09/13/2024
-Bhikkhu Karuko
(Arjun Bhante) सर्वशान्ति बुद्ध विहार बाट पोष्ट गर्नु भएको हो।
''संसार दुःखचक्रको यात्रामा कठिन दान दिने दायकहरूलाई प्राप्त हुने फल आनिसंश गाथाहरु यस प्रकार छन्=
सकामावचरो भार निक्खेपो बहुवत्थिको ।
अनेकभोजनं लाभी च, नादिन्नादानभोगवा ॥
पञ्चत्येके लभिस्सन्ति, यस्मा कयिनदायिनो ।
दुल्लभं कथितं दानं, ददेय्युं बुद्धवण्णितं ॥
१. सकामावचरी - कुनै यात्र गर्दा कुनै प्रकारको भय, अन्तराय, बाधा अवरोध हुने छैन । स्व इच्छानुसार पुग्न सक्ने ।
२. भार निक्खेपो - जुनै पनि अभिभारलाई सरलतापूर्वक निर्वाह गर्न सक्ने । आफ्नो कार्य अफिस, खेतीपाती, व्यापारमा कुनै समय्या जटिलता विना नै गर्न सक्नेछन् ।अनि आश्रवक्षय ज्ञानलाई पनि सहजपूर्वक बोध गर्न सक्ने ।
३. बहुवत्थिको -कहिलै पनि वस्त्रपहिरनको अभाव नहुने ।स्वइच्छित बहुमूल्य कपडा पहिरनहरू प्राप्त हुने ।
४. अनेकभोजनलाभी - खाद्यान्न भोजन प्रसस्त प्राप्त हुनेछ, कहिले अभाव हुनेछैन भने खानाबाट कुनै खतरा पनि हुनेछैन ।
५. नादिन्नादानभोगवा - आगो, पानी, राजा, चोर र अज्ञानी सन्तान कसैले पनि सम्पत्ति नास गर्न सक्नेछैन । श्री सम्पत्ति सधैं सुरक्षित हुनेछ ।
नागित थेरले भन्नु भएको थियो पूर्व जन्ममा कथिन चीवरदान
दिएको आनुभावले नरकमा कहिलै जानुपरेन अनगिन्ती पटक चक्रवर्ती राजा भएर निर्वाणसम्म पुग्नको लागि सो दानको आनुभाव मुख्यकारण बन्यो । सुमेरु पर्वत वा हिमालय पर्वतलाई ढाक्ने कपडा दान दिनुभन्दा पनि कथिन चीवर दान दिनुको पुण्य कैयौं गुणा धेरै छ भनिएको छ ।कथिन दान एउटा धार्मिक उत्सब हो । जसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूलाई एक ठाउँमा जम्माहुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । धेरै टाढा टाढाबाट
भिक्षुहरू, गुरुआमाहरू, उपासक, उपासिकाहरू एक ठाउँमा जम्मा हुनेहुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कथिन उत्सव सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित भएको छ । यो उत्सवको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षावास सम्पन्नता माथि यो कथिन चीवरदान अडिएको छ । बर्षाबास सम्पन्नता-जमिन, कथिनदान-रुख, विरुवा जस्तै हो । जमिन नै भएन भने, छैन भने रुख विरुवा कसरी अडिन्छ र !
वर्षाबास सम्पन्न, शील, समाधि, प्रज्ञामा महान प्रगुणता रहेको छ । जसरी वर्षायाम-किसानलाई जत्तिको महत्वपूर्ण छ । भिक्षु भिक्षुणीहरूको लागि उपासक उपासिकाहरूको लागि-दान, शिल, भावना र सील, समाधि, प्रज्ञाको वर्षायाम जस्तै हो । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरूको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण छ । किसानहरूले पहिलो अनाज भित्राएको बेला उत्सव मनाउँछ त्यस्तै हामीले शील, समाधि, प्रज्ञा र दान, शील, भावना भित्राएको अर्थात निर्वाण भित्राएको, निर्वाणसँग नजिक भएको उत्सबको रुपमा लिनुपर्दछ । किसानलाई बर्षे अनाज घाम, पानी, पशुपंक्षी, जंगली जनवारबाट जोगाएर घरमा भित्राउन जतिको गाह्रो छ, सबै चिजबाट जोगाएर अनाज भित्राउन किसानको लागि जतिको महत्वपूर्ण छ । त्यस्तै गरी कथिन उत्सव गर्न गाह्रो छ, त्यतिकै महत्वपूर्ण छ । त्यस्तै
गरी निर्वाणसँग नजिक हुन् गाह्रो छ, अमूल्य छ । हाम्रो मनमा शील समाधी, प्रज्ञा र दान, शील, भावना उब्जाउन गाह्रो छ, फलदावी छ । यो गाह्रो चिज भित्राएको, तीन महिना संघर्ष गरेर अमुल्य, फलदायी महत्वपूर्ण रत्न भित्राएको उत्सब भएकोले कथिन उत्सब हुन गाह्रो भएको मानिन्छ ।भवतु सब्ब मङ्गलं।'' ☸️💐🙏साधु साधु साधु।