Baidik Kendra

Baidik Kendra वैदिक कर्मकाण्ड तथा पूजा सेवा, धार्मि?

12/09/2022

सोह्र श्राद्ध बारे केही जानकारी।

हरेक वर्ष भाद्र  शुक्ल तृतीयाका दिनमा भगवान शिवको पूजा आराधना गरी व्रत बसेर नाचगान गरेरमनाइन्छ। आजका दिनमा निराहार र निर...
30/08/2022

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा भगवान शिवको पूजा आराधना गरी व्रत बसेर नाचगान गरेरमनाइन्छ। आजका दिनमा निराहार र निर्जला व्रत बस्ने चलन छ। पार्वतीले महादेव वर पाॅऊ भनी मनोकामना राखी तीजको व्रत बसेपछी यो चलन सुरु भएको मानिन्छ। आज बिभिन्न शिवालयमा भक्तजनहरूकोभीड लाग्ने गरेको छ।
सम्पूर्ण भक्तजनहरुमा हरितालिका तीजको शुभकामना।
#हिन्दु

हरेक वर्ष भाद्र  कृष्ण अष्टमीका दिनमा भगवान श्रीकृष्णको जन्मोत्सव मनाइन्छ। आजका दिनमा श्रीकृष्णको पिता वासुदेव र  माता द...
19/08/2022

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा भगवान श्रीकृष्णको जन्मोत्सव मनाइन्छ। आजका दिनमा श्रीकृष्णको पिता वासुदेव र माता देवकीको कोखबाट यस धर्तीमा प्रकट भएको मान्यता छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। ललितपुर अवस्थित श्रीकृष्ण मन्दिरमा आज विशेष मेला लाग्ने गरेको छ। देशका बिभिन्न स्थान बाट आएका भक्तजनहरूको भीड लाग्ने गरेको छ।

सम्पूर्ण भक्तजनहरुमा श्रीकृष्ण जन्माष्टमीको शुभकामना।

हरिशयनी एकादशीका दिन ब्रत बस्ने र तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ। नूर नामक राक्षसको आतंकबाट मुक्ति दिलाउ...
10/07/2022

हरिशयनी एकादशीका दिन ब्रत बस्ने र तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ। नूर नामक राक्षसको आतंकबाट मुक्ति दिलाउन विष्णुले संघर्ष गर्नुपरेको र थकान मेटाउन बद्री आश्रममा गएर शयन अर्थात सुतेको कथा प्रचलनमा रहेको छ।
हजुरको हरिशयनी एकादशी मंगलमय रहोस्।

महा शिवरात्रीको पावन अवसरमा सम्पुर्ण भक्तजनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
01/03/2022

महा शिवरात्रीको पावन अवसरमा सम्पुर्ण भक्तजनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

[स्वस्थानी_ब्रतकथा]पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आज देखी  सुरु हुँदैछ!एक...
17/01/2022

[स्वस्थानी_ब्रतकथा]
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आज देखी सुरु हुँदैछ!
एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधि छ ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

15/01/2022

माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रिडी धामबाट विशेष सन्देश।
उत्तरायणीपर्व मकरसंक्रांतिको हार्दिक शुभकामना।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा ...
15/11/2021

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ चलन रहेको छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ! तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गरेका छन् ।

04/11/2021

यस वर्षको भाई टीकाको साहित बिहान ११:०२ बजे रहेको छ। थप जनाकारी तल भिडीयो मार्फत।
शुभ दीपावली तथा तिहारको मङ्गलमय शुभकमना ब्यक्त गर्दछौं।
#तिहार

14/10/2021

विजयादशमी २०७८ को बिहान १०:०२ बजे शुभ साहित रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।
सम्पूर्णमा विजयादशमीको मंगलमय शुभकामना व्यक्त गर्दछौ।

08/10/2021

यस बर्षको सोह्र श्राद्ध समाप्तिसँगै आउनुहोस् देवघाट धामबाट विशेष सन्देश सुनौं।

24/09/2021

Address

Patan

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813830760

Alerts

Be the first to know and let us send you an email when Baidik Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share