17/04/2026
First Aid Training Conducted Successfully
KVBC , in cooperation with Rescue Network Nepal, successfully conducted a First Aid Training on 15th April 2026 (2nd Baishak 2083) with the active participation of 22 participants. The training was highly practical, informative, and beneficial for everyone involved.
We sincerely thank PR Sharma Sir for his valuable coordination, support, and help in making this program successful.
This training reminded us that first aid knowledge is very important because it helps us respond wisely and quickly during emergencies, save lives, reduce injuries, and care for others in times of need. Just as physical first aid is essential for the body, spiritual health is also essential for the soul. A healthy spirit gives wisdom, peace, compassion, and strength to serve others in difficult times.
May we continue to grow not only in practical skills but also in spiritual health, so that we can become a blessing to our community and those around us.
प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न
KVBC ले Rescue Network Nepal सँग सहकार्यमा १५ अप्रिल २०२६ (२ बैशाख २०८३) मा प्राथमिक उपचार तालिम सफलतापूर्वक सञ्चालन गर्यो, जसमा २२ जना सहभागीहरू सहभागी हुनु भयो। यो तालिम अत्यन्त उपयोगी, व्यावहारिक तथा ज्ञानवर्धक रह्यो।
यस कार्यक्रमलाई सफल बनाउन अमूल्य समन्वय, सहयोग तथा सहायताको लागि PR Sharma सर प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस तालिमले हामीलाई सिकायो कि प्राथमिक उपचारको ज्ञान अत्यन्त महत्वपूर्ण छ, किनकि यसले आपतकालीन अवस्थामा तुरुन्त र सही प्रतिक्रिया दिन, जीवन बचाउन, चोटपटक कम गर्न, तथा अरूको सेवा गर्न मद्दत गर्दछ। जसरी शारीरिक स्वास्थ्यको लागि प्राथमिक उपचार आवश्यक छ, त्यसरी नै आत्मिक स्वास्थ्य पनि जीवनका लागि अत्यन्त आवश्यक छ। स्वस्थ आत्माले बुद्धि, शान्ति, दया र कठिन समयमा अरूको सेवा गर्ने शक्ति दिन्छ।
हामी व्यवहारिक सीपमा मात्र होइन, आत्मिक स्वास्थ्यमा पनि वृद्धि गर्दै समाज र वरपरका मानिसहरूका लागि आशिष् बन्न सकौं।