Bethleham Fellowship Church

Bethleham Fellowship Church This a page of Bethleham Fellowship Church, Khaniyakhark, Sindhuli.

05/07/2016

उद्घार पाएपछि जान्नु पर्ने कुराहरु ............................
तपाईले भरखरै मात्र प्रभु येशुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुभयो । धार्मिकताको निम्ती हृदयले विश्वास गरी उद्घारको निम्ती ओठले उहाँलाई स्वीकार गर्नुभयो (रोमी १०ः१०) । यसको नतीजा तब के—के भयो त ? कसैले यसको नतीजाहरु ३८ वटा गनी निकालेका छन् तर तिनीहरु मध्येमा विशेष यी हुन् ः—
१. तपाई परमेश्वरको सन्तान बन्नभयो (युहन्ना १ः१२) ।
२. तपाईको नाम जीवनको पुस्तकमा लेखियो ( लुका १०ः२०) ।
३. तपाईको सबै पाप क्षमा भयो (१युहन्ना २ः१२) ।
४. तपाईभित्र परमेश्वरको आत्मा आउनुभयो (रोमी ८ः११) ।
५. तपाई नयाँ गरी जन्मनु भयो (१पत्रुस १ः२३) ।
६. तपाईले उद्घार पाउनु भयो (एफिसी २ः८) ।
७. तपाई एउटा नयाँ सृष्टि बन्नु भयो (२कोरिन्थी ५ः१७) ।
तपाईले सम्झनु भएको थियो होला उद्घार पाएको तथा नपाएको ता मरेपछि मात्र याद पाउन पर्ने तर यो होइन । तपाईले उद्घार पाएको निश्चयता यहि जीवनमा पावल प्रेरितले झै थाहा पाउन सक्नुहुन्छ अनि पाउन पनि प¥यो (फिलिप्पी १ः२१) । यो हाम्रो विश्वासको विशेषता हो । नत्र भने हामी मृत्युको डरमाथी कसरी विजय बन्ने र हामीबाट मृत्युको डर कसरी हट्ने?...........................बेथलेहेम फेलोसिप चर्च ।

05/07/2016

लक्ष्य बिहिन मानिस...................
एक दिन अल्बर्ट आइन्सटाइन रेलमा यात्रा गरिरहेका थिए। रेलले धेरै दुरी काटेपछी रेलको टि टि यात्रुहरुको टिकट जाच गर्दै आयो। अल्बर्ट आइन्सटाइनसित टि टिले रेलको टिकट माग्यो। अल्बर्ट आइन्सटाइनले उनको सबै भएभरको गोजी छामे तर टिकट भेटाएनन्। टि टिले अल्बर्ट आइन्सटाइनलाई चिनीसकेको थियो र भन्यो.. “हजुर आफ्नो टिकट खोज्दै गर्नुहोला म अरुको टिकट जाँच गरेर आउँछु ।अल्बर्ट आइन्सटाइन चाँही रेलको बैठक मुनितिर यता र उता टिकट खोज्दै हैरान बनिसकेको थियो तर टिकट पाइरहेका थिएनन् । केही क्षणपछी फेरि टि टि आयो । अल्बर्ट आइन्सटाइन चाहिँ आफुले हराएको टिकट खोज्नमै तल्लिन थिए । टि टिले प्रश्न ग¥यो, “हजुरले टिकट पाउनुभएन?” अल्बर्ट आइन्सटाइनले जवाफ दियो, “हो मैले पाइन ।” टि टिले प्रश्न ग¥यो, “हजुर कहाँसम्म सवार गर्दै हुनुहुन्छ?” अल्बर्ट आइन्सटाइनले केहि भन्न सकेनन् । टि टिले फेरि प्रश्न ग¥यो, “हजुरको यात्रा कहाँसम्म हो?” अल्बर्ट आइन्सटाइनले टाउको कन्याउँदै भने, “मलाई थाहा भएन म कहाँसम्म जाँदै छुँ ।”
प्रियः हो यदि अल्बर्ट आइन्सटाइन जस्ता बुिद्घमान मानिसलाई उसको गन्तव्य कहाँसम्म हो त्यो थाहा छैन भने आज ख्रीष्ट बिना हराइरहेका संसारका अरबौँ मानिसहरुलाई झन् कसरी थाहा हुनसक्छ, कि उसको गन्तव्य कहाँ छ? यसकारण हाम्रो काम हो ती गन्तव्यहीन मानिसहरुलाई उनीहरुको गन्तव्य बताइदिनु ।.............बेथलेहेम फेलोसिप चर्च, खनियाखर्क, सिन्धुली ।

23/06/2016

येशू र निकोदेमस
1 त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए। 2 एक-रात निकोदेमस येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”

3 येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

4 निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?”

5 तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। 6 मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। 7 अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। 8 तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”

9 निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?”

10 येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? 11 म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। 12 पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? 13 मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

14 “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। 15 त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।”

16 हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। 17 परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। 18 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। 19 मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। 20 प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। 21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो। -यूहन्ना 3

Address

Khaniyakhark
Sindhuli Gadhi
00977

Telephone

+977-9817861275

Website

Alerts

Be the first to know and let us send you an email when Bethleham Fellowship Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bethleham Fellowship Church:

Share