23/05/2023
प्रभुमा, आदरणीय सम्पुर्ण पास्टर बुवाहरुमा ख्रीष्टिय अभिवादन जयमसिह । 🙏
विषय :- नमुना जवान सँगतिमा जवानहरुलाई सहभागी गराईदिने बारे ।
अहिलेको परिस्थितिमा, जताततै विभिन्न खालका एवं अनेकौं प्रकारका भ्रमपुर्ण झुटा-शिक्षाहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रा स्थानीय चर्चहरु लगायत आम-विश्वासीहरु, खासगरी, जवानहरुलाई बडो गम्भीर ढंगले प्रभाव पारिरहेको अवस्थामा, यस पटक नमुना जवान सँगतीमा त्यस्ता झुटा एवं अबाइबलीय गलत शिक्षाहरुबाट कसरी बच्ने र सुरक्षित रहने भन्ने विषयको सेरोफेरोमा रहेर वचन-शिक्षासहित आशिषमय सँगति हुनेभएको हुँदा, यहाँहरुको चर्चबाट जवान भाईबहिनीहरुलाई सहभागी गराइदिनुहुन प्रार्थनासहित बिनम्र अनरोध गर्दछौं ।
-धन्यवाद ।
*स्थान : ख्रिस्टिय मन्डली ,नख्खु (पा.काम पाइते गुरुबकोमा)
*मिती :२०८०,जेठ २० गते शनिवार
*वक्ता : पा.सरोज कुमार मगराती(न.ख्री.स.सचिव )
*समय: २ बजे देखी
सम्पर्कको लागि:९८४३१०८१८२