06/09/2026
❤️ प्रेम बाँडौँ, आशीषत बनौँ। ❤️
आज हाम्रो मण्डली परिवार एकजुट भई वृद्धाश्रममा रहेका आदरणीय बुबाआमाहरूलाई सहयोग गर्दै, उहाँहरूसँग केही समय बिताउने र प्रेमपूर्वक भोजन खुवाउने अवसर प्राप्त भयो। 🙏
हामीले दिएको सहयोग सानो हुन सक्छ, तर प्रेम र आत्मीयताले कसैको जीवनमा ठूलो खुसी ल्याउन सक्छ। उहाँहरूको मुस्कान र आशीर्वादले हाम्रो हृदय अझै भरिएको छ।
“लिनुभन्दा दिनु अझ धन्यको कुरा हो।” — प्रेरित २०:३५
परमेश्वरले हामीलाई केवल आफ्नै लागि होइन, खाँचोमा परेकाहरूको सेवा गर्न र असहायहरूको जीवनमा आशा र प्रेम पुर्याउन बोलाउनुभएको छ।
आजको यो सेवाकार्यमा सहभागी हुने सम्पूर्ण मण्डली परिवारलाई धन्यवाद।
हाम्रो सानो सेवा परमेश्वरको हातमा ठूलो आशीष बनोस्। 🙏❤️
प्रेममा सेवा गरौँ, सेवामा ख्रीष्टलाई देखाऔँ।
परमेश्वरको महिमा होस्! ✝️
At Senior Citizens' Home