03/10/2024
तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुल प्रसाद क्रोम्छें तमु र पैंडी समितिमा देब बहादुर टु क्ल्हेप्री तमु !
१६ असोज २०८१ बुधबार, पोखरा ।
पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा र तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समिति र पैंडी समितिको दोश्रो साधारणसभा तथा दोश्रो महाधिवेशन आज तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवन पोखराको सभाहलमा सम्पन्न भएको छ ।
https://www.facebook.com/media/set/?set=a.535843965803239&type=3
तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुल प्रसाद क्रोम्छें तमु र पैंडी समितिमा देब बहादुर टुक्ल्हेप्री तमु !
१६ असोज २०८१ बुधबार, पोखरा ।
पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा र तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समिति र पैंडी समितिको दोश्रो साधारणसभा तथा दोश्रो महाधिवेशन आज तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवन पोखराको सभाहलमा सम्पन्न भएको छ ।
निर्वाचन मण्डलका संयोजक तमु प्ये ल्हु संघ, केन्द्रीय कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी गुरुङ (पर्जु तमु) ले जानकारी गराए अनुसार पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमु तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समितिको दोश्रो महाधिवेशनबाट पुनः अध्यक्षमा तेश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएको छ । २७ सदस्यीय केन्द्रीय पच्यु समितिको प्रथम उपाध्यक्षमा ठउवा च्हाक्ली तमु (कास्की), द्दितीय उपाध्यक्षमा जमन सिङ ल्हेंगे तमु (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा नारायण काजी ल्हेंगे तमु (कास्की), सचिवमा राम बहादुर च्हम्रु तमु (पर्वत), कोषाध्यक्षमा डिल प्रसाद ल्हेंगे तमु (स्याङ्जा) र सहकोषाध्यक्षमा जय बहादुर ल्हेंगे तमु (तनहुँ) सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा मीम प्रसाद ङोप्छें तमु (कास्की), अमरजङ क्रोम्छें तमु (कास्की), बुद्धि बहादुर ल्हेंगे तमु (कास्की), तेज प्रसाद ल्हेंगे तमु (कास्की), डिला ल्हेंगे तमु (स्याङ्जा), कोष प्रसाद ल्हेंगे तमु (तनहुँ), भोज राज क्होला तमु (तनहुँ), लाल बहादुर थिम्जे तमु (कास्की), पोलाल क्रोम्छें तमु (स्याङ्जा), अमर क्रोम्छें तमु (स्याङ्जा), थमन सिङ ल्हेंगे तमु (स्याङ्जा), रिमन ल्हों तमु (स्याङ्जा), कुल प्रसाद ल्हेंगे तमु (स्याङ्जा), भिम बहादुर क्रोम्छें तमु (कास्की), ओम प्रकाश च्हम्रु तमु (स्याङ्जा), जगत गरब्जा तमु (कास्की), राम बहादुर ल्हेंगे तमु (कास्की), छविलाल ल्हेंगे तमु (कास्की), राम प्रसाद क्रोम्छें तमु (कास्की) र याम बहादुर क्रोम्छें तमु (कास्की) निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय पच्यु समितिको सल्लाहकारमा नर बहादुर ल्हेंगे तमु (तनहुँ) र यारजंग क्रोम्छें तमु (कास्की) लाई चयन गरिएको छ ।
कार्यक्रमका निर्वाचन मण्डलमा संयोजक अधिवक्ता जुना कुमारी गुरुङ (पर्जु तमु), सदस्यहरुमा केन्द्रीय सल्लाहकार संयोजक हितकाजी टुक्ल्हेप्री तमु र केन्द्रीय पूर्व अध्यक्ष क्या.रुप बहादुर गरब्जा तमु थिए ।
कार्यक्रममा कास्की, धुँवारकोट हाल पोखरा-१७ राष्ट्रबैंकचोक बस्ने तमु प्ये ल्हु संघ, यूकेका आजीवन सदस्य नुम बहादुर प्हच्यु तमु र उहाँको श्रीमती इन्दु म्होब्छे तमुले हालै पुनर्गठित तमु प्ये ल्हु संघ, जिल्ला युवा समिति कास्कीलाई रु.२०,०००/- मूल्यको Tpls Youth Kaski प्रिन्ट गरिएको टिसर्ट सौजन्य गरेको छ । भने एक महिना अगाडि नुम प्हच्यु तमुले आफ्नो ममतामयी आमा स्व.आश कुमारी योज तमुको अर्घौं (पय) मा तमु प्ये ल्हु संघलाई रु.६०,०००/- मुल्यको डिफ्रीज प्रदान गरी सहयोग गरेको थियो । नुम प्हच्यु तमु दम्पतीलाई आजको कार्याक्रममा तमु प्ये ल्हु संघ कास्की जिल्ला समितिले क्रेगी, क्रमु र प्रशंसा-पत्रले सम्मान गरेको छ ।
तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको दोश्रो महाधिवेशनबाट अध्यक्षमा देब बहादुर टुक्ल्हेप्री तमु सर्वसम्मत चयन
केन्द्रीय क्ल्हेप्री समितिका पूर्व अध्यक्ष एवम् जिल्ला समिति, पर्वतका अध्यक्ष देब बहादुर टुक्ल्हेप्री तमु तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको दोश्रो महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएको छ र हाललाई १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा ठौ बहादुर च्हाक्ली तमु (स्याङ्जा), सचिवमा योम बहादुर म्होब्जे तमु (कास्की), सहसचिवमा नेत्र बहादुर प्हच्यु तमु (तनहुँ) र कोषाध्यक्षमा यमान ल्हों तमु (स्याङ्जा) सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरुमा शरण ल्हेंगे तमु (कास्की), चुन बहादुर प्ल्हें तमु (कास्की), हस्तवीर टुक्ल्हेप्री तमु (तनहुँ), लोक बहादुर टुक्ल्हेप्री तमु (कास्की), राम च्हम्रु तमु (पर्वत), अमरजंग क्रोम्छें तमु (कास्की), तुल बहादुर टुक्ल्हेप्री तमु (तनहुँ) र रुक बहादुर तमु (नवलपुर) सर्वसम्मत चयन भएका छन् ।
उक्त समितिको सल्लाहकारमा पच्यु पैडी चिबा यारजंग क्रोम्छें तमु, तेज बहादुर म्होब्जे तमु, कुल प्रसाद क्रोम्छें तमु, डिल प्रसाद ल्हेंगे तमु र लिल प्रसाद कुप्छे तमुलाई चयन गरेका छन् ।
कार्यक्रम केन्द्रीय समितिका महासचिव हर्क योज तमुले सञ्चालन गरेका थिए भने तमु प्ये ल्हु संघ, जिल्ला समिति कास्की, जिल्ला महिला समिति कास्की र जिल्ला युवा समिति कास्कीले सम्पूर्ण व्यवस्थापन गरेका थिए ।