Bauddha Shanti Vihar

Call Directions Contact the place of worship

Bauddha Shanti Vihar Buddhist Monastery/Temple, Spiritual Activities, Ethical & Moral Intuition, Mental Development.

२०८३ असोज १० र १३ गते विविध पुण्यकार्य। शिलाचरण, धम्मश्रवण, बुद्ध वन्दना, भिक्षु, श्रामणेर, आजुअजी, उपासक-उपासिकाहरूलाई ...
04/10/2026

२०८३ असोज १० र १३ गते विविध पुण्यकार्य। शिलाचरण, धम्मश्रवण, बुद्ध वन्दना, भिक्षु, श्रामणेर, आजुअजी, उपासक-उपासिकाहरूलाई जलपान र भोजन दान सह विभिन्न वस्त्रादि परिष्कार दान। पुण्यानुमोदना।
दातृ: रघुनाथ महर्जन, सारनाथ महर्जन, कृष्णदेवी महर्जन, जमुना महर्जन।

आज असोज १६ गते, बालकुमारी निवासी राजभाई महर्जनको जन्मदिनको उपलक्षमा भोजन दान र नयाँ धम्महलमा पार्केटिङको काथ बिछ्यउनका ल...
02/10/2026

आज असोज १६ गते, बालकुमारी निवासी राजभाई महर्जनको जन्मदिनको उपलक्षमा भोजन दान र नयाँ धम्महलमा पार्केटिङको काथ बिछ्यउनका लागि नगद रू १०००००/- सहयोग गर्नुभयेकोमा बौद्ध शान्ति विहार परिवार तर्फबाट निरोगी र सुस्वास्थ्य मंगल कामना गर्दछौँ।

आज २०८३ असोज १ गतेदेखि बौद्ध शान्ति विहारमा नेवा प्रचलित लिपि प्रशिक्षण।इच्छुकहरुले पर्सि ३ गतेसम्म फारम भरी सिक्न आउन आ...
17/09/2026

आज २०८३ असोज १ गतेदेखि बौद्ध शान्ति विहारमा नेवा प्रचलित लिपि प्रशिक्षण।
इच्छुकहरुले पर्सि ३ गतेसम्म फारम भरी सिक्न आउन आव्हान ।

२०८३/भाद्र/३१ दाच्चि इट्टाको काम अगाडि बढ्दै।हाल सम्म सहयोग गर्नु भयेका सबै दाता गणहरू निरोगी, यश र सुखको कामना।नव इच्छु...
16/09/2026

२०८३/भाद्र/३१ दाच्चि इट्टाको काम अगाडि बढ्दै।
हाल सम्म सहयोग गर्नु भयेका सबै दाता गणहरू निरोगी, यश र सुखको कामना।
नव इच्छुक सहयोगि दाताहरूमा मैत्रि आवहान।।
सम्पर्क भिक्षु सोरत
बौद्ध शान्ति विहार, बुलु, बज्रबाराही, गो. न. पा. ११
९८०३०५३५५१

बौद्ध शान्ति विहार, शान्ति पुच: बाट शान्ति र सुस्वास्थ्य कामनामा सानो योगदान।
06/09/2026

बौद्ध शान्ति विहार, शान्ति पुच: बाट शान्ति र सुस्वास्थ्य कामनामा सानो योगदान।

नेपा स: का प्रमुख कार्यकारी अधिकृत, महेश शाक्य र उहाँको श्रीमती नूर शाक्य द्वारा विहारमा निर्माणाधिन धम्महलको प्रयोजनको ...
04/09/2026

नेपा स: का प्रमुख कार्यकारी अधिकृत, महेश शाक्य र उहाँको श्रीमती नूर शाक्य द्वारा विहारमा निर्माणाधिन धम्महलको प्रयोजनको निम्ति २ वटा सिलिङ स्पिकर दान गर्नुभयेकोमा, विहार परिवार तर्फबाट निरोगी र सुस्वास्थ्य मंगल कामना गर्दछौँ।

आज भाद्र १७ गतेदेखी विहारको मुख भागमा दाच्चि इट्टाको काम सुरु।सहयोगि सबै दाताहरुलाइ मंगल मैत्रि कामना।
02/09/2026

आज भाद्र १७ गतेदेखी विहारको मुख भागमा दाच्चि इट्टाको काम सुरु।
सहयोगि सबै दाताहरुलाइ मंगल मैत्रि कामना।

26/08/2026

विपद्को यस कठिन घडीमा बाढी र पहिरोका कारण अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दिवङ्गत नागरिकमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् र घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
संकटको यस दुःखद समयमा मानव भएर एक-अर्कालाई करुणा र सहयोग बाँड्नु हाम्रो मुख्य कर्तव्य हो। तर यसै समयमा केही अमानवीय प्रवृत्तिहरू पनि देखिनु दुःखद छ। त्यसैले हामी सबैले निम्न कुराहरूमा विशेष सजगता अपनाउन आवश्यक छ:

१. सचेतना र विवेकको प्रयोग गरौँ
* नक्कली QR र राहत कोषबाट सावधान रहौँ: सहयोग पठाउनु अघि खाता वा संस्था आधिकारिक हो/होइन यकिन गरौँ। स्थानीय तह वा प्रमाणित विश्वस्त संस्थासँग मात्र समन्वय गरौँ।
* भ्रामक समाचार र कृत्रिम (AI) दृश्य नफैलाऔँ: सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा देखिने डरलाग्दा भिडियो वा अफवाह सेयर गरेर कसैको मनमा थप त्रास नजगाऔँ।
* दोषारोपण र राजनीति नगरौँ: यो आरोप-प्रत्यारोप गर्ने समय होइन; एक-अर्काको हात समातेर विपद्को सामना गर्ने समय हो।

२. नागरिक स्तरमा तत्काल गर्न सकिने प्राथमिक उपचार र सुरक्षाका उपायहरू
* सुरक्षित पिउने पानी: बाढीपछि पानीजन्य रोग (झाडापखाला, हैजा आदि) को जोखिम उच्च हुन्छ। पानी राम्ररी उमालेर वा पियुष/वाटर प्युरिफायर प्रयोग गरेर मात्र पिऔँ।
* घाउचोटको तत्काल हेरचाह: दूषित पानीले घाउमा संक्रमण (Infection) गराउन सक्छ। घाउलाई सफा पानी र एन्टिसेप्टिकले धोएर सफा कपडा वा ब्यान्डेजले ढाक्नुहोस्।
* विद्युतीय जोखिमबाट बचौँ: पानी जमेको ठाउँमा ढलेका बिजुलीका पोल, ट्रान्सफर्मर वा तारहरू नछोऔँ र सुरक्षित दूरी कायम राखौँ।
* मानसिक ढाडस र सहयोग: विपद्मा परेकाहरूलाई डर र त्रासबाट बाहिर निकाल्न मीठो बोली, सहानुभूति र मानसिक हौसला प्रदान गरौँ।

> "करुणा नै धर्मको मूल हो। संकटको बेला देखाएको सानो सहयोग र सद्भावले कसैको जीवन बचाउन सक्छ।"
> सबै प्राणीहरूको कल्याण होस्, सबै दुःखबाट मुक्त होऊन्।
भवतु सब्ब मङ्गलम् 🙏

26/08/2026

Address

Bulu Ground, Godawari 11
Lalitpur
J82G+R8VCHAPAGAUN

Telephone

+9779843359571

Website

Alerts

Be the first to know and let us send you an email when Bauddha Shanti Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bauddha Shanti Vihar:

Shortcuts

Share