Rauta Mai, Udayapur (रौता माई, उदयपुर)

Rauta Mai, Udayapur (रौता माई, उदयपुर) Goddess Rauta is situated in Udayapur District in the Sagarmatha Zone of Eastern Development Region of Nepal.
(2)

रमणीय रौता

उदयपुर जिल्लाको लेकाली भेगमा पर्ने रौता पोखरीको नाम सुन्दैमा यायावरी सोखिनको मन रोमाञ्चित हुन्छ। मनोरम प्राकृतिक छटाबीच रहेको रौताबाट जेजस्तो दृश्य देखिन्छ, त्यसले पर्यटकलाई पार्नसम्म मोहित पार्छ। सदरमुकाम गाईघाटदेखि उत्तर-पश्चिम क्षेत्रमा रहेको यो स्थान समुद्र सतहदेखि ५ हजार ९ सय फिट उचाइमा अवस्थित छ।

पोखरी पुग्ने बेलामा हरियो आँगनमा कसैले टक्रक्क कचौरा राखिदिएजस्तै देखिन्छ। पोखरीको

छेउमा रौता रानी भनिने देवीको मन्दिरसमेत रहेको छ। धार्मिक महत्त्वका हिसाबले समेत रौता पोखरीमा मानिसहरूको भीड लाग्ने गर्छ। श्रद्धा तथा विश्वास राख्दै विभिन्न ठाउँबाट मनोकामना पूरा गर्न भक्तजनहरू रौता रानीको दर्शन गर्न पुग्ने गर्छन्। देवीलाई बलिका रूपमा चढाउन पाठी र परेवासमेत लगिन्छ।

पर्याप्त प्रचारप्रसार भए आन्तरकि र बाह्य पर्यटकका लागि रौता पोखरी उपयुक्त गन्तव्य हुनसक्ने देखिन्छ। पानी कहिल्यै नसुक्ने भएकाले पनि यो पोखरी आकर्षण र रहस्यको केन्द्र बनिआएको हो। पोखरीवरपिर िविभिन्न रूख र बुट्यान भए पनि पोखरीमा कहिल्यै पात-पतिङ्गर झरेको देखिँदैन। पातहरू पोखरीमा झर्नेबित्तिकै चराले टिपेर लैजान्छ भन्ने जनविश्वास रहिआएको छ।

सदरमुकामबाट कच्ची बाटो हुँदै गाडीबाट रौतापोखरी पुग्न सकिन्छ । गाडि यात्राका रूपमा भ्रमण अविस्मरणीय हुन्छ। साथै, भित्री मधेसमा पर्ने उदयपुरको सदरमुकाम गाईघाटबाट डेढ घन्टा गुडेपछि पुगिन्छ, उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुंगा खानी रहेको सिंदाली। त्यहाँबाट पैदल आहाले हुँदै दुईदेखि तीन घन्टामा रौता पोखरी पुगिन्छ। धुपीको रूख, खोँच छिचोल्दै र झरनाबाट झरेको चिसो/मीठो पानीसँग सुसाउँदै प्रकृतिको हराभरामा लुटपुटिँदा बाटो काटेको पत्तै हुन्न। पोखरीको फेदीतिर लाम लागेका घरहरूमा 'होम स्टे' सेवा पनि पाइन्छ। उपयुक्त मौसममा पुग्यो भने शाकाहारीका लागि कलिलो र लहलहाउँदो रायोको साग र भातको स्वाद कम्ती मीठो हुँदैन। सहरबजारको जस्तो होटल नै नभए पनि स्थानीय घरमा लोकल कुखुराको परिकार बनाएर खान सकिन्छ। धार्मिक उद्देश्यबिना साथीहरू जम्मा भएर रमाइलो घुमफिरका लागि पनि रौता पोखरी धेरैको रोजाइमा पर्ने गरेको छ।

Address

Rauta VDC, Udayapur
Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when Rauta Mai, Udayapur (रौता माई, उदयपुर) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category