11/09/2024
"अत्यंत दुःखद खबर "
मानवको चोला आखिर द्वई दिनलाई मात्र त रहेछ !
अल्पआयु मै परिवारदेखि छुटयाई दिने आखिर
दैव पनि कस्तो निष्ठुरी रहेछ!!
मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजजीकी समर्पण अनन्य भक्त,हामी सबैको प्रेरणाको श्रोत,मानव सेवादलकी सक्रिय सदस्य,सद्भावना सम्मेलनमा सिक्किम राज्यको नारी सेवादललाई परेडमा प्रतिनिधित्व गर्ने,कुनै पनि सेवामा कहिले पछि नपर्ने,कुशल युवा उद्घोषिका सबैकी प्यारी, गान्तोक तहसील अंतर्गत राउते रूमतेक शाखाकी सदस्य,राउते स्थित हंस अकादमी स्कूलकी प्रधानाचार्य तथा पिता श्रीमान केशर तामाङ अनि माता सारदा तामाङकी ठुली छोरी प्रतिमा तामाङ आज हामीमाझ रहिनन्।आज सिलगड़ी स्थित एक निजी नर्सिंग होममा उपचारको क्रममा उनले ३५ वर्षको अल्पआयु मै आफ्नो शरीर पूरा गरिन।उनको निधनले सम्पूर्ण उत्तर पूर्वाञ्चल क्षेत्रनै शोकमा डुबेको छ।उनले आफुपछि पिता,माता र एक बहिनीलाई छोड़ी गएकी छिईन।
परिवार पक्षले जानकारी दिनु भएअनुसार आफ्नो तामाङ रीति रिवाज मुताबिक भोली ८ नोवेम्बरको बिहान ९:०० बजे उनको पार्थिव शरीर निज घरबाट निकाली रूमतेक पुरानो गुम्पामा अंतिम दाह-संस्कार गरिनेछ।
थप जानकारीको निम्ति:9775851717
Copied