अन्तर्राष्ट्रिय श्रीसम्प्रदाय मञ्च International Shri Sampradaya Munch

  • Home
  • United States
  • Harrisburg, PA
  • अन्तर्राष्ट्रिय श्रीसम्प्रदाय मञ्च International Shri Sampradaya Munch

अन्तर्राष्ट्रिय श्रीसम्प्रदाय मञ्च International Shri Sampradaya Munch श्रीमते रामानुजाय नमः

04/28/2026
12/21/2025

*धनुर्मास महोत्सव*
*तिरुप्पावै (श्रीव्रत प्रबन्ध)*
*पाशुर–६*

➡️ मिठासयुक्त वस्तु एक्लै अनुभव गर्नु हुँदैन; अरूसँग मिलेर नै त्यसको सेवन गर्नुपर्छ। यहाँ गोपीहरूको हार्दिक अभिप्राय अनुसार मार्गशीर्ष व्रत भनेको श्रीकृष्ण–अनुभव नै हो, र भगवानलाई मधु, क्षीर, इक्षुरस आदि जस्तै परमभोग्य मान्नु भक्तहरूको स्वभाव हो। त्यसैले यस्ता परममधुर भगवानको अनुभव गर्दा अरूलाई पनि बोलाउनु आवश्यक हुन्छ। परममधुर भगवानको अनुभव एक्लै गर्नु हुँदैन।

➡️ श्री वैकुण्ठमा विराजमान परवासुदेव मूर्तिभन्दा विभवावतार मूर्तिहरूमा भक्तहरूले अनुभव गर्न सक्ने गुणहरू अझ अत्यन्त उज्ज्वल हुन्छन्। त्यसैले गोपीहरूको अभिप्राय यो हो कि वैकुण्ठभन्दा पनि बढी भक्तजनहरू मिलेर विभवावतारहरूको अनुभव गर्नुपर्छ।

➡️ भगवानसँग भेट्नुभन्दा पहिले उहाँका परमभक्त गोपीहरूसँग भेट हुनु नै स्वरूपानुकूल परमपुरुषार्थ ठानी उनीहरूलाई जगाइरहेकी छन्। भगवत्सन्निधिमा जानेहरूले भागवतहरूको पुरुस्कार प्राप्त गरेर मात्र जानुपर्छ।

➡️ भगवान र भक्तहरूको मिलनमा दुवै तर्फ सिफारिस गर्ने भागवतहरूको आवश्यकता हुन्छ।

➡️ भगवदनुभव गर्ने महात्माहरूमा, परमपदमा समेत केही विभाग बताइएका छन्। कतिपय मानिसहरू भरतजी जस्तै गुणानुभवमै निरत रहन्छन्, जसको बिरुद मुनि हो। अरू कतिपय लक्ष्मणजी जस्तै सेवामा उत्सुक हुन्छन्; उनीहरूलाई योगी भनिन्छ। यी दुवै भगवानका दिव्य लीलाहरूको ध्यान गर्दै गर्दै निदाउँछन्।

➡️ महात्माहरू एक–एक समयमा एक–एक नामको कीर्तन गर्नु अत्यन्त औचित्यपूर्ण मान्छन्। यात्राको प्रसङ्गमा केशव भन्नु; भोजनको बेला गोविन्द नाम उच्चारण गर्नु; शय्यामा पल्टिँदा माधव भन्नु; उठ्ने बेलामा हरि पुकार्नु आदि।

➡️ ज्ञान र त्यसअनुसारको सदाचार बिना कुनै पनि मानवले सद्गति प्राप्त गर्न सक्दैन।

➡️ श्रीमदष्टाक्षर महामन्त्रमा रहेको प्रणवको अर्थबारे हाम्रो आचार्यगण भन्नुहुन्छ कि यसमा एउटा वाच्यार्थ र एउटा व्यङ्ग्यार्थ हुन्छ। वाच्यार्थ यो हो कि जीवात्मा भगवानको शेष हो; र व्यङ्ग्यार्थ भने यो हो कि जीवात्मा भगवद्भक्तहरूको शेष हो। यसरी सकल वेदको सारभूत प्रणवले ध्वनिमर्यादाबाट आत्मा भगवद्भक्तहरूको शेष हो भन्ने तात्पर्य जनाउँछ।

➡️ आत्माले शरीर त्यागेपछि जाने मार्गहरू बताइएका छन्। यस्ता मार्ग चार प्रकारका हुन्छन्, जसलाई दुई भागमा विभाजन गर्न सकिन्छ—

१. दुर्गति

गर्भगति — कतिपय जीवहरू एक शरीर छोडेपछि तुरुन्तै अर्को गर्भमा प्रवेश गरी अर्को जन्म लिन्छन्; यस मार्गलाई गर्भगति भनिन्छ।
याम्यगति — अन्य धेरै जीवहरू मरेपछि नरकमा जान्छन्; यो मार्ग याम्य (अर्थात् यमपुरी जाने) गति हो।
धूमादिगति — केही जीवहरू आफूले गरेका विशेष पुण्यकर्मको फल भोग्न स्वर्गमा जान्छन्; यो मार्ग धूमादिगति हो।

यी तीनै प्रकारका जीवहरू संसारमण्डलमै रहँदै यताउता भट्किरहन्छन् र अनेक प्रकारका सांसारिक सुख–दुःख भोगिरहन्छन्।

२. सद्गति

अर्चिरादिगति — “स महात्मा सुदुर्लभः” आदि वाक्यद्वारा प्रशंसित, भगवानको विशेष अनुग्रह प्राप्त गरेका केही विशेष व्यक्ति त यस शरीरसँगै सबै कर्मबन्धन पूर्ण रूपमा त्यागेर सीधै परमपद जान्छन्। उनीहरू जाने मार्गलाई अर्चिरादिगति भनिन्छ। आचार्यका पादारविन्दसँग सम्बन्धित मानव (अथवा प्राणीमात्र) गर्भगति आदि दुःखद मार्ग त्यागी साक्षात् अर्चिरादिगति द्वारा परमपदमा पुग्छ।

➡️ आचार्यहरू त निरन्तर भगवद्गुणहरूको अनुभव गरिरहनु हुन्छ।

आण्डाल दिव्य तिरुवडीगले शरणम्।
आल्वार एम्पेरुमानार् जीयर् तिरुवडिगळे शरणम्।

12/18/2025
12/18/2025
12/18/2025

जय श्रीमन्नारायण
धनुर्मास व्रतमहोत्सवको वधाई सवैमा

Address

Harrisburg, PA

Website

Alerts

Be the first to know and let us send you an email when अन्तर्राष्ट्रिय श्रीसम्प्रदाय मञ्च International Shri Sampradaya Munch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share