Sataun Chandi Kalika

Sataun Chandi Kalika जय सतौं चण्डी माई🙏❤️🙏
Welcome to the page of Sataun Chandi Kalika ❤️

Values :-
Preserving Heritage,
Promoting Beauty,
Empowering Youth.

What is Sataun Chandi Kalika ?
•Digital home of Sataun Rajasthal.
•A youth-led initiative स्याङजा जिल्लाकै प्रशिद्ध मन्दिर सतौ चण्डी कालीका। यो ठाँउ स्याङजा वजार वाट 11 कि मी टाढा पर्छ ।

सतौं चण्डीस्थान र यसको सेरोफेरो
सतौं चण्डीस्थान स्याङ्जामा हालको पुतलीबजार नगरपालिकाको वार्ड नं. 14 अन्तर्गत पर्दछ। मन्दिरको केही माथि सतौंकोटे राजाले बनाएको दरबार छ। त्यसलाई कोट भनिन्छ। पहिलेका बाईसे चौबीसे रा

ज्यका राजाहरूले आ-आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने चलन थियो। त्यही चलनअनुसार सतौंकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौं चण्डी नामंकरण गरेका हुन सक्छन्। चण्डी रहेको ठाउँलाई चण्डीस्थान भनिन्छ। यो मन्दिर सतौंका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिन्छ। पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए। एक जनश्रुतिअनुसार शिरबम शाहीले राज्य सम्हालेकै केही महिनामा हालको मन्दिर भएको ठाउँबाट पहिरो गएर त्यसभन्दा तल रहेको हल्लेखोला गाउँमा बाख्रा चराइरहेकी एउटी मगर कन्यालाईअँठ्याएछ। त्यसपछि गाउँभरि हल्लाखल्ला मच्चियो। हार गुहार गरेपछि वल्लो पल्लो गाउँबाट मान्छेहरू ओइरिए र ती बालिकालाई खोज्न गए। अन्ततः ती बालिका एउटा ढुंगाको कापमा सुरक्षित भेटिइन्। त्यस ढुंगामार्फत देवीले बचाएकी हुन् भनेर त्यस ढुंगाको एउटा चोइटो लिएर पहिरो गएको ठाउँभन्दा केही माथि देवीको रूपमा चण्डी स्थापना गरी पूजा गर्न थालियो।पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने बिधि र पूजारी पनि एउटै जातको भएकोले यी मन्दिरहरू समान शक्तिपीठहरू हुन् कि भन्न सकिन्छ। सतौंमा चण्डीको स्थापना भई पूजा बिधि सुरु भएपछि मन्दिर निर्माण गरियो। सबैभन्दा पहिले ढुंगा र माटोको गारोबाट निर्मित त्यस मन्दिर खरले छाएको तर धुरी मारेको रहेनछ। वि.सं. ८६५ मा निर्मित उक्त मन्दिरलाई १७७० तिर राजा दीर्घराज शाहीले पुनर्निर्माण गरी ढुंगाले छाउने काम गरे। शिरबम शाही र दीर्घवम शाहीसम्म आइपुग्दा चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वीपति शाही, दावनल शाहीहरूले राज्य गरिसकेका थिए। राजा दीर्घराजले मन्दिर पुनर्निर्माण गरेकै वर्ष सतौं राज्यमा भोकमरी, दैवीप्रकोप परेछ। आफ्ना राज्यमा अनिष्ट भएको चिन्ता गर्दै सुतेका राजा दीर्घराजले सपना देखेछन्। सपनामा चण्डीदेवी आएर धुरी मारिएको मन्दिरमा म बस्दिनँ, यस्तै गरी मेरो मन्दिर राख्ने हो भने यो राज्यमा अझै ठूलो अनिष्ट हुन्छ भनिछन्। त्यसपछि राजाले मन्दिरको ढुङ्गा निकालेर पहिले जस्तै खरले छाउन लगाई दैनिक पूजा गर्न लगाएछन्। श्रावण महिनाभर, सोह्रश्राद्ध, आश्विन नवदुर्गाका प्रतिपदादेखि अष्टमीसम्म, चैते दशैंको प्रतिपदादेखि सप्तमीसम्म, बैकुण्ठे पूणिर्मा, बालाचर्तुदशी, शिवरात्री, रामनवमी, औंसी, एकादशीका दिन बलि पूजा भने गरिँदैन।चण्डीस्थान मन्दिरमा नित्य पूजाको लागि सातुपसलमा पचास मुरीमाटो खेत गुठी राखिएको थियो। राजाको दरवार भनिने सतौंकोट कालिका मन्दिरको लागि सतौं राज्यमा शिरबमदेखि अन्तिम राजा कीर्र्तिवीरसम्म बाह्रौं पुस्ताले राज्य गरेका थिए। कालिका मन्दिरको नित्य पूजा गर्न ब्राहृमणका लागि पन्ध्र मुरी, नगर्चीका लागि पचास मुरी, कटुवालका लागि पन्ध्र मुरी माटो खेतलामागे र सातु पसलका फाँटमा गुठी छुट्याइएको थियो। पहिले कालिकाको सुनको छपन्न तोलाको मूर्ति थियो। त्यो मूर्ति चोरी भएपछि अहिलेको मूर्तिमा सात लालसुनले मात्रै लेपन गरेको बुझिन्छ। मन्दिर संरक्षण गर्न फूलपाती पुर्याउन, मैदान पँधेराको शिवालयमा नित्य पूजा गर्न सोरघर, देउराली भिर, फूलवारी, रानीस्वाँरा, सेवादीमा खेत तथा पाखा गुठी समेत राखिएको थियो।चण्डीस्थानको अहिले देखिने मन्दिर वि.सं. २०४५ मा पुनर्निर्माण गरिएको हो। सतौं चण्डी देवनगरी धामभित्र सतौं चण्डीस्थान, सतौंकोट, पशुपतिनाथ मन्दिर पर्दछन् भने सतौं राज्यभित्र दरौं, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल लामागे, सतौंगाउँ फापरथुम पर्दछन्। सतौं चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास गरिन्छ। यसैले यस मन्दिरमा पूजा वा दर्शन गर्नका लागि यस जिल्ला लगायत कास्की, पाल्पा, तनहुँ, पर्वत, बाग्लुङ, रुपन्देही, काठमाडौं लगायत टाढा टाढाबाट मानिसहरू आउने गर्दछन्। महाशिवरात्री, बालाचतुदशी, दशैंको अष्टमी पर्वहरूमा मेला लाग्छ। बाजागाजासहित संघ संस्था वा व्यक्तिले पनि पञ्चबली -राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ।सतौंकोट मन्दिरमा दशैंको फूलपातीदेखि मन्दिरसँग सम्बन्धित ब्राह्मण, ठकुरी र मगर जातिका पुरुष उपवास बसी नवमीका दिन धामी नाच गरी तिवारी थरका ब्राहृमणले राँगाको कानमा मन्त्र सुनाई मन्त्र सुनाइएको राँगालाई बलि दिई बाजा गाजासहित बढाइ गरिन्छ।अको जनश्रुति के छ भने धेरै पहिले कोटमा राँगाको सट्टामा तिवारी थरका छोरालाई बलि दिइन्थ्यो। तिवारीका सन्तान घट्दै गएर एउटा मात्रै बाँकी रहेछ। उसले राजालाई भनेछ, “सरकार मेरो बलि चढेर तिवारी थर समाप्त भएपछि बलि चढ्ने पालो तपाईको हुनेछ।” त्यसपछि निकै खैलाबैला मच्चिएछ। मान्छे काट्न हुँदैन भनेर आन्दोलन भएपछि परम्परा थेग्न राँगालाई मन्त्र सुनाएर बलि दिने चलन भएको सुनिन्छ।हाम्रो धर्म शास्त्रले पनि सबै प्राणीको रक्षा गर भनेको छ। कुनै पनि देवी देवताले प्राणीको रगत माग्दैनन्। बलि दिने कामत मान्छेले बनाएको आफ्नै अनुकूलको व्याख्या मात्रै हो। निरपराध कुखुरो, परेवा, पाठो, पाडो, सुँगुर, परेवालाई देवीको मन्दिरमा बलि चढाएर आफ्नो सन्तान जन्मने, आँटे ताकेको पुग्ने,धन आर्जन र रोग निको हुने होइन। त्यस्तो हुन्थ्यो भने यी अस्पताल स्वास्थ्य केन्द्रको आवश्यकता पनि थिएन र धन आर्जन गर्न जागीर वा पेशा व्यवसाय अपनाउन पर्ने पनि थिएन। त्यसैले विकल्पमा फलफूल, दुध, नैवैद्य अपण गर्नु नै उचित हुन्छ। राजा रजौटाका समयमा रैतीहरूले सबैभन्दा पहिले राजाको खेतीबाली लगाइसकेपछि मात्र आफ्नो खेतीवाली लगाउन पाइन्थ्यो। अन्यथा जरिवाना तिर्नु पथ्यो। राजाको धान काटेपछि बल्ल रैतीले काट्ने, राजाको खेत जोतेपछि रैतीले जोत्ने, राजाले न्वाई खाएपछि रैतीले खान पाइने अन्यथा एउटा पाठो जरिवाना स्वरुप बुझाउनुपर्ने। रजौटाहरूले गाउँ गाउँमा एक एक वटा तालुकदार वा मुखिया राख्थे र तिनीहरूबाटै रैतीलाई काम गराउँथे। तिरोभरो पनि उनीहरूबाटै असुल गरिन्थ्यो। मठ, मन्दिर निर्माण गरेर बलि दिने प्रथा पनि राजाकै अनुकूल पारेको देखिन्छ। कतै कसैले स्वदेश वा विदेशबाट धन सम्पत्ति आर्जन गरेर ल्यायो भनेभाकल गर्ने, पञ्चबलि दिनु पर्ने तथा राजा र उनका आसेपासेहरूलाई टाउको चढाउनुपर्ने नियम राखिएको हुनसक्छ। बोका, कुखुरा, पाठा, राँगा, सुँगुरका टाउको सित्तैमा पाउने भएपछि राजाका तालुकदार मुखियाहरू खुशी हुने नै भए।सतौं रजस्थल : सतौं राज्यको राजधानी रहेको यो ऐतिहासिक स्थान प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण छ। यस ठाउँबाट माछापुच्छ्रे्र, अन्नपूर्ण, धवलागिरी, मनास्लु हिमालयको मनोरम श्रृंखला देखिन्छ। आँधिखोला, दरौंखोला, राङ्खोला लगायतका खोलाहरू र्छल· देखिन्छन्। कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका केही स्थानहरू यहाँबाट अवलोकन गर्न सकिन्छ। जिल्लाको सदरमुकाम लगायत पुतलीबजार नगरपालिकाका साथै जिल्लाको अधिकांश भाग यहाँबाट देखिन्छ। यसका नजिकका आकर्षण स्थानमा पारिकोट डाँडा, महाछाङ्, बैदीखोला, राहुलडाँडा, तामाखानी, मैदान, महाभिर, सल्यान, वाघखेल्ने ढुंगा, ठूलोपँधेरा, खर्सेक र सिद्धबाबा हुन्। यसका साथै विकासक्रमले निर्माण हुँदै गएका वडै पिच्छेका यातयातका नागवेली सडकहरू हेर्न लायक देखिन्छन्।२०४२ सालमा योगी नरहरिनाथज्यूले भ्रमण गरेपछि यस क्षेत्रका स्थानीय बुद्धिजीवीहरूको सक्रियता बढेको पाइन्छ। स्थानीय स्तरको एउटा भजन कीर्तन समूहले वैदिक सनातन धर्मको संरक्षण सतौ. चण्डी देवनगरीधामको विकास र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वि.सं. २०५३ मा संस्था दर्ता गरिएको थियो। साथै त्यही सालमा यस क्षेत्रमा पशुपतिनाथको मन्दिर स्थापना गरियो। यस क्षेत्रको विकासका निम्ति २०५५ साल र २०७० साल गरी दुर्इ पटक शिवपुराण महायज्ञ गरियो। २०५५ माघ २२ गते महाशिवरात्रीका दिन पशुपतिनाथमा शिवमूर्ति तथा शिवलि·को प्राण प्रतिष्ठा योगी नरहरिनाथ ज्यूबाट भएको थियो। २०७० फागुन ८ गतेबाट १६ गतेसम्म भागवत भाष्कर श्री कमल नयन गौतमज्यूबाट कथा वाचन तथा महायज्ञ सम्पन्न गरियो। यस महायज्ञमा ठूलो आर्थिक सहयोग जुट्यो।सतौंचण्डीको पूजा तथा दर्शनको निमित्त स्याङ्जा बजारबाट बाडखोला, पुतलीखेत, लामागे, आमडाँडा रजस्थल मैदानसम्म दश कि.मी. पक्की सडकबाट सवारी साधनमै आवतजावत गर्न सकिन्छ भने पैदल यात्रीको निमित्त स्याङ्जा बजार लामागेको वाँसकोट, भण्डारी गाउँ तथा खोरबार, गहते हुँदै बजारबाट दुर्इ घण्टामा चण्डीस्थान तथा रजस्थल पुग्न सकिन्छ। सतौं चण्डीको सेरोफेरोनेपालमै विशिष्ट स्थान ओगटेको क्षेत्र हो। यहाँको शिक्षित जमात देशको राजनीति तथा प्रशासनिक क्षेत्रका उच्च तहमा पुगेर राष्ट्र सेवामा समर्पित छ। रजस्थलमै जन्मी हुर्केर साहित्यिक फाँटमा राष्ट्रिय स्तरमै आफ्नो विशिष्ट पहिचान बनाउन सफल साहित्यकार, समालोचक घनश्याम ढकालको जन्म यहीँ भएको हो। सतौं चण्डीस्थान र यसको सेरोफेरो धार्मिक ऐतिहासिक, पर्यटन तथा साहित्यिक सुगन्धको फूलबारी भएकोले यसको उन्नति र प्रगतिको सोच राख्नु सबैको कर्तव्य दायित्व पनि हो।

Address

Sataun Chandi Kalika
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when Sataun Chandi Kalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sataun Chandi Kalika:

Shortcuts

Share