23/05/2023
एक ऐतिहासिक क्षण
अस्ट्रेलिया बाट १३ औं शताब्दिको टुंडाल नेपाललाइ हस्तान्तरण गरिय्गरिएको छ |
सो टुंडाल अस्ट्रेलियाका परराष्ट्र मामिला सहायक मन्त्री Timothy Watts ले २०८० साल ज्येष्ठ २ गतेका दिन रत्नेश्वर महादेव मन्दिरका पुजारी एवं पाटनका राजोपाध्याय ब्राह्मण हरुका स्वनिम्ह कुल का दीक्षित् थकाली श्री हेरम्बराज राजोपाध्यायलाइ हस्तान्तरण गरेका हुन् |
सोहि टुंडाल करिब ३० वर्ष अघि पाटनको स्वनिम्ह टोल (पिम्बहाल र पाटनढोका को बिचमा रहेको) स्थित रत्नेश्वर महादेव मन्दिर बाट चोरी भएको थियो | पछि यस टुंडाल अस्ट्रेलिया को South Wales स्थित Art Gallery मा फेला परेको थियो |
यस हस्तान्तरण कार्यक्रम पाटनको मंगलबजार स्थित पाटन संग्रहालयमा निम्न
महानुभावहरुको उपस्थिति रहेको थियो:
Mr.तिमोथी वाटस् (Assistant Minister for foreign affairs, Australia),
फेलिसिटि भोल्क (नेपालका लागि अष्ट्रेलियाका राजदूत )
डा.मिसकल ब्राण्ड(आर्ट ग्यालरी न्यू साउथ वेल्सका निर्देशक)
सुरेश अधिकारी (सचिव-संस्कृति मन्त्रालय)
चिरीबाबु महर्जन (मेयर - ललितपुर महानगरपालिका
सुनिता डंगोल l (उप मेयर - काठमान्डौ महानगरपालिका)
मनिषा कोइराला (बरिष्ठ अभिनेत्री)
फोटो सौजन्य :उमेश्वर राजोपाध्याय (Umeswar Sharma)