2025

Paritta sutta chanting -By Magar Wapa and Mapa

समझनामा मात्र।सुतगि मिलोस।
12/20/2024

समझनामा मात्र।
सुतगि मिलोस।

https://youtu.be/OWXyaj7RgIc?si=jvD6I185URQ-MYMd
10/20/2024

https://youtu.be/OWXyaj7RgIc?si=jvD6I185URQ-MYMd

Hello, My friend! Welcome to this TRIRATNA USA YouTube channel. यस च्यानलमा बौद्ध मगरहरुले अपनाई ल्याएका बुद्ध मार्ग अनुसार र स्थानीय परिवेशमा बौद्ध सम....

09/13/2024

-Bhikkhu Karuko
(Arjun Bhante) सर्वशान्ति बुद्ध विहार बाट पोष्ट गर्नु भएको हो।
''संसार दुःखचक्रको यात्रामा कठिन दान दिने दायकहरूलाई प्राप्त हुने फल आनिसंश गाथाहरु यस प्रकार छन्=
सकामावचरो भार निक्खेपो बहुवत्थिको ।
अनेकभोजनं लाभी च, नादिन्नादानभोगवा ॥
पञ्चत्येके लभिस्सन्ति, यस्मा कयिनदायिनो ।
दुल्लभं कथितं दानं, ददेय्युं बुद्धवण्णितं ॥
१. सकामावचरी - कुनै यात्र गर्दा कुनै प्रकारको भय, अन्तराय, बाधा अवरोध हुने छैन । स्व इच्छानुसार पुग्न सक्ने ।
२. भार निक्खेपो - जुनै पनि अभिभारलाई सरलतापूर्वक निर्वाह गर्न सक्ने । आफ्‌नो कार्य अफिस, खेतीपाती, व्यापारमा कुनै समय्या जटिलता विना नै गर्न सक्नेछन् ।अनि आश्रवक्षय ज्ञानलाई पनि सहजपूर्वक बोध गर्न सक्ने ।
३. बहुवत्थिको -कहिलै पनि वस्त्रपहिरनको अभाव नहुने ।स्वइच्छित बहुमूल्य कपडा पहिरनहरू प्राप्त हुने ।
४. अनेकभोजनलाभी - खाद्यान्न भोजन प्रसस्त प्राप्त हुनेछ, कहिले अभाव हुनेछैन भने खानाबाट कुनै खतरा पनि हुनेछैन ।
५. नादिन्नादानभोगवा - आगो, पानी, राजा, चोर र अज्ञानी सन्तान कसैले पनि सम्पत्ति नास गर्न सक्नेछैन । श्री सम्पत्ति सधैं सुरक्षित हुनेछ ।
नागित थेरले भन्नु भएको थियो पूर्व जन्ममा कथिन चीवरदान
दिएको आनुभावले नरकमा कहिलै जानुपरेन अनगिन्ती पटक चक्रवर्ती राजा भएर निर्वाणसम्म पुग्नको लागि सो दानको आनु‌भाव मुख्यकारण बन्यो । सुमेरु पर्वत वा हिमालय पर्वतलाई ढाक्ने कपडा दान दिनुभन्दा पनि कथिन चीवर दान दिनुको पुण्य कैयौं गुणा धेरै छ भनिएको छ ।कथिन दान एउटा धार्मिक उत्सब हो । जसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूलाई एक ठाउँमा जम्माहुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । धेरै टाढा टाढाबाट
भिक्षुहरू, गुरुआमाहरू, उपासक, उपासिकाहरू एक ठाउँमा जम्मा हुनेहुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कथिन उत्सव सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित भएको छ । यो उत्सवको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षावास सम्पन्नता माथि यो कथिन चीवरदान अडिएको छ । बर्षाबास सम्पन्नता-जमिन, कथिनदान-रुख, विरुवा जस्तै हो । जमिन नै भएन भने, छैन भने रुख विरुवा कसरी अडिन्छ र !
वर्षाबास सम्पन्न, शील, समाधि, प्रज्ञामा महान प्रगुणता रहेको छ । जसरी वर्षायाम-किसानलाई जत्तिको महत्वपूर्ण छ । भिक्षु भिक्षुणीहरूको लागि उपासक उपासिकाहरूको लागि-दान, शिल, भावना र सील, समाधि, प्रज्ञाको वर्षायाम जस्तै हो । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरूको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण छ । किसानहरूले पहिलो अनाज भित्राएको बेला उत्सव मनाउँछ त्यस्तै हामीले शील, समाधि, प्रज्ञा र दान, शील, भावना भित्राएको अर्थात निर्वाण भित्राएको, निर्वाणसँग नजिक भएको उत्सबको रुपमा लिनुपर्दछ । किसानलाई बर्षे अनाज घाम, पानी, पशुपंक्षी, जंगली जनवारबाट जोगाएर घरमा भित्राउन जतिको गाह्रो छ, सबै चिजबाट जोगाएर अनाज भित्राउन किसानको लागि जतिको महत्वपूर्ण छ । त्यस्तै गरी कथिन उत्सव गर्न गाह्रो छ, त्यतिकै महत्वपूर्ण छ । त्यस्तै
गरी निर्वाणसँग नजिक हुन् गाह्रो छ, अमूल्य छ । हाम्रो मनमा शील समाधी, प्रज्ञा र दान, शील, भावना उब्जाउन गाह्रो छ, फलदावी छ । यो गाह्रो चिज भित्राएको, तीन महिना संघर्ष गरेर अमुल्य, फलदायी महत्वपूर्ण रत्न भित्राएको उत्सब भएकोले कथिन उत्सब हुन गाह्रो भएको मानिन्छ ।भवतु सब्ब मङ्गलं।'' ☸️💐🙏साधु साधु साधु।

09/03/2024

खुशी बिनाको 'सफलता' जिउँदो लाश झैं ...!

रिस उठेको बेला।मैले बोलेको अरुले  वास्ता नगरेको बेला र अरुले बोलेको बेला।नमो बुद्धाय।
08/19/2024

रिस उठेको बेला।मैले बोलेको अरुले वास्ता नगरेको बेला र अरुले बोलेको बेला।नमो बुद्धाय।

08/15/2024

असल आमाबाबुले गुरुले धर्मले र मित्रले निन्दा गर्ने कर्म नगरौं।

08/07/2024

Even after getting the knowledge rule of rare Lord Buddha, having a Guru/Teacher with a false vision remains separated from the right knowledge. दुर्लभ भगवान् बुद्धको ज्ञान शासन पाएर पनि मिथ्या दृष्टिक गुरु पाए सही ज्ञान बाट अलग रहिन्छ।

Address

St Louis
St. Louis, MO

Alerts

Be the first to know and let us send you an email when Magar Bemal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Magar Bemal:

Share