Islami Sangh Lumbini West

Islami Sangh Lumbini West Islami Sangh Nepal is a non government organization working in various fields of social welfare

ज्ञापनपत्र / प्रेस विज्ञप्तिबीरगञ्जमा भएको साम्प्रदायिक घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मुस्लिम समुदाय जातीय...
17/04/2025

ज्ञापनपत्र / प्रेस विज्ञप्ति
बीरगञ्जमा भएको साम्प्रदायिक घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मुस्लिम समुदाय जातीय र धार्मिक दुवै हिसाबले अल्पसङ्ख्यक समुदाय हो । नेपालमा मुस्लिम समुदायको गौरवमय इतिहास रहेको छ । देशप्रतिको हाम्रो प्रेम र श्रद्धा सयौं वर्षको स‌द्भावपूर्ण ऐतिहासिक सहकार्य र समाजमा हाम्रो अन्तरघुलनले प्रमाणित गर्दछ। तर, केही असामाजिक तत्वहरूबाट हाम्रो समुदायको सद्भाव, राष्ट्र प्रेम र शान्तिकामी छविलाई धमिल्याउने कुप्रयासहरू पटक पटक हुँदै आएको छ । वीरगञ्जको घटना यसैको एउटा श्रृङ्खला हो। गत वर्ष सर्लाही र नेपालगञ्जमा पनि मुस्लिम समुदायमाथि यस्तै आकमण भएको थियो ।
वीरगञ्जमा भएको घटना सङ्गठित अपराध हो । यस्तो वितण्डा आफ्नै आँखाअगाडि भइरहँदा पनि प्रहरी प्रशासन मूकदर्शक भएर बसी रह्यो । स्थिति गम्भीर भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेर स्थितिलाई नियन्त्रणमा लिन खोजेको हो तर स्थिति बिग्रने कुरामा प्रहरी प्रशासनको मौनताले ठूलो भूमिका निर्वाह गरेको छ । तोडफोड, कुटपीट, अश्लील शब्दावलीबाट गालीगलौज, धम्कीजस्ता अराजक गतिबिधि प्रहरी प्रशासनको सामुन्ने भइरहेको दर्जनौ भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । वीरगञ्ज मात्र होइन देशभर खास गरी तराई/मधेशमा बसोबास गर्ने मुस्लिम समुदाय त्रसित छ । यसले लोकतन्त्रको अवमूल्यन र मानवअधिकार तथा संविधानप्रदत्त मौलिक हकको हनन भएको छ । एउटा अल्पसङ्ख्यक समुदायमाथि यसरी पटक पटक आक्रमण हुनु घोर आपत्तिजनक छ ।
वीरगञ्जमा हनुमान जयन्तिलगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यसपटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतंक फैलाउन खोज्नु गम्भीर र षड्यन्त्रपूर्ण योजनाको द्योतक हो। रक्षात्मक रुपमा मुस्लिमहरूले ढुङ्गा फ्याँकेको प्रत्यक्षदर्शी बताउँछन् र उपलब्ध भिडियोहरूमा त्यही देखिएको छ । घटना हुनुभन्दा एक दिन अघिको एउटा ह्वाट्सएप ग्रुपको अडियो बाहिरिएको छ जसमा केही अतिवादीहरूले मियांहरूलाई कुटपीट गर्न सबैले झण्डा र तरबार समेतका हथियारहरू बोक्नु भन्ने सन्देश दिइएको छ । यसले पनि यो घटना संगठित र योजनाबद्ध ढङ्गले भएको हो भन्ने कुरा प्रष्ट छ ।

यदि यस किसिमका अपराध गर्नेहरूलाई पटक पटक छुट दिने हो भने देशमा अराजकता, हत्या, हिंसा र अशान्ति डढेलोझै फैलने छ भन्ने कुरा जो कोहीले पनि बुझ्‌न सक्दछ । यस किसिमका घटनाहरु पटक पटक दोहोरिरहेको र एउटा लक्षित समुदाय यसको शिकार भइरहेको एउटा कानूनी राज्यले कसरी मूकदर्शक भएर हेरिरहन सक्दछ? नेपाली सेना हुँदा हुँदै तथाकथित सम्राट् सेना र अन्य सेनाको नामले साम्प्रदायिक गतिविधि बढ्दै जानुले नेपालको सुरक्षा संयन्त्रलाई गिज्याउँदैन ? बेलैमा यस्ता गैरकानूनी गतिविधिलाई रोकिएन भने यसले देशमा अर्को शक्तिशाली समानान्तर सेना खडा हुन सक्ने प्रबल आशंका गर्न सकिन्छ ।
बीरगञ्ज घटनामा कलिला उमेरका युवाहरूको प्रयोग भएको छ । कता लगिदैछ देशका भविष्यका कर्णधारहरूलाई ? कस्तो प्रशिक्षण पाइरहेको छ यस पुस्ताले? के राज्यको लागि यो गम्भीर प्रश्न होइन ? देशमा शान्ति, सुव्यवस्था र सुशासनलाई चुनौती दिने खालका गतिविधिहरू गृह प्रशासनकै सामुन्ने हुनुलाई आम नेपाली जनताले के भन्ने ?
यस सङ्गठित आपराधिक गतिविधिमा संलग्न व्यक्ति जुनसुकै समुदायको भएता पनि, त्यस्ता व्यक्तिलाई तुरून्त कानूनी दायरामा ल्याई सख्त कारबाही गरियोस् । र, देशमा दीगो शान्तिको लागि काम गरियोस्, तत्कालिक घटनालाई मत्थर मात्र गर्दै कसैले गरेको अपराधलाई छुट दिने काम नरियोस् ।
यस प्रेस विज्ञप्तीमार्फत् हामी नागरिक सुरक्षाको प्रत्याभूति, लक्षित समुदायप्रतिको पटक पटकको आक्रमण र त्यस समुदायको छवि धमिल्याउने भास्य निर्माण गर्ने षड्यन्त्रतर्फ राज्यको ध्यानाकर्षण गराउँदै यस कुचेष्टाको समयमै उपचार गर्न जोडदार माग गर्दछौं ।

नजरुल हसन फलाही
अध्यक्ष, इस्लामी संघ नेपाल

📢 इस्लामी संघ नेपाल विशेष सूचना 📢"पवित्र कुरआन र यसको नेपाली अनुवाद" अब अडियो स्वरूपमा उपलब्ध छ! 🎧✨अब कुरआनको दिव्य सन्द...
31/01/2025

📢 इस्लामी संघ नेपाल विशेष सूचना 📢

"पवित्र कुरआन र यसको नेपाली अनुवाद" अब अडियो स्वरूपमा उपलब्ध छ! 🎧✨
अब कुरआनको दिव्य सन्देशलाई आफ्नो मातृभाषामा सुन्ने अवसर पाउनुहोस् र आफ्नो जीवनलाई अल्लाहको मार्गदर्शनद्वारा प्रकाशमान बनाउनुहोस्।

📖 विशेषताहरू:

सरल र प्रस्ट नेपाली अनुवाद

हरेक आयातलाई सहजै बुझ्न सकिने स्वरूप

सबै उमेरका व्यक्तिहरूका लागि उपयुक्त

🔗 कसरी सुन्ने?
1️⃣ तलको QR कोड स्क्यान गर्नुहोस्।
2️⃣ वा वेबसाइटमा जानुहोस्: https://audio.com/islami-sangh

🕌 यो अमूल्य अवसरलाई आफ्ना साथीभाइ, परिवार र इस्लामी समुदायसँग साझा गर्नुहोस्। आइँदाजिद्दगी अल्लाहको वचन सुन्ने र फैलाउने अभियानमा सहभागी बनौँ।


الحمد لله۔۔آج بتاریخ 20 جولائی 2024 بروز سنیچر کو  اسلامی سنگھ نیپال صوبہ لمبنی مغرب نے ایک تربیتی پروگرام منعقد کیا۔جس ...
20/07/2024

الحمد لله۔۔آج بتاریخ 20 جولائی 2024 بروز سنیچر کو اسلامی سنگھ نیپال صوبہ لمبنی مغرب نے ایک تربیتی پروگرام منعقد کیا۔جس میں ارکان، کارکنان،امیدوار رکن اور وابستگان لوگوں کی شرکت رہی۔

آہ نظام الدین خان صاحب بھی اللہ کو پیارے ہوگئے۔إنا لله وإنا إليه راجعون۔نظام الدین خان صاحب براٹ نگر جو تقریبآ دو ماہ سے...
07/07/2024

آہ نظام الدین خان صاحب بھی اللہ کو پیارے ہوگئے۔
إنا لله وإنا إليه راجعون۔
نظام الدین خان صاحب براٹ نگر جو تقریبآ دو ماہ سے بیمار تھے اور آخری دنوں میں ناروک اسپتال کاٹھمانڈو میں ایڈمٹ تھے وہ آج صبح ساڑھے سات بجے اسپتال میں ہی دم توڑ گئے ۔
آج نیپال گنج آئیڈیل پبلک سیکنڈری سکول میں تعزیتی نشست رکھی گئی، جس میں مرحوم کے لیے دعائے مغفرت کی گئی۔ الله تعالیٰ مرحوم کے جملہ صغائر و کبائر کو معاف فرما کر درجات بلند کرے۔ آمین۔

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियान बमोजिम नेप...
30/06/2024

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियान बमोजिम नेपालगञ्जमा आज संगोष्ठी कार्यक्रम आयोजना गरियो।कार्यक्रमको अध्यक्षता श्री ओवैदुर्रहमान खानले गर्नुभयो।प्रमुख अतिथिको रुपमा नेपालगञ्ज उपहानगरपालिका उपमेयर श्री कम्रुद्दिन राई ज्यू,विशिष्ट अतिथिको रूपमा बाँके जिल्ला सामुदायीक प्रहरीकी इन्स्पेक्टर शिवा थापा ज्यू,अतिथिको रुपमा लुम्बिनी प्रदेश पूर्व भेग अध्यक्ष श्री सेरज अहमद फलाही ज्यू,बाँके जिल्ला बाल अधिकारका प्रवक्ता सहिल अन्सारी ज्यू ,त्यसै गरी भूतपूर्व इन्स्पेक्टर इस्राएल अन्सारी ज्यू, इन्स्पेक्टर रफीक अन्सारी ज्यू, वडा अध्यक्ष,वडा सदस्य ज्यूहरुको उपस्थितिका साथ सुसम्पन्न भयो।

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियान बमोजिम नेप...
29/06/2024

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियान बमोजिम नेपालगञ्जमा आज लागुऔषध सेवन नगरौं,आफू बचौं,अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ जुलुस निकालेर कोर्स सभा मार्फत जनचेतना पुर्याएको छ।
Islami Sangh Nepal

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियानमा नेपालगञ्...
28/06/2024

इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसङ्गति गराउने लागु पदार्थ विरुद्धको अभियानमा नेपालगञ्जमा रहेको Ideal Public Secondary School_Nepalgunj मा विद्यार्थीहरु बीच मदिरा तथा लागुऔषधको विषय माथी वादविवाद प्रतियोगिता गराएर जनचेतना पुर्याएको छ।
साथै प्रथम,द्वितीय,तितीय आउने भाईबहिनिहरु को हौसला बढाउनका लागि नगद पुरस्कार पनि प्रदान गरिएको छ।
Islami Sangh Nepal

मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान बमोजिम इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले आज उल्मा र मस्जिदका इ...
27/06/2024

मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान बमोजिम इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेश पश्चिमले आज उल्मा र मस्जिदका इमामहरुको भेला गरी भोली शुक्रवार को दिन आफ्नो आफ्नो मस्जिदमा मदिरा तथा लागुऔषध विरुद्धको मुस्लीम समाजलाई सचेत गराउन आग्रह गरेको छ।

मिति २०८१-०१-१३ गते  इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमको सभा हालमा धार्मिक सदभाव तथा सहिष्णुताका लागि ईद मिलन का...
26/04/2024

मिति २०८१-०१-१३ गते इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमको सभा हालमा धार्मिक सदभाव तथा सहिष्णुताका लागि ईद मिलन कार्यक्रम आयोजना गरियो। जसमा प्रमुख अतिथिको रूपमा वडा. नं.११ का अध्यक्ष श्री नन्द किशोर कश्यप् ज्यू, विशिष्ट अतिथिको रूपमा बाँके जिल्लाको एमाले अध्यक्ष श्री किस्मत कुमार ज्यू त्यसै गरी एमाले का नगर कमिटी अध्यक्ष दत्ता प्रसाद आचार्य ज्यू, जसापाका नेता श्री अताहर हुसैन फारुकी ज्यू र स्वास्थ्य प्रमुख, वडा सदस्य ज्यूहरु लगायत साथै ६० जनाको उपस्थितिका साथ सुसम्पन्न भयो।

“व्रत बसेर परीक्षामा सहभागी हुँदा रमाइलो नै भइरहेको छ,” बशर सुनाउँछिन्। https://www.himalkhabar.com/news/140720?fbclid=I...
22/03/2024

“व्रत बसेर परीक्षामा सहभागी हुँदा रमाइलो नै भइरहेको छ,” बशर सुनाउँछिन्।
https://www.himalkhabar.com/news/140720?fbclid=IwAR3eOfq7q4Rkw_mfP--GKuqhGopM8Qyuo-9hvcwrSw5opPt478zTBfyED1E

काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।

بسم اللّٰہ الرحمٰن الرحیم۔خَيرُكُم من تعلَّمَ القرآنَ وعلَّمَهُ.  تم میں سے سب سے بہترین وہ شخص ہے جو قرآن سیکھے اور سکھ...
09/03/2024

بسم اللّٰہ الرحمٰن الرحیم۔

خَيرُكُم من تعلَّمَ القرآنَ وعلَّمَهُ.
تم میں سے سب سے بہترین وہ شخص ہے جو قرآن سیکھے اور سکھائے ۔

مدرسہ تعلیم القرآن نیپال گنج،بانکے نیپال میں دستاربندی کا انعقاد۔
بزرگان امت کے ہاتھوں دو سعادت مند حفاظ کے سروں پر دستارحفظ قرآن رکھی گئی۔
یقیناً اس روے زمین پر مدارس اسلامیہ کا وجود مسلمانوں کے لیے ایک عظیم نعمت ہے کیونکہ مدارس ہی وہ کارخانہ ہے جہاں سے اسلام کے داعی و رہبر تیار ہوتے ہیں۔جو لوگوں کو آللہ سے قریب اور شیطانوں سے دور رکھنے کا نمایاں کام کرتے ہیں۔
اس سال اس کارخانۓ علم و فضل سے اسلام کے داعی (حفاظ کرام)کی شکل میں تیار ہوۓ ہیں جو دنیا کے مسلمانوں کی رہبری کا کام بحسن وخوبی انجام دیں گے۔
الحمداللہ اس سال اس ادارے سے دو سعادت مند بچوں نے حفظ قرآن کی تکمیل کرکے والدین،اساتذہ اور ادارے کے ناموں کو بلند کیا ہے۔
اس لیے خاص کر استاد،والدین اور مدرسہ تعلیم القرآن کے ذمہ داران مبارک باد کے مستحق ہیں۔
آللہ تعالیٰ ان حضرات کی محنتوں کو شرفِ قبولیت عطا فرمائے۔
آمین

आज मिति 2080/08/30 गते इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेशले समाज निर्माणमा इमामे मस्जीदको भूमिका भन्ने एक दिने कार्यशाला ...
16/12/2023

आज मिति 2080/08/30 गते इस्लामी संघ नेपाल,लुम्बिनी प्रदेशले समाज निर्माणमा इमामे मस्जीदको भूमिका भन्ने एक दिने कार्यशाला सम्पन्न भएकाे छ। यस् कार्यक्रममा मस्जीद का इमामहरु, मदरसाका प्रधानअध्यापक उपस्थिती हुनुका साथै विभिन्न विषयमा छलफल भयो।

Address

Nepalgunj Sub-Metropolitan City-11, ICC Complex
Nepalganj

Alerts

Be the first to know and let us send you an email when Islami Sangh Lumbini West posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share