21/06/2023
" कोको म्हेन्दो "
नेपालमा बहुल जातिय बसोबास भएकोले सबै नेपालीहरुको आ-आफ्नै धर्म, सस्कार र सस्कृती रहदै आएको छ । नेपालमा तत्कालीन शासकहरु बाट करिब २४० वर्ष हिन्दु धर्मलाई जवर्जस्ती यहाँका आदिम जनताहरुमा थोपरिएको थियो । यो बिचमा अधिकाङ्सले आफ्नु सस्कार सस्कृती र भाषा समेत गुमान पुगेको ईतिहास प्रष्ट छ । यहि सन्दर्भमा यो करिब २४० वर्ष लामो दमनको प्रमुख चपेटामा नेपालको आदिवासी जनतजाती भनेर चिनिएको तामाङ समुदाय पनि अछुतो रहन सकेन । प्रतिफल स्वरुप धेरै तामाङहरुले आफ्नु भाषा र सस्कार बाट नै बन्चित हुनु परेको छ । कतै तामाङ भाषा मात्र बाकी रहेको छ भने कतै सस्कार मात्र बाकी रहेको छ र तामाङ बाहुल्य समाजमा आजपनी भाषा र सस्कार दुबै जिवन्त रहेको छ ।
धेरै दमन भएको स्थानबाट विस्थापित भएको तामाङहरुमा सस्कार र भाषा दुबैको पहिचान नबचेको पनि पाहिन्छ ।कतै भाषा मात्र जिवित छ भने कतै सस्कार मात्र पहिचानमा रहेको छ।
निर्मम दमन भएर विस्तापित भएको कतिपय तामाङहरुले आज पनि सस्कार जोगाई रहनु भएको छ र यसरी सस्कार जोगाउने सम्पुर्ण तामाङहरु लाई मेरो हार्दिक धन्यवाद छ ।
आज भलै हिजो जस्तो निर्मम दमन छैन तर तामाङहरुको आदिम सस्कास , रितिथितीमा उल्लेख परिवर्तन आएको छ । तामाङहरुले प्रयोगमा ल्याएको विभिन्न बोटबिरुवा फूल र अन्न फलफूलहरुको समेत सस्कार रितिथितिमा ठूलो महत्त्व रहेको छ ।
यो विषय भित्र करिब २४० वर्ष लामो दमन पछि पनि सम्पुर्ण तामाङहरुले जन्म देखी मृत्यु सम्म प्रयोगमा पवित्र फूल भनेर प्रयोगमा ल्याएको कोको म्हेन्दो वा ल्हा म्हेन्दोको बारेमा केही चर्चा परिचर्चा गरेको छु ।
# २ मुख्य प्रश्न र उत्तरहरु :
१. के हो कोको म्हेन्दो ?
तामाङहरुले आदर भाब प्रस्तुत गरेर कोको म्हेन्दो भन्ने गरिएको हो । यो कोको म्हेन्दोलाई ल्हा म्हेन्दो , को म्हेन्दो, ग्यासर म्हेन्दो, न्हाङलिङ म्हेन्दो, टिङरिङ म्हेन्दो आदि नामले चिनिएको राती फुलेर झर्ने Bignoniaceae परिवारको एउटा वनस्पति हो ।
२. कोको म्हेन्दोको धार्मिक प्रयोग तामाङले मात्र गर्छ ?
नेपालमा कोको म्हेन्दोको प्रयोग तामाङ, गुरुङ,शेर्पा, थकाली , लेप्चा लामा आदिले वा बौद्धमार्गी हरुले धार्मिक प्रयोग गर्ने गरेको खुल्न आएको छ भने अन्य प्रयोजनले नेपालको सबै जातिले प्रयोगमा ल्याएको पाहिन्छ । कोको म्हेन्दोलाई नेपाल बाहिर भुटान , भारत , तिब्बत , चीनको केही प्रान्तहरु र मङ्गोलियामा धार्मिक रूपमा प्रयोगमा ल्याएको पाहिन्छ ।
कोको म्हेन्दो बारे बिस्तृत :
तामाङ समुदाय भित्र कोको म्हेन्दोको बारेमा विभिन्न खाले कथा कहानीहरु उल्लेख गरिएको पाहिन्छ भने बौद्धदर्शन काङ्ग्युरमा समेत कोको म्हेन्दोको उल्लेख गरिएको छ । यसरी बौद्धदर्शन काङ्युरमा समेत उल्लेख भएको हुँदा बौद्धधर्म लम्बिहरु भएको स्थानमा कोको म्हेन्दोको प्रयोग धार्मिक रुपमा गर्ने गरेको पनि पाहिन्छ । कोको म्हेन्दोलाई तिब्बती भाषामा tsampaka तथा भुटानी भाषामा tsamapaka meto तथा meto zangpo , चिनियाँ भाषामा 木蝴蝶 ( Mù húdié) भनिन्छ ।
कोको म्हेन्दो सम्बन्धि प्रचलित कहानीहरु :
कहानी १ :
कथा अनुशार भमराले "कोको म्हेन्दो"लाई असाध्यै मन पराए र प्रेम प्रस्ताब राखे छ तर "कोको म्हेन्दो"ले तिमी जस्तो दुनियाँ फूलको रस चुसेर हिड्ने सँग म माया लाउदिन भनेर अस्विकार गरिन। त्यसपछि भमराले रिसले चुर हुँदै तिमीलाई फुल्ने बेलामा जबर्जस्ति भए पनि म अाफ्नो बनाएरै छाड्छु भनेर धम्की दिएछ। त्यसपछि दुबै बिच बोलचाल बन्द भएछ। कोको म्हेन्दो फूल्ने समय पर्खेर भमराले अाफ्नो वचन पुरा गर्न "कोको म्हेन्दो"को रुखमुनि गएर दिन रातै कुर्न थालेछ, यो कुरा "कोको म्हेन्दो"ले चाल पाए पछि दिनमा नफूली जब भमरा रातमा निदाउथ्यो त्यो बेला मात्र मध्य रातमा फूलेर घाम नझुल्कि झर्न थालिन । भमराले "कोको म्हेन्दो" रातमा फुलेर झरेको पत्तै पाएनछ । यो क्रम धेरै बर्ष चलेछ अन्त्यमा भमराले हार स्विकारे र माफि माग्दै भनेछ "मैले तिमीलाई अाफ्नो बनाउन सकेन म तिमी सँग हारे म अाफ्नो प्रेम प्रस्ताब फिर्ता लिन्छु भनेर फिर्ता लिएछ तर जाली भमरा को भरोसा नभएकोले कोको म्हेन्दो रातमै फूलेर झर्ने गरेको हो भनिन्छ ।
कहानी २ :
उहिले सत्य युगमा इन्द्र भगवानको बगानमा हजारौ फूलहरु सधाबहार फूल्ने गरेको थिएछ जसमध्ये कोको म्हेन्दो पनि प्रथेछ । एक दिन इन्द्र भगवान रिसाएर बगानमा आईपुगेछ । भगवान रिसाएको देखेर सबैफूलहरुले इन्द्रको अगाडि आफ्नु सिर झुकाएर फूलेछ तर कोको म्हेन्दोले सिर नझुकाई फूलेको हुँदा इन्द्र भगवान रिसाएर कोको म्हेन्दो लाई श्रापित गरेर उज्यालोमा कहिले कसैले फूलेको देख्न नपावस भनी पृथ्वीमा पठाछ । त्यही समय देखि कोको म्हेन्दो पृथ्वीमा झरेर रातिराती फूल्ने गरेको हो भनिन्छ ।
कहानी ३ :
उहिले भगवान बुद्बले भारतमा उपदेश दिदै गर्दा एक जना श्रीजा नामक भक्तले कोको म्हेन्दो भगवान बुद्धलाई चढाउनु भएछ। भगवान बुद्धले कोको म्हेन्दोलाई देखेर सबैलाई कोको म्हेन्दो देवताहरुको दुनियाँ बाट आएको पवित्र फूल हो भन्नू भएछ र सबैले कोको म्हेन्दोलाई देवलोक को पवित्र फूल भनेर चिन्ने गरेको रहेछ । यसरी देबलोकको फूल भएकोले कोको म्हेन्दो लाई ल्हा म्हेन्दो पनि भन्ने गरिएको हो भनिन्छ पछि भगवान बुद्धको मृत्यु हुन लागेको समयमा बुद्धलाई के हुदैछ भन्ने उनका चेलाहरुलाई थाहा नहुदै नजिकै रहेको कोको म्हेन्दो झुकेछ । केही समय पछि सबैफूलहरु ,जीव जनावर र मानिसहरु ले शोकमा सिर झुकाएछ त्यो बेला देखि कोको म्हेन्दो सधै झुकिरहेको छ पनि भनिन्छ ।
उल्लेख गरिएको कहानी बाट के थाहा पाउन सकिन्छ भने पवित्र फूल भएको वा भमराले समेत जुठो नहालेको फूल भएकोले धार्मिक कार्यको लागि कोको म्हेन्दो उत्तम रहेको मान्दै बौद्ध वा तामाङ समुदायमा कोको म्हेन्दोको धार्मिक प्रयोग इतिहास देखि प्रयोगमा आएको हो भन्न सकिन्छ ।
तामाङ सस्कार अनुसार झै झगडा भयो र मेलमिलाप गर्नु प्रदा गल्ती गर्नेले कोको म्हेन्दो राखेको पोङ ( एक प्रकारको भाडामा रक्सी राखेर तयारी गरेको चीज ) राखेर माफी माग्दा अग्रजहरुले माफी दिएर कोको म्हेन्दो राखेको पोङ सबैले बाढिचुडी खाने चलन थियो र आज पनि तामाङ बाहुल्य समाजमा यो प्रक्रिया निरन्तर चली रहेको छ । जन्म देखि मृत्यु सम्मको सम्पूर्ण रितिथितिमा तामाङंहरुले कोको म्हेन्दोलाई पवित्र फूलको रुपमा चलनचल्तीमा ल्याएको पाहिन्छ । तामाङ समाजमा कुनै कार्यक्रमको निमन्त्रणा पठाउदा कोको म्हेन्दो साथमा राखेर पठाउने चलन छ । जुन निमन्त्रणामा कोको म्हेन्दो राखेर पठाईएको हो उक्त निमन्त्रणा अश्विकार गर्नु हुदैन भन्ने प्रचलन पनि तामाङ समाजमा उल्लेख्य मात्रामा पाहिन्छ । कुनै कार्ज्य वा बिहेवारीमा समेत आशिर्वाद दिदा कोको म्हेन्दो सिरमा राखिदिने चलन तामाङ समाजमा प्रसस्त मात्रामा भेटिन्छ ।
तामाङ समुदाय भित्रकै केही बौद्धिक वर्गले तामाङहरुले बौद्ध धर्म मान्ने गरेको हुँदा श्रीजाले बुद्धलाई कोको म्हेन्दो चढाए पछि र काङ्ग्युरमा समेत कोको म्हेन्दो बारे उल्लेख गरिएको हुदा कोको म्हेन्दो तामाङ समाजमा प्रचलनमा आएको हो भन्ने गरेको पनि पाहिन्छ ।
केही बौद्ध मार्गी लामाहरुले कोको म्हेन्दो लाई उदुम्बरा नामको पवित्र कमलको फूल सधाबहार नफुल्ने भएकोले धार्मिक क्रियाकलापमा कोको म्हेन्दोलाई उदुम्बरा नामको पवित्र कमल फूलको विकल्पमा प्रयोगमा ल्याएको हो भन्ने गरेको पनि पाहिन्छ ।
केही भारतीय धार्मिक ब्यक्तिहरुको अनुसार देवलोकमा इन्द्र रिसाएर यो फूल लाई देवकोल बाट श्रापित गरेर पृथ्वीको भारतमा सबैभन्दा पहिला झारेको हो र यो फूल भारतमा मात्र पाहिन्छ भनिन्छ र त्यही हिन्दु धार्मिक आधारमा टेकेर अहिलेको आधुनिक समयमा कोको म्हेन्दो लाई indian trumpet flower भनेर पनि चिनिन्छ । तर अझै पेचिलो कुरा के हो भने भारतमा मात्र पाहिन्छ भनेको कोको म्हेन्दोको रुख चीन , नेपाल, भुटान , म्यान्मार, लावस , भेतनाम , थाईल्यान्ड , मलेसिया , सिङ्गापुर , ताईवान् , जापान र कोरियामा समेत फैलिएको छ ।
#अब लागौ अर्को पेचिलो कुरा तर्फ :
तामाङहरुले बौद्ध धर्मको विकास हुनुभन्दा पहिले बाट कोको म्हेन्दोको प्रयोग गर्दै आएको हो भन्ने कुरा तामाङ जातिहरुको ताम्बा र बोन्बोहरुले कोको म्हेन्दोको प्रयोग गरेको आधारमा भन्न सकिन्छ । तामाङहरुले कुलपुजा ( पित्र) गर्दा कोको म्हेन्दो नभै नहुने चिजहो । विभिन्न जानकारी अनुसार ५४६ bc मा बुद्ध जन्मेको हो भनिन्छ तर कोको म्हेन्दोको प्रयोग कहिले बाट गरिएको हो भन्ने खोजी गर्दा बुद्ध जन्मिनु भन्दा अगाडि ताका नै औषधी युक्त चिया बनाउन प्रयोगमा आएको पाहिएको छ ।
हाल सम्मकै खोजी इतिहासमा सबैभन्दा पुरानो मानिएको " चिया घोडा ब्यापार " ( Tea-Horse Trade) मा चियाको प्रयोग तत्कालीन उच्च घरानिया राजा सम्राटहरुले औषधीए प्रयोजनमा प्रयोग गरेको पाहिन्छ र उक्त चिया घोडाको कारोबार ताका उच्च औषधिए गुण भएको चियाको माग तिब्बत, नेपाल , भारत तर्फ पनि हुने गरेको पाहिन्छ ।
एउटा पुरानो खोजि अनुसार तामाङहरुले कोको म्हेन्दो लाई म्हेन्दो भने पनि असलमा त्यो फूल नभै फल ( बियाँ) हो भनिएको छ । हालको सिचुवान चीन हुँदै चिया घोडा ब्यापारको समय हिमाल , भिर पहरा, खोला, छागा र जङ्गल काटेर तिब्बती पठार सम्म ब्यापार गर्न धेरै लामोसमय लाग्ने गरेको थियो । त्यो चिसो हिमाली भेगमा चिसोले बिमारी प्रने र खोकी लाग्ने समस्या बाट जोगिनको निम्ति कोको म्हेन्दोको प्रयोग भएको पाहिन्छ भने मरुभूमिको रेतमा हुने विसालु बिच्छी र कालो माकुरोको विषलाई मत्थर गर्न समेत कोको म्हेन्दोको बियालाई लेप बनाएर लगाउने गरिएको पाहिएको छ । त्यही क्रममा कोको म्हेन्दोको बियाँ लाई चिया, रक्सी वा पानीमा डुबाई बाकी भागलाई माथी प्रने गरि मिसावट गर्ने गरेको पाहिएको छ । यसो गर्नुमा कोको म्हेन्दोको बियामा औषधिय गुण भएको ले नै हो भन्न सकिन्छ ।
यहि खोज अनुसन्धानले के पनि पाहिन्छ भने उक्त चिया घोडा ब्यापारमा आउजाउ गर्नेलाई बाटोमा औषधीको रूपमा प्रयोग गर्न परिवारले कोको म्हेन्दोलाई जतन साथ दिएर पठाउने गरिन्थ्यो र औषधीए गुण भएको हुनाले तिब्बती राजघरनामा कोसेली स्वरुप पठाइन्थ्यो भनिएको छ ।
#वर्तमानलाई प्रश्न :
के हामिले प्रयोगमा ल्याएको कोको म्हेन्दो म्हेन्दो नभएर कोको रोरो ( सिङतोक) वा कोको भ्लु त हैन ?
असलमा कोको भ्लु नै हो । आजा पनि कोको म्हेन्दोको जुन फूल्ने भाग हुन्छ त्यो फूलेर रातिनै झर्छ । यसरी झरेको फूलहरु भेलागरेर सिचुवान, भेतनाम र लावसमा विभिन्न परिकारमा मिसाएर पकाएर खाने चलन छ भने फल भित्रको बियाँ लाई चिनियाँ औषधी तथा भारतिय आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिदै आएको पाहिएको छ ।
कोको म्हेन्दोको पात जरा फलफूल बियाँ सबैको औषधीय गुण भएको ले खोकी, जन्डिस , अपच, पखाला तथा महिनावारी हुँदा हुने दुखाई, टन्सिल, सुगर , प्रेसर र ज्वरोमा समेत प्रयोग हुने गरेको पाहिएको छ ।
अब मुख्य कुरा तामाङहरुले सदियौ देखि प्रयोगमा ल्याएको पवित्र फूल वा पवित्र जडिबुटी धार्मिक कार्यमा कसरी प्रचलनमा आयो भन्ने हो।
म सग यो विषयमा खास ठोस प्रमाण हाल सम्म उपलब्ध भएको छैन तर अनुसन्धान र खोजिको क्रममा के भन्न सकिन्छ भने कोको म्हेन्दो नै सबैभन्दा पहिला पहिचान भएको जडिबुटी मध्य एक हो र यसको महत्त्व आदिम युगमा अत्यन्तै धेरै थियो भन्न सकिन्छ जसको कारण चिया घोडा ब्यापारको समयमा आफन्त देखि पाहुनालाई कोको म्हेन्दो अमुल्य जडिबुटीको रूपमा लिनु दिनु गर्नु नै मुख्य प्रयोग हो र त्यही समय पछि बाट तामाङहरूले पनि जन्म देखि मृत्यु सम्म यो जडिबुटीको प्रयोगलाई बिस्तार गर्न सुरु गरेको हो भन्न सकिन्छ । तामाङहरु पनि तिब्बती भोट बर्मेली मुलको मानिस भएको हुँदा आदिम काल खण्ड बाटै तामाङहरुले कोको म्हेन्दोको प्रयोग गर्दै आएको हो भन्नेमा कुनै दुईमत नहोला ।
अब तामाङले कोको म्हेन्दो भन्ने कि कोको रोरो भन्ने वा कोको भ्लु भन्ने ? यो ठुलो प्रश्न हो । २४० वर्षको निर्मम दमनबाट पिल्सिएको तामाङ समुदायमा भाषिक समस्या आजको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चुनौती हो । सस्कृत, खस ,नेवारी, किराँती तथा अन्य विदेशी भाषाहरुको दबदबा भित्र गिजोलिएको तामाङ भाषाको सरलीकरण र प्रमाणीकरण कसरी गर्न सकिन्छ यो तामाङ भाषाविज्ञान बारे जानकार राख्ने बौद्धिवर्गको लागि चुनौती र अवसर दुबै हो ।
आजको तामाङ समाजमा चेतनास्तर कसरी विकास गर्ने भन्ने अर्को चुनौती छ । पश्चिम र पुर्वमा बोलिने तामाङहरुले नै एक ले अर्को लाई ठेम्से भन्ने आरोपप्रत्यारोप छ । यस्तो कचिंगल भित्र २४० वर्ष भन्दा बढी निर्मम दमनमा परेको तामाङले आफ्नु भाषा कहाँ र कसरी सिक्ने भन्ने ठुलो चुनौती छ । तामाङ भाषा जान्ने तामाङले भाषा नजाने तामाङलाई आफ्नु भाषा सिकाउनु भन्दा तामाङको बच्चा भएर भाषा जान्दैन भने के तामाङ हो भन्नू भन्ने गरेको छ ।
तामाङ बौद्धिक हरुले बिदेशीहरुको अनुसन्धानलाई मात्र ध्यान दिन छोडेर आफैले पनि अग्रसर भएर आफ्नु भाषा र सस्कार भित्र के आयातित हो र के प्राचीन हो भनी छुट्याउन लागिप्रनु प्रछ ।
मेरो विचारमा तामाङ भाषामा फललाई फूल भनेर भनिनु पनि गलत हो, बियाँ लाई फल भन्नू पनि गलत नै हो । त्यसैले हामीले प्रयोगमा ल्याएको चिज कोको म्हेन्दो वा कोको रोरो हुन नसक्ला बरु कोको भ्लु हुन सक्छ । यस्ता धेरै शब्दको पहिचान गरेर सबै तामाङहरुको भाषालाई सरलीकरण, शुद्धिकरण र सुदृढीकरण गर्दै सम्पुर्ण तामाङ जातिलाई आफ्नु जातीय भाषाको विकास र प्रयोगमा ल्याउन तामाङ अग्रजहरुले पुल बन्नु प्रछ अन्यथा राज्यले २४० वर्ष निर्मम दमन गरेर पनि बाकिरहेको हाम्रो भाषा सस्कार र सस्कृतिको विचलन हुने निश्चित छ ।