Chhyorten Tashi Tamang Monastery

Chhyorten Tashi Tamang Monastery Religious Organization

भान्छाको काेटेशन आह्वान  सुचना प्रकाशन गरेकोे सम्बन्धमा ।।                                         - छ्योर्तेन टासी तामा...
17/08/2024

भान्छाको काेटेशन आह्वान सुचना प्रकाशन गरेकोे सम्बन्धमा ।।

- छ्योर्तेन टासी तामाङ गुम्बा

यस छ्योर्तेन टासी तामाङ गुम्बाका रा•का•स• सदस्य , समाज सेवी  नमोबुद्ध नगरपालिका वडा नं - ५ , निवासी श्री पेम्बा तामङ ज्य...
08/05/2023

यस छ्योर्तेन टासी तामाङ गुम्बाका रा•का•स• सदस्य , समाज सेवी नमोबुद्ध नगरपालिका वडा नं - ५ , निवासी श्री पेम्बा तामङ ज्यु को जन्म दिनको शुभ अबसरमा गुम्बाका लामा (ढाबा) हरुलाई रासन पानीको लागी रु १०,०००|-(दस हजार ) रुपैया सहयोग दान गर्नु भएकोमा वहाँ लाई धेरै धेरै धन्यवाद साथै वहाँको सु-स्वास्थ्य दिर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छौ ।

गुम्बा परिबार ।

आज मिती २०८० साल बैशख २२ गतेका दिन यस छ्योर्तेन टासी तामाङ गुम्बाले आयोजना गरिएको २५६७  अैा बुद्ध जयन्ती बिहान  ८ : ०० द...
05/05/2023

आज मिती २०८० साल बैशख २२ गतेका दिन यस छ्योर्तेन टासी तामाङ गुम्बाले आयोजना गरिएको २५६७ अैा बुद्ध जयन्ती बिहान ८ : ०० देखी शान्ति पद यात्र गुम्बा बाट सुरु भै सर्बेश्वर मन्दिर , पाटी टार , टाउन प्लानिङ , बौद्ध स्तुपा परिक्रमा गरी पिपल बोट , जोरपाटी, हुँदै नयाबस्ती युबा क्लब बाट गुम्बा पुगेर समापन गरियो साथै बुद्ध जयन्तिकै अबसरमा गोकर्णेश्वर नगरपालिका का प्रमुख दिपक रिसाल ज्यु को प्रमुख आतिथ्यमा गुम्बाका लामा (ढाबा) हरुलाई रासन पानी बितरण गर्ने कार्य प्रमुख अतिथी बाट भयो । उक्त कार्यक्रममा गुम्बाका प्रमुख लामा खेन्पो ञिमा साङ्पो ज्यू,रोयल्टी माध्यमिक विद्यालय परिवार, मेरील्याण्ड ईन्गलीस स्कुल परिवार र बिभिन्न संघ सस्था तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिती थियो सो कार्यक्रम गुम्बाका अध्यक्ष हरी बहादुर बल ज्युको सभापतित्वमा सम्पन्न भएको थियो ।

आज मिति २०८० साल बैशाख २१ गते २५६७ औं बुद्ध जयन्तीको अवसरमा तालिका अनुसार तिन दिने बुम पाठ पूजा आज पहिलो दिन गुम्बाका प्...
04/05/2023

आज मिति २०८० साल बैशाख २१ गते २५६७ औं बुद्ध जयन्तीको अवसरमा तालिका अनुसार तिन दिने बुम पाठ पूजा आज पहिलो दिन गुम्बाका प्रमुख लामा खेन्पो ञिमा साङ्पो लामा ज्यूको नेतृत्वमा प्रारम्भ गरियो ।

मिति २०८० साल बैशाख १६ गते बसेको यस छ्योर्तेन टासी तामाङ गुम्बाको राष्ट्रीय कार्यसमितिको बैठकले २५६७ औं बुद्ध जयन्ती ३ द...
02/05/2023

मिति २०८० साल बैशाख १६ गते बसेको यस छ्योर्तेन टासी तामाङ गुम्बाको राष्ट्रीय कार्यसमितिको बैठकले २५६७ औं बुद्ध जयन्ती ३ दिन विविध कार्यक्रम गरि मनाईने निर्णय भए अनुसार सो कार्यक्रममा राष्ट्रीय कार्यसमितिका पदाधिकारी लगाएत सदस्य ज्यूहरु गुम्बाका सम्पूर्ण संरक्षक,आजिवन,साधारण सदस्य ज्यूहरु, खाण्डोमा माणिपा आमा समुहका सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु विभिन्न संघ संस्थाका महानुभावहरु लामा गुरु ज्यूहरु, विधार्थीहरुका साथै सम्पूर्ण सर्व साधारण व्यक्तित्वहरुलाई तपसिल तालिका बमोजिम कार्यक्रममा सहभागी भै-दिनु हुन हार्दिक अनुरोध गर्द छु ।


कार्यक्रम

१. २०८० बैशाख २१ गते बुम पाठ पूजा सुरु ।
२. २०८० बैशाख २२ गते झण्डा ब्यानर सहितको शान्ती -याली विहान ७ बजे देखि ।
३. २०८० बैशाख २२ गते औपचारिक कार्यक्रम, लामाहरुलाई खाधन्न सामाग्री वितरण ,प्रमुख अतिथि,मेयर.गो.न.पा.
४. २०८० बैशाख २३ गते १० बजे- रेम्पोछेज्यूको प्रमुख आतिथ्यमा बुम पूजा, समापन र क्षमा पूजा गर्ने र गुम्बाका दाता र खेन्पोलाई सम्मान गर्ने ।

हिरा बहादुर लामा
महासचिव

२५६७ औं बुद्ध जयन्तीको तयारी गरिदै 🙏
30/04/2023

२५६७ औं बुद्ध जयन्तीको तयारी गरिदै 🙏

आज मिति २०८० साल बैशाख १७ गते दशमी तिथी अर्थात गुरूरेन्पोछे तिथीमा यस गुम्बाका प्रमुख लामा ङिमा जाङबो ,लामागुरु लोपोन सा...
30/04/2023

आज मिति २०८० साल बैशाख १७ गते दशमी तिथी अर्थात गुरूरेन्पोछे तिथीमा यस गुम्बाका प्रमुख लामा ङिमा जाङबो ,लामागुरु लोपोन साङगे दोर्जे लामा र ढावा लामाहरू दूारा पूजा सम्पन्न गरियो । 🙏🙏🙏

यस छ्योर्तेन टासी तामाङ गुम्बाको आदर्निय प्रमुख  लामा ङिमा जाङबो लामा ज्यु खेम्पो पदबी बाट बिभुषित हुनु भएकोमा आज मिती २...
29/04/2023

यस छ्योर्तेन टासी तामाङ गुम्बाको आदर्निय प्रमुख लामा ङिमा जाङबो लामा ज्यु खेम्पो पदबी बाट बिभुषित हुनु भएकोमा आज मिती २०८० साल बैशाख १६ गते बसेको रा• का•स• को बैठक ले बधाइ तथा शुभकामना दिदै सम्मान पत्र दिने निर्णय गरियो साथै खेन्पो द्वारा बुकिंग काउन्टर उदघाटन गरियो ।

हाम्रा आदरणीय अतिथि श्रीमती मेरिडिथ फ्र्याङ्क 18 मार्च 2023 मा हाम्रो गुम्बामा पाल्नु भएको थियो र गुम्बाको साना साना भिक...
13/04/2023

हाम्रा आदरणीय अतिथि श्रीमती मेरिडिथ फ्र्याङ्क 18 मार्च 2023 मा हाम्रो गुम्बामा पाल्नु भएको थियो र गुम्बाको साना साना भिक्षुलाई बहुमूल्य शिक्षा दिनुभएको छ र उनीहरूलाई आफ्नो बहुमूल्य समय सिकाउनका साथै अतिरिक्त दिमागी खेल्ने चीजहरू पनि दिनुभएको छ र उहाँको गुम्बा र बुद्ध धर्मप्रतिको माया र बच्चाहरूप्रतिको मायाले हामी धेरै हृदयस्पर्शी छौं तर उहाँ आफ्नो मातृभूमि (अमेरिका) जानुपर्ने भयो,त्यसैले हामीले विदाई कार्यक्रम सञ्चालन गर्यौं र हामी सबैको माया र समयको कदर गर्दछौं। आशा छ कि हामी तपाईलाई चाँडै भेट्नेछौं र हामी तपाईलाई हृदय देखी सम्झनेछौं। छ्योर्तेन टासी तामाङ गुम्बा परिवारको तर्फबाट धेरै धेरै धन्यवाद 🙏 फेरि भेटौला।

Our honourable guest Mrs.Meredith franks have came to our gumba on 18th March 2023 and has gaven the valuable education to the gumba’s little monk and also gave them her precious time teaching as well as providing extracurricular mindful playing things and at the end she have to leave and we are so heartfully thanks by her love towards gumba and towards buddhism and also love for the children however she have to leave to her motherland (USA). So,we conducted a farewell programme and we all appreciate your love and valuable time . Hope we’ll meet you soon and we’ll always miss you Meredith Franks . Lots of love from Chhyorten Tashi Tamang Gumba family 🙏see you soon again.

ल्हास्सो फ्याफुल्ला, छ्योर्तेन टासी तामाङ गुम्बा, नयाँबस्ती बौद्धमा नगद रु.५० हजार बुझाउनु भई नयाँ संरक्षक सदस्य बन्नु भ...
06/04/2023

ल्हास्सो फ्याफुल्ला,
छ्योर्तेन टासी तामाङ गुम्बा, नयाँबस्ती बौद्धमा नगद रु.५० हजार बुझाउनु भई नयाँ संरक्षक सदस्य बन्नु भएकोमा गोकुलगंगा गाउँपालिका–१ चुचुरे, (साविक चुचुरे–९ नम्बर) रामेछापका माया तामाङ लामा र नगद रु.१५ हजार बुझाउनु भई नयाँ आजीवन सदस्य बन्नु भएकोमा नमोबुद्ध नगरपालिका–८ कोट तेमाल, काभ्रेका पेम्बा लामालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । थुजेछे ।

हार्दिक वधाईछ्योर्तेन टासी तामाङ गुम्बाको महासचिव हिरा बहादुर लामा नेपाल केन्द्रिय गलैंचा उत्पादन तथा निकासी कर्ता संघको...
04/04/2023

हार्दिक वधाई

छ्योर्तेन टासी तामाङ गुम्बाको महासचिव हिरा बहादुर लामा नेपाल केन्द्रिय गलैंचा उत्पादन तथा निकासी कर्ता संघको केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक वधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।

हरी बहादुर लामा
अध्यक्ष एवं
छ्योर्तेन टासी तामाङ गुम्बा, परिवार
नयाँबस्ती बौद्ध, काठमाडौ

छ्योर्तेन टासी तामाङ गुम्बामा आज २०७९ चैत्र २१ गतेका दिनदेखि नयाँ लोपेन साङ्गे वाइबालाई नियुक्ति गरिएको छ । हिजोका दिनसम...
04/04/2023

छ्योर्तेन टासी तामाङ गुम्बामा आज २०७९ चैत्र २१ गतेका दिनदेखि नयाँ लोपेन साङ्गे वाइबालाई नियुक्ति गरिएको छ । हिजोका दिनसम्म लोपेन साङ्गे रुम्बा मात्र हुनुहुन्थ्यो । अब गुम्बामा दुइ जना लोपेन रहेको सबैलाई जानकारी गर्दछौं । लोपेनलाई यस गुम्बाका कार्यसमिति र आमा समुहले भव्य स्वागत गरेका थिए ।

Address

Boudha Jorpati
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Chhyorten Tashi Tamang Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share