St.Thomas Believers Eastern Church Kirtipur,KTM,Nepal

St.Thomas Believers Eastern Church Kirtipur,KTM,Nepal हाम्रो बारेमा थप जानकारी लिन हाम्रो युटुब च्यानल BEC Nepali TVमा जानसक्नुहुन्छ।https://youtube.com/?si=48wdTo5d2wvi7A5p

आत्मिक जागृती विशेष संगती।१७असोज,२०८२।सेन्ट थोमस बिलिभर्स इस्टर्न चर्च कीर्तिपुरले गत बिहिवार अर्थात अक्टोबर २तारिख आत्म...
03/10/2025

आत्मिक जागृती विशेष संगती।

१७असोज,२०८२।

सेन्ट थोमस बिलिभर्स इस्टर्न चर्च कीर्तिपुरले गत बिहिवार अर्थात अक्टोबर २तारिख आत्मिक जागृती विशेष संगती आयोजना गरेको छ।कार्यक्रममा एकान्त समयको महत्त्व र आबश्यक्ता बारे सिकाइएको थियो।चर्च फादर मोहन शर्माले उपस्थित बिश्वासयोग्यजनहरुलाई सिकाउदै भन्नुभयो"एकान्त समय यस्तो समय हो,जुन समयको पालनाले ब्यक्तिगत आत्मिक वृद्धि मात्रै गराउदैन तर चर्च,समाज र राष्ट्रलाई समेत प्रभाव पार्छ´भन्नुहुदै नियमित प्रार्थनाको माध्यमद्दारा बिताइने एकान्त समय निकै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। बिशेष आराधनाका साथ पबित्रआत्माको पर्खाई सेवा,बप्तिष्मा लगायतका कार्यक्रमहरु उक्त सेवामा समाबेश गरिएको थियो।

देशको लागि प्रार्थना।देशको प्रतिकुल परिस्थितिलाई दृष्टिगत गर्दै स्थानीय चर्चमा भाद्र २४गते अगुवाहरुबिच विशेष प्रार्थना स...
13/09/2025

देशको लागि प्रार्थना।

देशको प्रतिकुल परिस्थितिलाई दृष्टिगत गर्दै स्थानीय चर्चमा भाद्र २४गते अगुवाहरुबिच विशेष प्रार्थना सभाको आयोजना गरियो।देशको बिध्यमान परिस्थिति,हुनसक्ने बैदेशिक हस्तक्षेप र अब बन्ने नागरिक सरकारका लागि प्रार्थना गरिएको थियो। स्मरण रहोस् -Gen-Z युवाहरुले देशैभरी गत सेप्टेम्बर 8-9मा भ्रष्टाचार बिरोधि आन्दोलन गरेका थिए।देशले नयाँ महिला प्रधानमन्त्री शुशिला कार्की पाएसंगै देश सामान्य अबस्थामा फर्किएको छ।

Happy Birthday Beloved Father!
27/08/2025

Happy Birthday Beloved Father!

थिओटोकसको स्वर्गवासको पर्व।पवित्र अर्थोडक्‍स चर्चले कन्ये मरियमलाई थिओटोकस नाउँ दिएको छ र यसको अर्थ-`परमेश्वरबहाक´अर्थात...
15/08/2025

थिओटोकसको स्वर्गवासको पर्व।

पवित्र अर्थोडक्‍स चर्चले कन्ये मरियमलाई थिओटोकस नाउँ दिएको छ र यसको अर्थ-`परमेश्वरबहाक´अर्थात`परमेश्वरलाई जन्माउने´भन्ने हुन्छ।

तालिम तथा इश्वरीय लिटर्जी प्रयोग।१७ श्रावण,२०८२|कीर्तिपुर।सेन्ट थोमस बिलिभर्स इस्टर्न चर्च कीर्तिपुरले १२हप्ते तालिम कार...
02/08/2025

तालिम तथा इश्वरीय लिटर्जी प्रयोग।

१७ श्रावण,२०८२|कीर्तिपुर।

सेन्ट थोमस बिलिभर्स इस्टर्न चर्च कीर्तिपुरले १२हप्ते तालिम कार्यक्रम सम्पन्न गरेको छ।तालीममा बिश्वासीजनहरुलाई चर्च इतिहास तथा बिश्वास र परम्परा बारे सिकाइएको थियो।तालिम १२ अप्रीलमा शुरु भएर २६ जुलाईमा सम्पन्न भएको थियो।

१२हप्तासम्म चलेको तालिमको अगस्ट २मा दिक्षान्त सम्पन्न भएको छ।तालिममा करिब ३० जना सहभागी रहेका थिए।तालिमको समापनसंगै २अगस्ट शनिबारबाट इश्वरीय लिटर्जी समेत प्रयोगमा ल्याइएको चर्च फादर मोहन शर्माले जानकारी दिनुभयो।

हार्दिक बधाई !यस चर्चका सदस्य श्री निर्मल नौबागज्युको घर प्रभुमा समर्पण गर्ने कार्य सु-सम्पन्न भएको छ।यस अबसरमा चर्चको त...
10/07/2025

हार्दिक बधाई !

यस चर्चका सदस्य श्री निर्मल नौबागज्युको घर प्रभुमा समर्पण गर्ने कार्य सु-सम्पन्न भएको छ।यस अबसरमा चर्चको तर्फबाट उहाँ र उहाँको परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

हार्दिक बधाई !यस सेन्ट थोमस बिलिभर्स इष्टर्न चर्चका युवा संगतीका सदस्य श्री रुदिप शाही हालै प्रकाशित भएको एसइइ परिक्षाको...
06/07/2025

हार्दिक बधाई !

यस सेन्ट थोमस बिलिभर्स इष्टर्न चर्चका युवा संगतीका सदस्य श्री रुदिप शाही हालै प्रकाशित भएको एसइइ परिक्षाको नतिजामा सफल भएको हुनाले हार्दिक बधाई एबं शुभकामना ब्यक्त गर्दै आगामी शैक्षिक यात्राको लागि प्रार्थना गर्दछौं।

Address

Kirtipur

Telephone

+9779860708219

Website

Alerts

Be the first to know and let us send you an email when St.Thomas Believers Eastern Church Kirtipur,KTM,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share