29/08/2024
भेडीफार्म बप्तिस चर्चका सदस्य मादी गा. पा - ५ निवासी स्व. श्री तिलमाया तामाङ मिति २०८१ भाद्र १० गतेको दिन हृदयघात का कारण अल्प आयु मई प्रभुमा सुत्नु भएकोमा हामी सम्पूर्ण मण्डली परिवार स्तब्ध छौ उहा प्रति भाव पूर्ण श्रदान्जली अर्पण गर्दछौ परमेश्वरले उहाँको परिवारमा प्रभुको शान्त्वना र शान्ति दिनु भएको होस् भनी हाम्रो प्रार्थना छ आमेन्।
१ थेसलोनिकी ४ (NNRV)
१३. तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्।
१४. किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।
१५. प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
१६. किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
१७. तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
१८. यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।