श्रीहरि धार्मिक खबर

श्रीहरि धार्मिक खबर धार्मिक गतिबिधिहरु

१७ औं श्रृङ्खला: श्रीमद् ब्रह्माण्ड महापुराण सप्ताह  " दमक-२ लाई धार्मिक तीर्थस्थल बनाउने महान संकल्प"आदरणीय धर्मानुरागी...
09/02/2026

१७ औं श्रृङ्खला: श्रीमद् ब्रह्माण्ड महापुराण सप्ताह
" दमक-२ लाई धार्मिक तीर्थस्थल बनाउने महान संकल्प"
आदरणीय धर्मानुरागी महानुभावहरू,
विगत २३ वर्षदेखि निरन्तर चल्दै आएको १८ पुराण सम्पन्न गर्ने हाम्रो पावन आध्यात्मिक संकल्प अब आफ्नो १७ औं चरणमा प्रवेश गरेको छ। सृष्टिको रहस्य र अध्यात्मको सार बोकेको श्रीमद् ब्रह्माण्ड महापुराणको दिव्य कथा श्रवण गरी पुण्य लाभ लिनुहुन हामी यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
✨ कथा व्यास: पं. श्री सीताराम तिम्सिनाज्यू
✨ मूल पाठवाचक : पं. श्री बाबुराम मिश्रज्यू
📅 कार्यक्रमको संक्षेप्त तालिका 🔻
कलश यात्रा: माघ २६ गते (बिहान ८:३० बजे)
महायज्ञ अवधि: २०८२ माघ २६ गते सोमबार देखि फाल्गुन ३ गते आइतबार सम्म
हरेक दिन बिहान मण्डप पूजा यथा पाठपारायण
🔸हरेक दिन १० बजेदेखि १२ बजेसम्म भक्ति संगीतका साथ ब्रह्माण्ड महापुराणभित्र रहेका प्रमुख कथावाचन
१२ बजेदेखि दुई घडी मध्यान्न विश्राम् तत्पश्चात् बेलुका ४ बजेसम्म पुनः मूलपाठ कथावाचन,भजनकीर्तन, देवलीला ।
🔸हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म _ ग्रन्थको महत्व प्रकाश पूर्ण प्रवचन , संगीतमय भजनकिर्तन, देवलीला, ज्ञानमञ्च तथा संपूर्ण सहयोगी दाताहरू जेष्ठ _श्रेष्ठ _महान मनहरूलाई विशेष सम्मान कार्यक्रम
🔸: फाल्गुन २ गते (साँझ ६:०० बजे देखि लक्ष्यवर्ती प्रज्वलन , श्रृंगार आरती,रात्री प्रवचन शास्त्रीय भजन किर्तन सहित संस्था सञ्चालक समितिका विभिन्न महत्वपूर्ण कार्यक्रम संगै जागरण
🔸पूर्णाहुति: फाल्गुन ३ गते
🔸स्थान: समाज सुधार प्रतिष्ठानको सभाहल, दमक-२, झापा

आउनुहोस्, धर्मको रक्षा गरौँ र आत्मिक शान्ति प्राप्त गरौँ।
प्रार्थी:
"समाज सुधार प्रतिष्ठान परिवार"
अध्यक्ष- विजय प्रसाद बराल
दमक २ झापा नेपाल
सामाजिक रूपमा गरिँदै आइएको आध्यात्मिक तथा धार्मिक कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन सकियोस्
संस्थासँग जोडिन र विशेष सम्पर्कका लागि निम्न नम्बरहरू प्रयोग गर्न सक्नुहुनेछ राधेश्याम 🙏
९८५२६७६४२३, ९८४२६२०४३९

तेजी ब्राह्मण वेदमा सव बनुन् आ राष्ट्रमा तेजिलाशूरा स्वस्थ महारथी धनुघरा रक्षा-क्षम क्षत्रिय ।                   गाई धेन...
09/01/2026

तेजी ब्राह्मण वेदमा सव बनुन् आ राष्ट्रमा तेजिला
शूरा स्वस्थ महारथी धनुघरा रक्षा-क्षम क्षत्रिय ।
गाई धेनु समान दूध दुहुने गोरू र साँडे बली
घोडा वायु सरी सुशील विदुषी नारी पुरन्धी भनी ।।
योद्धा वी रथस्य शत्रु विजयी विद्वान् युवा सभ्य हुन्
देवाची यजमानका सुत हवुन् वीराग्ररणी सद्गुणी ।
हाम्रा खेति किसानिका समयमा पर्जन्य वर्षु न् जल
बालीनालि फुलुन फलुन् पजुरियुन् पाकुन् सबै औषधी ।।
योग क्षेम समान रूप सवको होस् कल्प कल्पान्तमा
मेधावी धन धान्य धर्मं धृतिले सम्बद्ध सारा रहुन् ।
शान्ति स्वस्ति र सङ्घशक्ति जनमा जागुन् जगाउन् जगत्
विश्व स्वस्थ रहोस् सदा जय होस्, कल्याण होस् लोकको ॥
दक्ष ब्राह्मण वेदमें सब बने आराष्ट्रमें तेजिले
शूरा स्वस्थ महारथी धनुघरा रक्षा-क्षम क्षत्रिय ।
गौवें धेनु समान दूध दुहनी बोढा बयल हों बली
घोडे वायु समान हों सुविदुषी नारी पुरन्ध्री भली ॥
योद्धा वीर रथस्थ शत्रुविजयी विद्वान् युवा सम्य हों
देवार्ची यजमानके सुत जनें वीराग्रणी सद्गुणी । - राष्ट्रयोगी नरहरिनाथ ।

03/01/2026

Address

Taplejung

Telephone

+9779844639228

Website

Alerts

Be the first to know and let us send you an email when श्रीहरि धार्मिक खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्रीहरि धार्मिक खबर:

Shortcuts

Share