Kot Bhagwati Mandir ; Kotphera Wangla

Call Directions Website

Kot Bhagwati Mandir  ; Kotphera Wangla bhagwati mandir

हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस, देवशयनी एकादशी पनि भनिन्छ । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख...
25/07/2026

हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस, देवशयनी एकादशी पनि भनिन्छ । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ ।

तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा आराधना गरे पनि तुलसी एक बहु उपयोगी बिरुवा मानिन्छ । धार्मिक तथा आयुर्वेदको दृष्टिकोणले पनि अति नै महत्त्वपूर्ण मानिन्छ ।

तुलसीको मुख्य दुई प्रजाति रहेको हुन्छ – कालो तुलसी र सेतो तुलसी । कालो तुलसी गाढा हरियो र कालो रङ्गको हुन्छ भने सेतो तुलसी सेतो, हल्का हरियो रङ्गको हुन्छ । यी दुवै प्रकारका तुलसीमा औषधीय गुण भरिपूर्ण रहेको हुन्छ ।

यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।

कोट भगवती मन्दिरको सरया नाचसरया नाच नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा प्रचलित एक विशेष नृत्य हो। कोट भगवत...
04/10/2025

कोट भगवती मन्दिरको सरया नाच

सरया नाच नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा प्रचलित एक विशेष नृत्य हो। कोट भगवती मन्दिरमा आयोजना गरिने सरया नाचलाई विशेष गरी शक्ति स्वरूप भगवतीको आराधना स्वरूप मानिन्छ। यो नाच दशैं लगायतका चाडपर्व तथा मेला–पर्वमा देखाइन्छ। ढोल, झ्याली, मादल जस्ता वाद्ययन्त्रहरूको तालमा पुरुषहरूले परम्परागत भेषभूषा लगाई नृत्य प्रस्तुत गर्ने चलन छ। यस नाचलाई देवीको प्रसन्नता प्राप्त गर्ने र गाउँ–समाजमा शान्ति, समृद्धि र ऐक्यबद्धता कायम गर्ने प्रतीकका रूपमा लिइन्छ।

07/04/2025
कोट भागवती माई ले सबै को रक्षा गरुन । चैते दशै को शुभकामन
02/04/2025

कोट भागवती माई ले सबै को रक्षा गरुन । चैते दशै को शुभकामन

16/10/2024

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Kot Bhagwati Mandir ; Kotphera Wangla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share