सखडेश्वरी भगवती
प्राचिन छिन्नमस्ता मन्दिर
सप्तरी जिल्लाको सदरमुकाम राजबिराज देखि करिब १० कि.मी.दक्षिण तथा नेपाल भारत सिमानाको १ कि.मी. उत्तर छिन्नमस्ता गाउँ विकास समितिको सखडा गाउँमा एक विशाल पोखरीको उत्तरी डिलमा सुप्रसिद्ध सखडेश्वरी (छिन्नमस्ता) भगवतीको मन्दिर अवस्थित छ !
यो पौराणिक स्थल नेपालको पूर्वी तराई र भारतको विहार प्रान्तको क्षेत्र बिच “शक्तिमायी” बरदायनी देवी भगवती को रुपमा सु-प्रसिद्ध र
हेको छ ! देवी भगवतीको प्रतिभालाई गहनतम रुपमा हेर्दा अति प्राचिन रहेको स्पष्ट हुन्छ ! यसमा प्राचीनता झलकिन्छ, केहिले भन्ने गर्दछन् ! दक्षिण भारत कर्नाटकका कर्नाटवंशीय राजा नान्यदेव सन् १०९७ मा मुसलमानी आक्रमणले गर्दा भागी पाटली पुत्र (पटना) हुदै मिथिला आइपुगेर सिमरौनगढ (बारा) मा राजधानी कायम गरे ! यिनै नान्यदेव वंशको पाँचौ पिंढीमा शक्रसिंह देव राजा भए ! आफ्नो नावालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी आफु निर्वासितजीवन बिताउन सप्तरी तिर आए ! यिनी शक्रसिंह देवले नै आफ्नो कुलदेवीको रुपमा ती भगवतीको स्थापना गरि आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी भगवती राखे ! हाल यता देवीको शिर नभएको ले केहि समय यता देखि छिन्नमस्ता भगवती पनि भन्न थालिएको हो ! १३४९ मा पुन: भारतीय मुसलमानहरुको आक्रमण भयो र मन्दिरको तोडफोड गर्ने अभियानमा उक्त शक्रेश्वरी मन्दिर पनि भताभुङ्ग गरियो ! सोहि समय देवीको मुर्ति पोखरीमा फालिएर पछी पोखरीको जिर्नोधार गरि मुर्ति फेला परे पनि शिर फेला परेन, जसले गर्दा त्यही शिरविहीन मूर्ति स्थापना गरियो ! संभवतः त्यसैले छिन्नमस्ता भनिएको हो !
Alerts
Be the first to know and let us send you an email when श्री छिन्नमस्ता भगवती सखडा, राजविराज, सप्तरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.