Nepalgunj FGT Church

Nepalgunj FGT Church Nepalgunj church members and anyone can be facilitated by this page.

हामी २ किसिमको जग बनाइरहेका छौँ एक किसिमको जग जहाँ अपवित्रता, ईर्ष्या , क्रोध, स्वार्थीपन, गुटबन्दी, डाह, अश्लील मोजमज्ज...
22/08/2026

हामी २ किसिमको जग बनाइरहेका छौँ एक किसिमको जग जहाँ अपवित्रता, ईर्ष्या , क्रोध, स्वार्थीपन, गुटबन्दी, डाह, अश्लील मोजमज्जा इत्यादि हुन भने अर्को प्रकारको जग जहाँ शान्ति, प्रेम, आनन्द, धैर्य, दया, भलाई, बिश्वस्तता नम्रता, संयम छन् । हाम्रो जग निर्माणमा हामीले येशूलाई प्राथमिकतामा राखौँ र उहाँले हाम्रो घर बलियो बनाउनुहुन्छ ।

परमेश्वरले हामीलाई दिनुभएको थोकहरुमा हामी घमण्ड नगरौँ किनकि यो जिवन छोटो छ र यो बाफ जस्तो छ त्यसैले हामीले पाएका थोकहरुबाट परमेश्वरलाई नै महिमा दिऊँ ।

आज परमेश्वरको दासद्धारा "हामी कस्तो जिवन जिइरहेकाछौँ" शिर्षकमा बचन सुन्दै आशिषमय सेवा संगती भयो । परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् ।🙏🙏 🙏

21/08/2026

Welcome to Nepalgunj FGT Church's Saturday service 9:45-12:00

जब हामी परमेश्वरको बचनमा बिश्वाससाथ निरन्तर प्रार्थना गर्दछौँ, तब परिणाम नदेखिएतापनि हार नमानौँ परमेश्वरले हाम्रो जिवनमा...
15/08/2026

जब हामी परमेश्वरको बचनमा बिश्वाससाथ निरन्तर प्रार्थना गर्दछौँ, तब परिणाम नदेखिएतापनि हार नमानौँ परमेश्वरले हाम्रो जिवनमा काम गरिरहनुभएको हुन्छ ।

परमेश्वरले आफ्नो समयमा कार्य गर्नुहुन्छ त्यसैले यी निम्न कुराहरुमा हाम्रो बिश्वासमा निरन्तर्ता आवश्यक छ ।

१. हाम्रो बर्तमान अवस्था अन्तिम होइन् ।
२. यदि परिणाम देख्न चाहन्छौँ भने परमेश्वरमा बिश्वास सहित कदम चाल्न जरुरी छ ।
३. हामीले प्राप्त गरेका भौतिक थोकहरुले परमेश्वरले दिनुभएको मार्ग दर्शनलाई ओझेलमा पर्न नदिऊँ ।
४. ढिला हुनु भनेको अस्वृकार हुनु होइन् ।
५. आजको हाम्रो आज्ञाकारिताले भोलीको गवाहि बन्छ ।
आज परमेश्वरको दासद्धारा "परिणामलाई तपाईले देख्न नसक्दा पनि परमेश्वरले काम गरिरहनु हुन्छ" शिर्षकमा बचन सुन्दै आशिषमय सेवा संगती भयो । 🙏🙏🙏

14/08/2026

Welcome to Nepalgunj FGT Church's Saturday Service. 9:45-12:00

आज हामी धेरैपटक मानिसले स्वीकृती दिएको सफलतालाई प्राथमिकतामा राख्छौँ तर परमेश्वरले त्यो सफलतालाई स्वीकृती दिनु भएको छ कि...
08/08/2026

आज हामी धेरैपटक मानिसले स्वीकृती दिएको सफलतालाई प्राथमिकतामा राख्छौँ तर परमेश्वरले त्यो सफलतालाई स्वीकृती दिनु भएको छ कि छैन भनि जाँच गर्दैनौँ ।

२ इतिहास १६ मा राजा आसाले परमेश्वरबाटको भरोसालाई त्यागी रणनीती अनुरुप छिमेकि राजाहरुमा भरोसा गरे र युद्ध पनि जिते तर परमेश्वरले त्यो सफलतालाई स्वृकिती दिनुभएन ।

आज हामी पनि मानिसहरुले दिने स्वृकिती, मानिसहरुले देख्ने सफलतालाई प्रार्थमिकता दिँदछौँ तर हामीले पाएको सफलता परमेश्वरबाट स्वीकृती भएको छ कि छैन भनि जाँच गर्न जरुरी छ ।

आज परमेश्वरको दासद्धारा "परमेश्वरबाटको स्वीकृती हाम्रो प्राथमिकता" शिर्षकमा बचन सुन्दै आशिषमय सेवा संगती भयो । परमेश्वरले हामी सबैलाई आशिष दिनु भएको होस् ।🙏🙏🙏

Address

Bikashnagar
Nepalganj
21900

Telephone

+9779848501300

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj FGT Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepalgunj FGT Church:

Shortcuts

Share

Category