26/08/2026
प्रिय मण्डली परिवार र मित्रहरु,
आज हाम्रो हृ्दयहरु गहिरो शोकमा छन। आज बिहान तिब्बत-चीन-रसुवागढि-भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र र धादिङमा आएको विनाशकारी बाढीले हामीलाई स्तब्ध र दुःखी तुल्याएको छ। भत्किएका पुल, बगेका घर र मानिसहरूले ज्यान गुमाएको खबर सुन्दा हामीले महसुस गरेको पीडा शब्दमा वर्णन गर्न गाह्रो छ।यस्तो अचानक आइपर्ने विपत्तिको घडीमा शोक गर्नु स्वाभाविक र यथार्थ हो। यस्तो भयानक विपत्तिको सामुन्ने हामीसँग सबै प्रश्नहरूको उत्तर हुँदैन, र यतिबेला रुनु नै सबैभन्दा यथार्थ र इमानदार प्रतिक्रिया हो। धर्मशास्त्रले हामीलाई 'विलाप' को भाषा दिदँछ—रुनेहरूसँग रुन, दुःखीहरूसँगै धुलोमा बस्न, र यो भाँचिएको संसारमा जीवनको गहिरो नाजुकतालाई स्वीकार गर्न सिकाउँछ।
हाम्रो परमेश्वर हाम्रो पीडामा हामीबाट टाढा हुनुहुन्न, उहाँ टुटेको हृदय भएकाहरूको नजिक हुनुहुन्छ (भजनसंग्रह ३४:१८)।
यस घडीमा हामी कसरी एकसाथ उभिन सक्छौं? आउनुहोस्, हामी सबै मिलेर प्रार्थना गरौं:
-बेपत्ता र घाइतेहरूका लागि: अझै बेपत्ता भएका हरूका लागि, र घाइतेहरूको सुरक्षा र स्वास्थ्यलाभको लागि
-शोकाकुल परिवारहरूका लागि: आफ्ना प्रियजनहरू गुमाएका र खबरको पर्खाइमा तड्पिरहेका परिवारलाई परमेश्वरले शान्ति र सान्त्वना दिनुभएको होस भनी परमेश्वरसँग प्रार्थना गरौँ
-उद्धार टोलीका लागि: ज्यान जोखिममा राखेर उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र विपद् व्यवस्थापन टोलीको सुरक्षा र बुद्धिको लागि।
-जोखिममा रहेका बस्तीका लागि: नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत नदी किनारका सम्पूर्ण बस्तीहरूको सुरक्षाको लागि।
यस्तो विपत्ति र दुःखको बेला हाम्रो बलियो सहारा ख्रीष्टमा भरोसा राखौं। आउनुहोस्, आज उहाँकै हात र पाउ बनेर हाम्रो देश र समाजको सेवा गरौं।
— जेनेरोसिटी चर्च नेपाल