Lakeside Dharmik Yog Park

Lakeside Dharmik Yog Park Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lakeside Dharmik Yog Park, Religious Center, Gaurighat , lakeside, Pokhara.

धार्मिक तथा आध्यात्मिक महत्त्व: सत्येश्वर शिव मन्दिरको सामीप्य र प्राकृतिक वातावरणले यहाँ आउने आगन्तुकहरूमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना अभिवृद्धि गर्न मद्दत गर्छ।

॥ श्री शिवार्पणमस्तु ॥हार्दिक निमन्त्रणाआदरणीय भक्तजनहरू,पवित्र पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा हाम्रो श्...
24/08/2026

॥ श्री शिवार्पणमस्तु ॥
हार्दिक निमन्त्रणा
आदरणीय भक्तजनहरू,
पवित्र पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा हाम्रो श्री शिव मन्दिर, गौरीघाटमा विशेष पूजा-आजा तथा अनुष्ठानको आयोजना गरिएको छ।
यस शुभ अवसरमा भगवान् शिवको दर्शन, पूजा अर्चना, पवित्र जनै धारण तथा रक्षाबन्धन (डोरो बाँध्ने) कार्यक्रममा यहाँहरू सम्पूर्ण गुरुजन, आमाबाबु, तथा दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारसहित उपस्थिति भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
कार्यक्रम विवरण:
मिति: २०८३ साल भाद्र १२ गते, शुक्रबार
समय: अपराह्न ५:३० बजेदेखि
स्थान: श्री शिव मन्दिर, गौरीघाट
निमन्त्रक सत्येश्वर शिव मन्दिर परिवार / गुरुबा: बाबुराम पहारी

13/08/2026

रुद्र पूजा भाग १ :🕉️🔱 स्वामी सर्वानन्दजीको दिव्य उपस्थितिमा र नेपाल वैदिक धार्मिक संस्थाबाट बटुक संख्या ३ 🪷🪷🪷🔱🕉️
रुद्राभिषेक पूजा (रुद्री) भनेको के हो?
'रुतं दुःखं द्रावयति नाशयति वा रुद्रः' — अर्थात् दुःख, कष्ट र तापलाई नाश गर्ने रूप नै 'रुद्र' हो।
रुद्राभिषेक (सामान्य भाषामा रुद्री) भगवान् शिवजीलाई प्रसन्न गराउन गरिने एक अत्यन्त पवित्र र फलदायी वैदिक अनुष्ठान हो। यस पूजामा शिवलिङ्गमा मन्त्रोच्चारणका साथ जल, दूध, दही, घिउ, मह, र चिनी (पञ्चामृत) तथा अन्य पवित्र द्रव्यहरूको धारा बहाएर अभिषेक गरिन्छ। विशेष समय: साउन महिना, शिवरात्रि, सोमबार, माघ महिना वा शुभ तिथि/शिववास जुरेको दिन रुद्राभिषेक गर्नु अति उत्तम मानिन्छ। सत्येश्वर शिव मन्दिर, गौरीघाट, लेकसाइड
दी आर्ट अफ लिभिङ पोखरा र दी आर्ट अफ लिभिङ लेकसाइड युथद्वारा आयोजित ॐ नमः शिवाय, जय गुरुदेव 🕉️🔱

12/08/2026

श्रावण रुद्रीपुजा 🌼
जय सनातन 🙏🏻

आदरणीय महानुभावहरू, जय गुरुदेव! 🙏 श्रावण महिनाको पवित्र तथा शुभ अवसरमा आर्ट अफ लिभिङ (Art of Living) द्वारा आयोजित विशेष...
11/08/2026

आदरणीय महानुभावहरू, जय गुरुदेव! 🙏 श्रावण महिनाको पवित्र तथा शुभ अवसरमा आर्ट अफ लिभिङ (Art of Living) द्वारा आयोजित विशेष पवित्र सामूहिक रुद्र पूजा मा यहाँहरू सम्पूर्णलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। कार्यक्रमको विवरण:
मिति: २७ श्रावण २०८३ वि.सं.
समय: बिहान ८:०० बजे
स्थान: शिव मन्दिर, गौरीघाट, लेकसाइड - पोखरा ६
आयोजक: आर्ट अफ लिभिङ, लेकसाइड युथ

09/08/2026
03/08/2026

"ॐ नमः शिवाय! सोमबारको पावन अवसरमा भगवान शिवले तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति र समृद्धि प्रदान गरून्। हर हर महादेव!"🕉️🔱🙏🏻 सत्येश्वर शिव मन्दिर गौरीघाट, पोखरा–६

Address

Gaurighat , Lakeside
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Lakeside Dharmik Yog Park posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share