14/09/2026
तौलेश्वरनाथ मन्दिरबाट सुन चोर्ने ६ जना भारतीय महिला पक्राउ
कपिलवस्तु हरितालिका तीजको अवसरमा कपिलवस्तुको प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरबाट सुनका गहना चोरी गरेको आरोपमा छ जना भारतीय महिला पक्राउ परेका छन्। मन्दिरमा पूजाआजा गर्न आएका श्रद्धालु महिलाहरूको सुनको सिक्री र लकेट चोरेर भागिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई मन्दिरको मुख्य ढोका अगाडिबाटै नियन्त्रणमा लिएको हो.. ゚