आध्यात्मिक नेपाल/ Spiritual Land Nepal

आध्यात्मिक नेपाल/ Spiritual Land Nepal Spiritual land Nepal � https://amzn.to/3kMspd2

05/24/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

शरीर मरे पनि विचार मर्दैनशरीरको नाश हुँदैमा विचारहरूको नाश हुँदैन। त्यसैले मरेपछि जब फेरि दोस्रो जन्म हुन्छ, पूर्वजन्ममा...
05/23/2026

शरीर मरे पनि विचार मर्दैन

शरीरको नाश हुँदैमा विचारहरूको नाश हुँदैन। त्यसैले मरेपछि जब फेरि दोस्रो जन्म हुन्छ, पूर्वजन्ममा गरिएका राम्रा नराम्रा विचारले नै उसलाई सुख दुःख दिन्छन्। जो विचार बारम्बार पुष्टताले गरिन्छ, त्यसलाई यदि कार्यपूर्तिका लागि तत्काल समय मिलेन भने पनि पछि जब समय मिल्दछ, तब विचार पुनः मनमा उत्पन्न भई आफ्नो इच्छानुसार काम गराउँछ। जुन काम नगरौं भन्ने इच्छा छ, त्यसलाई लाचार भएर गर्नुपर्दछ। जस्तो कसैले धेरै दिनसम्म चोरीको विचार गरेको छ, तर उसलाई चोरी गर्ने अवसर मिलेको छैन र पछिबाट कुनै सत्सङ्गमा गएर उसले आफ्नो चाल-चलन सुधार्न धेरै सावधानी राख्न लाग्यो र पहिले गरिएका चोरीका विचारहरूको स्मरणद्वारा पश्चाताप गरेर उसले अब म कहिल्यै चोरी गर्ने छैन भनी निश्चय गर्यो भने पनि समय पाएर पूर्वमा गरिएका चोरीका विचारहरूले उसको मन लोभ्याउँछन् र इच्छा नभएर एवं चोरी नगर्ने पूर्ण निश्चय गरेर पनि उसबाट चोरी भई नै हाल्छ। किनभने उसका ती विचार मरेका छैनन्। यसैले जब तिनका सहायक विचार मिल्दछन् तब तिनले बलात् चोरी गराइदिन्छन्। यसै प्रकार पूर्वमा गरिएका विचारहरूबाट अन्य जन्ममा पनि मानिस लाचार भएर उहि काम गर्दछ। विचारहरूमा यति ठूलो बल छ। शरीर नष्ट हुँदैमा विचार नष्ट हुँदैन। विचारहरूलाई विकसित गर्ने उपाय के हो भने जसरी एउटै मार्गमा गाडीहरू लगातार दौडिरहने गरे भने मार्गमा गाडीका पाङ्ग्राहरूका चिह्न बन्दछन् र इनारमा डोरीको घोटाइले ढुङ्गामा चिह्न बन्दछ।
त्यसैगरी एउटै विचार बारम्बार पुष्टताले गरिएको छ भने मस्तिष्कमा त्यसप्रकारका परमाणु पुष्ट हुनजान्छन् र ज्ञानतन्तुहरूलाई त्यस अनुकूल चल्ने स्वभाव पर्न जान्छ। यसैले शरीर र मनका परिश्रमविना सब कार्य आफैं हुने गर्दछन् जब एकपटक एकप्रकारका विचारमाथि एकाग्रता गरिन्छ तब त्यो विचार प्रष्ट हुनजान्छ। त्यसबाट फेरि अन्य विचार गर्नु सहज हुनजान्छ। जसरी नित्य व्यायाम गर्नाले शरीर पुष्ट हुन्छ, उसरी नै नित्य विचार गर्नाले विचार शक्ति पुष्ट हुन्छ। विचार-शक्तिलाई पुष्ट पार्नु छ भने एउटै प्रकारका विचार पुष्टताले बारम्बार गर्नुपर्दछ। यस्तै प्रकारले नराम्रा विचारहरूलाई नाश गर्न जान्यौं भने हामीलाई साना-साना कुरामा अल्झाइराख्दछन्। यसैले हामी अगाडि बढ्न पाउँदैनौं। जसरी दुर्गन्धित स्थानलाई शुद्ध गर्नका लाग सुगन्धित वस्तु छर्कनुपर्दछ र शीत निवृत्तिका लागि उष्ण औषधि सेवन गर्नुपर्दछ, उसरी नै खराब विचारहरूलाई नष्ट गर्नका लागि राम्रा विचार पुष्टताकासाथ गर्नुपर्दछ। क्रोधका विचारहरूको नाशका लागि शान्त विचार एकाग्रताले गर्नुपर्दछ र लोभका विचारहरूको निवृत्यर्थ सन्तोष र उदारताको विचार अधिकताले गर्नुपर्दछ। द्वेषको विचारका नाशका लागि प्रेमको विचार र अभिमानको विचारको नाशका लागि नम्रताका विचार तथा भयका विचारका नाशका लागि निर्भयताको विचार गर्नुपर्दछ। यस्तै नै नराम्रा विचारका विरोधी तत्तत् शुभ विचारहरूलाई बढाउनुपर्दछ। यसैलाई योगशास्त्रमा प्रतिपक्ष भावना तत्प्रतिषेधार्थं प्रतिपक्षभावनम् (Counter-thought) भनिएको छ।

जब किसान आफ्नो खेतमा रोपेको खेतीलाई सुकाउन चाहन्छ, तब सिँचाइ गर्न बन्द गरिदिन्छ। यसबाट त्यो बालीको बृद्धि आफै रोकिन्छ र खेती सुक्न जान्छ। त्यस्तै नै आफ्नो मनमा जमेका नराम्रा विचारहरूलाई नष्ट गर्नु छ भने तिनलाई सिंच्न बन्द गरिदिनु पर्छ अर्थात् त्यस प्रकारका विचारहरूलाई मनमा आउनै दिनुहुँदैन यदि आइहाल्यो भने तिनलाई तत्काल निकालिदिनु पर्दछ। जस्तो पानी विना वृक्ष थोरै कालमा सुकेर जान्छ उस्तै नै नराम्रा विचारहरूलाई सहायता नमिल्नाले थोरै समयमा ती स्वयं नष्ट हुन्छन्। यसैले खराब विचारलाई उठ्नै नदिनु तथा त्यसका विरुद्ध मनमा राम्रा विचारहरूलाई स्थान दिनाले नराम्रा विचार अतिशीघ्र नष्ट हुन जानेछन्। मन नराम्रा विचार धेरै गर्छ र राम्रा विचार ज्यादै कम। यसबाट भय, सन्ताप, रोग, निराशादि अनेक व्याधिहरू देखा पर्दछन् किनभने सबै प्रकारका दुःख नराम्रा विचारबाट उत्पन्न हुन्छन्। राम्रा विचार गर्नमा जति श्रम पर्दछ, उत्ति नै श्रम नराम्रो विचार गर्नमा पनि पर्दछ।

By श्री १००८ ब्रहृमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती -श्रीखप्तडस्वामी

🙏🙏
05/23/2026

🙏🙏

Namo Guru Rinpoche 🙏

05/23/2026

Hara Hara Mahadev!!

Good morning ☀️
05/23/2026

Good morning ☀️

05/22/2026

कुम्भकर्णको Diet Plan
कुम्भकर्ण ६ महिनापछि ब्युँझियो र निकै धेरै खान थाल्यो। विभीषणले सम्झाए:
विभीषण: "दाजु, यति धेरै नखानुस्, अलि स्वास्थ्यको पनि ख्याल गर्नुस्। Intermittent Fasting गर्नुस् न।"
कुम्भकर्ण: (हाँस्दै) "भाइ, तैंले बुझेनस! म त ६ महिनादेखि फास्टिङमै थिएँ, यो त मेरो Cheat Meal मात्र हो!" 🤣 😂

05/22/2026

Sabai ko Mangal hos 🙏

05/22/2026

Mangal maitri 🙏
05/22/2026

Mangal maitri 🙏

Mangal Maitri

05/22/2026

🙏

Address

Dallas, TX

Website

Alerts

Be the first to know and let us send you an email when आध्यात्मिक नेपाल/ Spiritual Land Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share