21/05/2023
बुद्धम शरनम गछ्यामि🙏
धम्मम शरनम गछ्यमि🙏
सघम शरनम गछ्यमि🙏
बौद् धर्म अनुसार बर्स भरि मा धेरै पर्ब हरु हुने गर्द्छ , यहि मध्ये सागा दावा धेरै महत्वपुर्न धार्मिक पर्ब हो ।यस पालि को सागा दावा मिति २०८० जेठ ६ गते शानिबार देखि असार ३ गते आइतवार सम्म परेको छ, यस पबित्र महिना को परिचय र लाभ बारेमा छोटो जानकारि...... १.परिचय -सागा भनेको २७ नक्षत्र मध्य एक प्रमुख तारा हो जुन भोट क्यालेनडर को चौथो महिना देखि प्रमुख तारा को रुप मा उदाउछ । दावा भनेको महिना बुझिन्छ । त्यसैले यो महिना लाइ सागा दावा भनिएको हो। २.बौद्द धर्मालवाम्भि ले यो महिना लाइ पुन्य सन्चय को आधार मा” बुम ग्युरगि दावा” पनि भन्ने गरिन्छ ,अरु समय मा गरेको पुन्य,दान्,पुजा ,ध्यान्,जाप ,साधना अनि परिक्रमा आदि भन्दा यस महिना मा लाखौ गुना ले बृद्दि भएर जाने कुरा बौद्ध सुत्र र शास्त्र हरु मा उल्लेखित छन्। त्यसैले सकेसम्म यो महिना मा सबैले अकुशल कार्य हरु जस्तै प्राण हत्या नगर्ने ,मासु मङसा नखाने ,चोरि नगर्ने ,झुठो नबोल्ने ,चुरोट ,खैनि,जाडॅं ,रक्सि को सेवन नगर्ने सकेसम्म यो महिना मा कुशल कार्य हरु जस्तै पन्चशिल को पालान गर्ने, बिशेश तिथि हरु मा न्युने ब्रत बस्ने, जाप ,साधना, बौद् स्तुपा को परिक्रमा गर्ने, दान पुन्य गर्ने आदि।।।। यो सन्सार मा सबै कुरा नशवर छ ,हामिले गर्न सक्ने अनि कमाउन सक्ने भनेको नै धर्म र कर्म हो त्येसैले कुशल कर्या हरु गरेर धर्म र कर्म लाइ बढाउने कोसिस गरौ । यो सागा दावा मा सक्दो पुन्य सन्चय गरि लाभ लिने प्रयत्न गरौ ।। स्मरणीय कुरा- त्रिरत्न दिवस अर्थात् भगवन बुद्ध को जन्म ,बुद्धत्व ( ज्ञान) प्राप्त र महापरिनिर्वाण बैसाख पुर्निमा को समय मा नै भएको थियो । जुन बेला भगवन बुद्ध को जन्म भयो ,त्यो समय को बैसाख पुर्निमा र सागा दावा एउटै महिना मा परेको थियो । भोट क्यालेडॅंर अनुसार तिथि मिति तल माथि भईरहने कारण ले कहिले काहि त्रिरन्त दिवस र सागा दावा एउटै महिना मा पर्दैन तर प्रत्येक तिन बर्स मा बुद्ध पुर्निमा (त्रिरत्न दिवस ) र सागा दावा एउटै महिना मा पर्दछ्।।।
अन्त्यमा - यहि पावन तिथि पारेर यस पल टासी छोइलिङ गुम्बा मा यहि जेठ १४ गते शानिबार देखि जेठ १६ गते मङलबार सम्म समस्त जगत प्राणि हरुको निमित्त प्राचिन न्यिङ्मा मोन्लम अर्थात प्रानिधाना पाठ हुन गईरहेको यहा हरु मा जानकारी गराइन्छ, यहि सामाजिक सन्जाल मर्फात सम्पुर्न धर्म प्रेमि यहा हरु सबै लाइ हार्दिक निमन्त्रणा …. भवतु सर्वमंगलम । 🙏🙏🙏