19/01/2026
हाम्रो मण्डलीका आदरणीय पास्टर टिका राम राया ज्युको २५ वर्षको विश्वासयोग्य सेवाकाई को यो उत्सव मनाउन पाउँदा हामी मण्डली परिवार निकै खुसी छौं।
यो २५ वर्ष प्रभुको अचम्मको अनुग्रहको प्रमाण हो।
हामीलाई सधैं ख्रीष्टतिर औंल्याउने यस्तो गोठालो पाउनु हाम्रो लागि ठूलो आशिष् हो।एउटा साँचो गोठालो र मार्गदर्शकको रूपमा हामीलाई सधैं प्रभुको वचनमा डोर्याउनु भएकोमा हृदयदेखि नै धन्यवाद।
यो सुन्दर उत्सवको केही झलकहरू। सारा महिमा परमेश्वरलाई!