पर्यटकिय नगर पाँचखाल

पर्यटकिय नगर पाँचखाल It's just a page to enrich the tourism business in Panchkhal municipality .

07/12/2025
26/08/2025
केही मत राजेन्द्र खरेलको नाममा, केही मत नेपाली काङ्ग्रेसको नाममा, केही मत शिक्षित युवा उमेदवारको नाममा, थोरै मत मासुभात,...
26/08/2025

केही मत राजेन्द्र खरेलको नाममा, केही मत नेपाली काङ्ग्रेसको नाममा, केही मत शिक्षित युवा उमेदवारको नाममा, थोरै मत मासुभात, पेट्रोल र पकेट खर्चको नाममा पाएर दुई-दुईपटक पाँचखाल नगरपालिका प्रमुख बनेका महेश खरेललाई मासुभात, पेट्रोल र पकेट खर्चको पेरिफेरिमा रुमलिने अधिकार पाँचखालले दिएको होइन ।

पाँचखाललाई महेश खरेलले के दिए भन्ने त वस्तुगत अवस्थाको अध्यनले नै प्रष्ट होला तर महेश खरेल भन्ने नाम स्थापित गराउँने काम पाँचखालले गरिदिएको हो; राजेन्द्र खरेललाई मत दिएका काङ्ग्रेसका सबै मतदातालाई पनि महेश खरेलको नाम थाहा थिएन ।

महेश खरेल हालसम्मलाई नगरपालिका प्रमुख हुन्; पाँचखालका अभिभावक हुन् । कसैको वहकावमा लागेर या स्वयम् विवेक गुमाएर आफ्नै नगरका नागरिकमा चरम दमन गर्ने अधिकार खरेलमा छैन र आएका हरेक समस्याको शान्तिपूर्ण निकास खोज्ने जिम्मेवारी पनि स्वयम् खरेलकै हो न कि जाहनिया रुप धारण गर्नु ।

जुन थालमा खायो त्यही थालमा आची गर्न खोज्नेहरूलाई जनता जनार्दन हुन् भन्ने चाहिँ हेक्का हुनुपर्छ ।
25/08/2025

जुन थालमा खायो त्यही थालमा आची गर्न खोज्नेहरूलाई जनता जनार्दन हुन् भन्ने चाहिँ हेक्का हुनुपर्छ ।

21/08/2025
कसैलाई नगन्ने घमण्डी व्यापारी हैन हैन घमण्डी मेयर
20/08/2025

कसैलाई नगन्ने घमण्डी व्यापारी हैन हैन घमण्डी मेयर

प्रथमतः पाँचखालको नागरिकता हुनेहरू सबैलाई पाँचखालको माया लाग्छ नै भन्ने हुँदैन । दुई कार्यकाल  पाँचखाल नगरपालिका प्रमुख ...
19/08/2025

प्रथमतः पाँचखालको नागरिकता हुनेहरू सबैलाई पाँचखालको माया लाग्छ नै भन्ने हुँदैन । दुई कार्यकाल पाँचखाल नगरपालिका प्रमुख बन्न सफल महेश खरेलको लागि पाँचखाल राजनीतिक खेलमैदान मात्र हो र आजका दिनसम्म उनले पटक-पटक आफूलाई कुशल खेलाडीको रूपमा परिचय गराइसकेका छन् ।

प्रखर वक्ता खरेल आन्तरिक पार्टी राजनीति देखि वाह्य पार्टी रणनीतिमा तुरुपको बादसाह हुन् ।
दोश्रो कार्यकाल (अन्तिम कार्यकाल) को उत्तरार्ध नजिकिदैगर्दा खरेल तुरुपको एक्का(जनता)सँग ठोकिन आइपुगेका छन् । उनलाई लाग्यो होला चुनावको समयमा पाँचखालका हरेक पार्टीका नेताकार्यकर्ताले मेरो दानापानी खाएका छन्; त्यसै कारण पनि उनीहरूले म बोल्दा चुप लाग्नुपर्छ । उनलाई लाग्यो होला उनीसँग तिघ्रे चाहिए तिघ्रेको बल छ, न्यायपालिका र कार्यपालिका आफ्नै पकडमा छ; पाँचखालका जनताहरू उनका रैती हुन् र आफू चाहिँ राजा । तर खरेलाई पाँचखालका जनताहरू नै त्यस ठाउँका मालिक हुन् भन्ने बोध रहेनछ भन्ने अहिलेका घटनाक्रमहरूले संकेत गर्दैछ ।

दुई कार्यकाल कमाएको इज्जतलाई पाँचखालमा बन्न लागेको अलकत्राको धुवाँमा विलीन नगराउँने हो भने खरेलले आफूलाई व्यापारी भएको बिर्सिएर जनप्रतिनिधि हुँ भन्ने स्मरण गर्दै जनताको अगाडि माफी माग्नुको विकल्प छैन ।

11/08/2025

Address

Kavrepalanchok
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when पर्यटकिय नगर पाँचखाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share