22/05/2024
आत्मिक पिताले देखाउनुभएको मार्गहरु…
थिओसिस भनेको के हो ?
मेट्रोपोलिटनका अंशबाट, “१९७३ ए.डी. को डिसेम्बर महिनामा मैले पहिलो पल्ट जर्मनीको यात्रा गर्दा हिउँ देँखें। चारैतिर थुप्रिएको हिउँको रास देखेर एकजना सानो बालकझैं म छक्क परें। त्यसअघि मैले फोटोहरुमा मात्र हिउँ देखेको थिएँ । तर त्यो दृश्य पूर्ण रूपले अलग थियो । त्यस बेला म हिउँमा हिड्दै र खेल्दै थिएँ । मेरो चारैतिर हिउँ थियो र त्यसद्धारा मलाई घेरिएको थियो, तापनि म आफैंचाहिं हिउँ बनेको थिइनँ” ।
“त्यसरी नै,ईश्वरीय स्वभावमा सहभागी हुँदा हामीभित्र काम गर्ने परमेश्वरको स्वभावद्धारा हामीलाई ईश्वरीय (परमेश्वरजस्तै) बन्ने विशेषाधिकार दिइन्छ । हिउँसित मेरो अनुभवझैं, म आफैं हिउँ नभएतापनि मेरो वरीपरी भएको त्यसको निकट उपस्थितिले मेरो सम्पूर्ण अस्तित्व प्राकृतिले प्रभाव पार्न सुरु गर्यो । म जान्दछु, हिउँले ढाकिएको प्रकृतिको दृश्यसँग मेरो अनुभव सर्वशक्तिमान् र अदृश्य परमेश्वरको मानवजातिसँगको असिमित सहभागितालाई वर्णन गर्न पर्याप्त हुदैन”।
“ईस्वरीय स्वभाव वा ईश्वरत्वमा सहभागिता एउटा रहस्य कुरा हो । यो सत्यतालाई हाम्रो सीमित समझले बुझ्न सक्दैन ।“ मानिसले देख्नेहुनाले उहाँ मानिस बन्नुपरेको थियो”।
“तब अर्को कुर,परमेश्वरलाई सिकाउन सकिदैन वा कुनै सिक्नुपर्दैन। तर ख्रिष्टलाई शिक्षा दिइयो र उहाँले सिक्नुपरेको थियो । “उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्धारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो ।“
एक मानिसको रुपमा येसुले पृथ्वीमा जिउनुहुँदा, आफ्नै दोस्रो आगमनको बारेमा उहाँलाई थाहा थिएन ।“तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, नत स्वर्गमा हुने स्वर्गदूतहरुले न पुत्रले।
तलका उदाहरण हेरौ
तब दियाबलसद्धारा परीक्षा गरिनलाई पवित्र आत्माद्धारा येसु उजाड-स्थानमा लगिनुभयो ।
उहाँले चेलाहरु चुनुअघि रातभर पितासँग प्रार्थानामा बिताउनुभयो । (यूहन्ना १७)
ख्रिष्टका धेरैवटा भनाइमा, उहाँले आफ्नै इच्छा र चाहानाले कुनै पनि कुरा गर्नुभएन भनी भन्नुभयो-“म आफै केहि गर्न सक्दिनँ ।जस्तो म सुन्छु, त्यस्तै न्याय ठिक ठहर्छ,किनकि म आफ्नो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु”।
जब चेलाहरुले तिनीहरुलाई ‘पिता’ देखाउनुहोस् भनी येसुले यसो भनेर तिनिहरुलाई जवाफ दिनुभयो “तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।”
यि सबै वचनमा, येसुले आफ्ना सबै ईश्वरीय अधिकारबाट आफूलाई रित्त्याउनुभएको, र आफ्नो पिताको आज्ञा र निर्देशनलाई पूर्ण रूपमा पालना गर्नुभएको हामी देख्छौं । अदृश्य परमेश्वर पिताले आफ्नो पुत्रद्धारा देखिने गरी काम गर्दै हुनुहुन।थ्यो, जो एक जना मानिस हुनुहुन्थो । र त्यो नै ईश्वरत्व अर्थात थिओसिस हो ।
लेखक ; डा. के.पी. योहान्न
स्रोतः थिओसिस
विश्वास र परम्परा शृंखला
साभारकर्ता ; डि.फा. विजय कुमार दहाल
we will Miss You Spiritual Father.
May His Memory Be Eternal.