07/11/2025
🌺 श्री लक्ष्मी नृसिंह भगवान् प्रति समर्पित — अखण्ड भक्ति महायज्ञको भव्य समापन 🌺
✨ सात दिनसम्म निरन्तर श्री लक्ष्मी नरसिंह दिव्य धाममा गुन्जिएको श्रीनारायण महायज्ञ तथा अखण्ड नारायण नाम संकीर्तन आज सफलतापूर्वक सम्पन्न भयो।
🙏 यस पुण्य आयोजनाका मुख्य प्रेरणा र आयोजनाकर्ता,
भक्तिभाव, समर्पण र सेवा भावका प्रतीक 🌼 श्री लक्ष्मी नृसिंह भगवान्का परम भक्त आदरणीय श्री सुन्दर लाल खड्गीज्यू 🌼
तथा सम्पूर्ण खड्गी परिवारप्रति श्री लक्ष्मी नृसिंह भगवान्को अनन्त कृपा र मंगलाशासन।
हजुरको अखण्ड श्रद्धा र अटूट भक्ति भावनाले हजारौं हृदयमा नृसिंह भक्तिको ज्योति प्रज्वलित गरेको छ। हजुरको प्रेरणाले सम्पूर्ण भक्तजनमा प्रेम, भक्ति र शान्तिको लहर फैलिएको छ। 🌿
साथै, सातै दिन रातदिन संकीर्तनमा सहभागी हुनुभएका
सर्व भक्तजन, सेवकवृन्द र भागवतजनहरूलाई पनि
हृदयदेखि आभार र साधुवाद। 🌸
💫 श्री लक्ष्मी नृसिंह भगवान् सबैमा कृपा, भक्ति र आनन्द प्रदान गर्नुहोस्। 💫
श्रीमते रामानुजाय नमः।
जय श्री लक्ष्मी नृसिंह भगवान्।
जय श्रीमन्नारायण। 🙏