BNAM - YOUTH

BNAM - YOUTH Grace Bhutanese Church Atlanta Youth

03/01/2025
09/08/2024
07/06/2024
Youths  - July 6th 2024Leading - Safal TamangWorship - Gopal Sermon - Samuel Subject - Comformice ““मबाहेक अरू कुनै देवत...
07/06/2024

Youths - July 6th 2024
Leading - Safal Tamang
Worship - Gopal
Sermon - Samuel
Subject - Comformice

““मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।”
‭‭प्रस्‍थान‬ ‭20‬:‭3‬ ‭NNRV‬‬

“तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्‌। तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌। आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌। कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। नाक छन्‌, तर सुँघ्‍‌न सक्‍दैनन्‌। हात छन्‌, तर छाम्‍न सक्‍दैनन्‌। खुट्टा छन्‌, तर हिँड्‌न सक्‍दैनन्‌। तिनीहरू आफ्‍ना गलाबाट कुनै आवाजै निकाल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌। र तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।”
‭‭भजनसंग्रह‬ ‭115‬:‭4‬-‭8‬ ‭NNRV‬‬

“बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ।”
‭‭हितोपदेश‬ ‭13‬:‭20‬ ‭NNRV‬‬

“एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै”
‭‭एफिसी‬ ‭5‬:‭19‬ ‭NNRV‬‬

Youth June 1st 2024Tucker GALeading - DipakWorship - Sirijana Sermon - Gopal“फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मा...
05/31/2024

Youth June 1st 2024
Tucker GA
Leading - Dipak
Worship - Sirijana
Sermon - Gopal

“फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭1‬ ‭NNRV‬‬
Now there was a man of the Pharisees named Nicodemus, a ruler of the Jews.

“यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।””
‭‭यूहन्‍ना‬ ‭3‬:‭2‬ ‭NNRV‬‬
The same came to him by night, and said to him, "Rabbi, we know that you are a teacher come from God, for no one can do these signs that you do, unless God is with him."

“येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।””
‭‭यूहन्‍ना‬ ‭3‬:‭3‬ ‭NNRV‬‬
Jesus answered him, "Most assuredly, I tell you, unless one is born anew, he can't see the kingdom of God."

“निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?””
‭‭यूहन्‍ना‬ ‭3‬:‭4‬ ‭NNRV‬‬
Nicodemus said to him, "How can a man be born when he is old? Can he enter a second time into his mother's womb, and be born?"

“येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭5‬ ‭NNRV‬‬
Jesus answered, "Most assuredly I tell you, unless one is born of water and the Spirit, he can't enter into the kingdom of God!

“शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭6‬ ‭NNRV‬‬

“शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭6‬ ‭NNRV‬‬
That which is born of the flesh is flesh. That which is born of the Spirit is spirit.

“मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭7‬ ‭NNRV‬‬
Don't marvel that I said to you, 'You must be born anew.'

“बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।””
‭‭यूहन्‍ना‬ ‭3‬:‭8‬ ‭NNRV‬‬
The wind blows where it wants to, and you hear its sound, but don't know where it comes from and where it is going. So is everyone who is born of the Spirit."

“निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?””
‭‭यूहन्‍ना‬ ‭3‬:‭9‬ ‭NNRV‬‬
Nicodemus answered him, "How can these things be?"

“येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ?”
‭‭यूहन्‍ना‬ ‭3‬:‭10‬ ‭NNRV‬‬
Jesus answered him, "Are you the teacher of Israel, and don't understand these things?

“साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭11‬ ‭NNRV‬‬
Most assuredly I tell you, we speak that which we know, and testify of that which we have seen, and you don't receive our witness.

“मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ?”
‭‭यूहन्‍ना‬ ‭3‬:‭12‬ ‭NNRV‬‬
If I told you earthly things and you don't believe, how will you believe if I tell you heavenly things?

“स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭13‬ ‭NNRV‬‬
No one has ascended into heaven, but he who descended out of heaven, the Son of Man, who is in heaven.

“जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,”
‭‭यूहन्‍ना‬ ‭3‬:‭14‬ ‭NNRV‬‬
As Moses lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up,

“र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭15‬ ‭NNRV‬‬
that whoever believes in him should not perish, but have eternal life.

““किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭16‬ ‭NNRV‬‬
For God so loved the world, that he gave his one and only Son, that whoever believes in him should not perish, but have eternal life.

“किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭17‬ ‭NNRV‬‬
For God didn't send his Son into the world to judge the world, but that the world should be saved through him.

“जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭18‬ ‭NNRV‬‬
He who believes in him is not judged. He who doesn't believe has been judged already, because he has not believed in the name of the only born Son of God.

“फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭19‬ ‭NNRV‬‬
This is the judgment, that the light has come into the world, and men loved the darkness rather than the light; for their works were evil.

“किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।”
‭‭यूहन्‍ना‬ ‭3‬:‭20‬ ‭NNRV‬‬
For everyone who does evil hates the light, and doesn't come to the light, for fear that his works would be reproved.

“सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।””
‭‭यूहन्‍ना‬ ‭3‬:‭21‬ ‭NNRV‬‬
But he who does the truth comes to the light, that his works may be revealed, that they have been done with God."

04/06/2024

Leading - Deepak
Worship - Sunita
Sermon - Ps. Simon

”“तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ। त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌। “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले। मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ। किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ। त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ। तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन। यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।“
‭‭मत्ती‬ ‭24‬:‭32‬-‭44‬ ‭NNRV‬‬

03/02/2024

Next - April - 2024
Leading - Deepak
Worship - Sunita
Worship - Priskila

03/01/2024

Youths
Sermon - Ps. Simon

”जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।“
‭‭भजनसंग्रह‬ ‭119‬:‭9‬ ‭NNRV‬‬

”जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।“
‭‭१ तिमोथी‬ ‭4‬:‭12‬ ‭NNRV‬‬

”अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।“
‭‭१ पत्रुस‬ ‭2‬:‭12‬ ‭NNRV‬‬

”ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।“
‭‭उपदेशक‬ ‭11‬:‭9‬ ‭NNRV‬‬

Youth For Mission - February - 2024Leading - GopalWorship - GopalSermon - Ps. KBCarry the Bible in your hand bag Subject...
02/03/2024

Youth For Mission - February - 2024
Leading - Gopal
Worship - Gopal
Sermon - Ps. KB
Carry the Bible in your hand bag
Subject - Homosexuality

”अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूला पदाधिकारी र समस्‍त सम्‍पत्तिका कोषाध्‍यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए।“
‭‭प्रेरित‬ ‭8‬:‭27‬ ‭NNRV‬‬

तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,--मत्ती 19:4

र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’--मत्ती 19:5

ती अब दुई होइनन्‌, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”--मत्ती 19:6

“ ‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।--लेवीहरू 18:22

“ ‘कुनै मान्‍छेले स्‍त्रीसँग सम्‍भोग गरेझैँ पुरुषसित गर्‍यो भने त्‍यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।--लेवीहरू 20:13

यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,--रोमी 1:26

र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।--रोमी 1:27

यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।--रोमी 1:28

तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।--१ कोरिन्थी 6:11

…………………………………………………………….

जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।“
‭‭१ तिमोथी‬ ‭4‬:‭12‬ ‭NNRV‬‬

”ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।“
‭‭उपदेशक‬ ‭11‬:‭9‬ ‭NNRV‬‬

”दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर—“
‭‭उपदेशक‬ ‭12‬:‭1‬ ‭NNRV‬‬

”आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।“
‭‭विलाप‬ ‭3‬:‭27‬ ‭NNRV‬‬

”मेरो निम्‍ति तपाईंले दण्‍ड तोकिदिनुभयो, मेरो युवावस्‍थाका दोष भोग्‍न लाउनुभयो।“
‭‭अय्‍यूब‬ ‭13‬:‭26‬ ‭NNRV‬‬

Sermon - GopalAdded Simon/Solomi/Jelena/Christma/Prenka/Bal Tmg/Maya/Soul/Susma/ Sastika/Safal /Offering - $39.00Subject...
09/02/2023

Sermon - Gopal
Added
Simon/Solomi/Jelena/Christma/Prenka/Bal Tmg/Maya/Soul/Susma/ Sastika/Safal /
Offering - $39.00
Subject - one generation to other generations

“एक पुस्‍ताले अर्को पुस्‍तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्‌।”
‭‭भजनसंग्रह‬ ‭145‬:‭4‬ ‭NNRV‬‬

“उहाँ आफ्‍नो करार सदा स्‍मरण गर्नुहुन्‍छ, त्‍यो वचन जो उहाँले हजारौं पुस्‍ताहरूलाई दिनुभएको थियो,”
‭‭भजनसंग्रह‬ ‭105‬:‭8‬ ‭NNRV‬‬

“तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।””
‭‭उत्‍पत्ति‬ ‭22‬:‭18‬ ‭NNRV‬‬

Address

Decatur, GA

Website

Alerts

Be the first to know and let us send you an email when BNAM - YOUTH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to BNAM - YOUTH:

Share