05/05/2023
🙏बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि। शान्तिका अग्रदूत भगवान सिद्दर्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्ध्त्वो (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे । दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको ईच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो । बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो । अहिले यो ठाउँ अर्बौं बौद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका भगवानको रुपमा पूजा गरिन्छ ।
हरेक मानब जातिले सफलता प्राप्त गर्ने हो भने जिबनमा लगनशील भएर निरन्तर काम गर्नुपर्ने हुन्छ भन्ने कुरा गौतम बुद्धको जीवनी र उहाँले गर्नु भएको कर्मबाट धेरै कुराहरु सिक्न सकिन्छ । बुद्धले बुद्धत्वो प्राप्ति र संसारले आज गौतम बुद्धलाई भगवान भनेर पुज्नुको पछाडी बुद्धले आफ्नो जिबनकाल भरि गर्नु भएको कर्म नै हो बुद्धले बाल्यकाल देखि २१ वर्ष सम्म निरन्तर बिभिन्न बिषयहरुको अध्यान गर्नु भयो । उहाँले हरेक बिषयमा विभिन्न कल खण्डमा धेरै गुरुहरु संग शिक्षा हासिल गर्नु भएको थियो । आजकलको भाषामा कति कक्षा पढ्नु भएको थियो भने त्यति बेला उहाँले आचार्य उपाधि पास गर्नु भएको थियो । त्यति बेला बास्तबमा भन्ने हो भने गौतम बुद्धले सामान्य मानब जातिले हासिल गर्ने शिक्षा भन्दा कयौं गुणा बढी शिक्षा हाशिल गरिसक्नु भएको थियो त्यही कारणले गर्दा पनि उहाँले जब २९ बर्षमा आफ्नो दरबार, राजकाज, परिवारहरु, र सम्पूर्ण भौतिक सुख सुविधालाई त्यागे र बौधित्वो प्राप्तिको लागि निरन्तर ६ बर्ष सम्म कठोर तपस्या गर्नु भयो त्यो नै बुद्धको जिबनमा उहाँले गर्नु भएको सबैभन्दा ठुलो कर्म थियो । त्यति बेला बुद्धले आफ्नो सम्पूर्ण इच्छा चाहना आवश्यकतालाई त्यगी खाली बोधित्वो प्राप्तिको लागि मात्रै रात दिन लागि पर्नु भयो तब उहाँले ठुलो ज्ञान प्राप्त गर्नुभयो । संसारमा कुनै पनि प्राणी, मानवले प्रकृतिको नियम भन्दा बाहिर बसेर कुनै पनि बस्तु वा लक्ष्य प्राप्त गर्न सकिन्न यदि प्रकृतिको नियममा बसी त्यसको पालना गर्दै निरन्तर कोशिस गर्ने हो भने आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भनेर जान्न भयो र यहि कुरालाई मानेर फेरी तपस्या गर्दा ७ दिनभित्र नै उहाँले बोधित्वो प्राप्त गर्नु भयो गौतम बुद्धले खोज्नु भएको लक्ष्य त पुरा भयो तर उहाँ त्यसपछि पनि चुप लगेर बस्नु भएन उहाँले ४५ वर्षसम्म निरन्तर बिभिन्न ठाउँ, सहर, गाउँ, देशका विभिन्न बर्गका मानिसहरुलाई स्वयम भेटि आफुले अनुभव र प्राप्त गरेको ज्ञानहरुलाई बाँड्दै हिन्नु भयो त्यति बेला गौतम बुद्धले आफ्नो जीवनकालमा निरन्तर गर्नुभएको कर्मले गर्दा नै आज संसार भरिका मानब जतिहरुले उहाँलाई भगवान, महामनाब भन्दै उहाँले देखाउनु भएको बाटोमा हिंड्ने कोशिस गर्दै छन् ।
आज तपाई हामीले जीवनलाई सफलता बनाउने हो भने बुद्धले अपनाउनु भएको व्याहारिक बाटो र उहाँको सिद्धान्तको नियमित पुर्बक कर्म (काम) गर्नु पर्छ ।
सम्पूर्ण आफन्तजनहरुको सुख, शान्ति र सम्वृद्धिको कामना गर्दै पल टासी छ्योलिग़ गुम्बाको तर्फबाट २५६७ औं बुद्ध जन्म जयन्तिको सबैमा हार्दिक मङ्गलमय शुभकामना । । । । ।
पल टासि छ्योलिंग गुम्बा
बुद्ध शान्ति मार्ग १०, पोखरा