12/07/2025
"हामी नयाँ आयाम तर्फ बढ्दै छौ।"
एफिससको मण्डलीको निम्ति प्रार्थना:
14 यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु,
15 जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।
16 म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्,
17 र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,
18 सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक,
19 र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
20 उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ,
21 उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन। 😇