06/06/2021
मिति २०७८/०२/२० गते दुप्चेश्वर गाउँपालिकाको स्वास्थ्यकर्मी द्वारा Antigen परिक्षण गर्दा Antigen positive आएर कोभिड -१९ संक्रमण पुष्टि भैई,होम आईसोलेसनमा बसिरहनु भएका यस गाउँपालिका वडा न.२ निवासी श्री गोपिराम तामाङको श्रीमती रामकुमारी तामाङ बर्ष ३७ को मिति २०७८/०२/२२ गते करिब १२ बजे निधन भएको र नेपाल सरकार द्वारा नेपाल राजपत्रमा प्रकाशित आदेश तथा कोभिड-१९का कारण मृत्यु भएका ब्यक्तीहरुको सब ब्यबस्थापन सम्बन्धी संक्षिप्त्त कार्यबिधी २०७६ को अधिनमा रहि स्वास्थ्यकर्मी,प्रहरी,जनप्रतिनिधी र स्थानिय सरोकारवाला ब्यक्तीहरुको रोहवरमा जनस्वास्थ्य मापदण्ड बमोजिम सबै सुरक्षाको उपायहरु अपनाइ मृतकको परिवार तथा आफन्त द्वारा शवको ब्यबस्थापन तथा अन्त्यस्टी गरियो।। शोकाकुल परिवार प्रती दुप्चेश्वर महादेबले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् र सबै दुप्चेश्वर बासीहरु आफ्नो स्वास्थ्य सुरक्षा प्रती सजग र सचेत रहन र मनोबल उच्च राख्न अनुरोध गरिन्छ ।।।
-दुप्चेश्वर गाउँपालिका परिवार।