Swoyambhustupa

Swoyambhustupa " A UNESCO WORLD HERITAGE SITE "

14/05/2026
हिजो क्षति भएको घण्टीको खम्बाको  मर्मत भएको छ।The bell tower that was damaged yesterday due to heavy rain and wind has b...
08/05/2026

हिजो क्षति भएको घण्टीको खम्बाको मर्मत भएको छ।

The bell tower that was damaged yesterday due to heavy rain and wind has been repaired.

अत्याधिक वर्षा र हावाहुरीका कारणले क्षति भएको घण्टीको खम्बा,क्षति कम गर्न लागि परेका स्वयम्भूका गुरूज्यूहरू तथा रूख ढलेर...
07/05/2026

अत्याधिक वर्षा र हावाहुरीका कारणले क्षति भएको घण्टीको खम्बा,क्षति कम गर्न लागि परेका स्वयम्भूका गुरूज्यूहरू तथा रूख ढलेर क्षति भएको गाडीहरू।रूख ढलेर तीनवटा गाडीमा क्षति भएको छ।

MAHAKALA ,DHARMAPALA THE PROTECTOR OF DHARMA.माहांकाल,धर्मपाला.धर्मरक्षक
06/05/2026

MAHAKALA ,DHARMAPALA THE PROTECTOR OF DHARMA.
माहांकाल,धर्मपाला.धर्मरक्षक

Swoyambhu mahachaitya on the  day of vaishak purnima(full moon day).
05/05/2026

Swoyambhu mahachaitya on the day of vaishak purnima(full moon day).

🌸 स्वयम्भूमा बुद्ध जयन्ती: श्रद्धा, शान्ति र सद्भावको संगम 🌸आज २५७० औँ बुद्ध जयन्ती (बुद्ध पूर्णिमा)! ☸️ शान्तिका अग्रदू...
01/05/2026

🌸 स्वयम्भूमा बुद्ध जयन्ती: श्रद्धा, शान्ति र सद्भावको संगम 🌸

आज २५७० औँ बुद्ध जयन्ती (बुद्ध पूर्णिमा)! ☸️ शान्तिका अग्रदूत भगवान बुद्धको जन्म, बोधिसत्व प्राप्ति र महापरिनिर्वाण भएको यस पावन दिनमा काठमाडौँको ऐतिहासिक तथा आध्यात्मिक सम्पदा स्वयम्भू महाचैत्य परिसरमा आज बिहानैदेखि एउटा छुट्टै उल्लास र आध्यात्मिक रौनक देखिएको छ।
🕯️ आजका प्रमुख गतिविधिहरू:
• पूजा र प्रार्थना: स्वयम्भूका पुजारी का साथसाथै, वज्रयानी गुरू,भिक्षु हरूद्वारा विश्व शान्तिको कामना गर्दै विशेष पूजा-अर्चना र सुत्त पाठ गरिएको छ। महाचैत्यको चारैतिर बालिएका हजारौँ दीपहरूले परिसरलाई दैवीय आभा दिइरहेको छ।
• हर्षोल्लासका साथ दर्शन: झिसमिसे बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। बुद्धको उपदेशको स्मरण गर्दै श्रद्धालुहरूले चैत्यको परिक्रमा गरिरहेका छन्।
• पञ्चशील र धम्म देशना: विभिन्न गुम्बाहरूमा धर्मगुरुहरूबाट बुद्धका उपदेश, पञ्चशील र अहिंसाका बारेमा प्रवचनहरू भइरहेका छन्।
• अष्टधातु प्रदर्शन: आजको विशेष दिनमा आन्नदकुटी
विहारमा बुद्धका पवित्र अष्टधातु सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ।
🥣 खीर प्रसाद वितरण:
बुद्ध जयन्तीको अर्को सुन्दर पक्ष भनेको खीर दान हो। सुजाताले बुद्धलाई खीर खुवाएर भोक मेटाएको स्मरण गर्दै आज स्वयम्भू परिसरमा विभिन्न संघ-संस्थाहरूद्वारा:
• श्रद्धालु भक्तजनहरूलाई शुद्ध र मिठो खीर प्रसाद वितरण भइरहेको छ।
• यो सेवाले नि:स्वार्थ सेवा र करुणाको सन्देश प्रवाह गरेको छ।

🌸 Buddha Jayanti at Swayambhu: A Confluence of Devotion, Peace, and Harmony 🌸

Today marks the 2570th Buddha Jayanti (Buddha Purnima)! ☸️ On this sacred day—commemorating the birth, enlightenment (Bodhisattva), and Mahaparinirvana of Lord Buddha, the messenger of peace—the historic and spiritual heritage of Swayambhu Mahachaitya in Kathmandu has been filled with extraordinary joy and spiritual vibrancy since early morning.
🕯️ Major Activities of the Day:
• Prayers and Worship: Special puja-archana and Sutta recitations were performed by the priests (Bhantes and Gurubas) of Swayambhu, praying for world peace. The thousands of butter lamps lit around the Mahachaitya have bestowed a divine glow upon the entire premises.
• Joyous Pilgrimage: Large crowds of devotees have been gathering since the crack of dawn. Reflecting on the teachings of the Buddha, pilgrims are performing the ritual circumambulation (Kora) of the Chaitya.
• Pancha Shila and Dhamma Deshana: In various monasteries (Gumbas), religious leaders are giving discourses on the Buddha's teachings, the Five Precepts (Pancha Shila), and the path of non-violence.
• Display of Sacred Relics: On this auspicious occasion, the sacred Holy Relics (Asthadhatu) of Lord Buddha have been opened for public viewing and veneration at Anandakuti Vihar.
🥣 Distribution of Kheer Prasad:
A beautiful tradition of Buddha Jayanti is the Donation of Kheer. Commemorating the moment Sujata offered kheer to Buddha to break his long fast, various organizations at the Swayambhu premises are:
• Distributing pure and delicious Kheer Prasad to the visiting devotees.
• This service spreads the message of selfless compassion and kindness.

May this holy day ignite the spirit of compassion, non-violence, and friendliness in all our hearts. May all beings be happy! 🙏

बुद्ध जयन्ती तथा त्रिसंयोग दिवसको हार्दिक शुभकामना! 🌸🙏आजको दिन विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूका लागि विशे...
01/05/2026

बुद्ध जयन्ती तथा त्रिसंयोग दिवसको हार्दिक शुभकामना! 🌸🙏

आजको दिन विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूका लागि विशेष दिन हो। भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण—यी तीनवटै ऐतिहासिक घटना आजकै दिन (वैशाख शुक्ल पूर्णिमा) मा परेकाले यसलाई 'त्रिसंयोग दिवस' भनिन्छ।
हिंसा, द्वेष र अशान्तिले भरिएको वर्तमान विश्वमा बुद्धका उपदेशहरू अझ बढी सान्दर्भिक भएका छन्। "अप्प दीपो भव" (आफ्नो प्रकाश आफै बन) भन्ने बुद्धको वचनलाई आत्मसाथ गर्दै हामी सबैको मनमा शान्ति र करुणाको वास होस्।

नमों बुद्धाय नमों धर्माय नमों संघाय
बुद्धमं शरणमं गच्छामी
धमंम शरणमं गच्छामी
संघम शरणमं गच्छामी

Heartiest greetings on the occasion of Buddha Jayanti and Trisanyog Diwas! 🌸🙏

Today is a profoundly significant day for Buddhists and peace-seekers around the world. Known as 'Trisanyog Diwas' (The Day of Three Coincidences), this day marks three monumental events in the life of Lord Buddha: his Birth, Enlightenment, and Mahaparinirvana, all occurring on this very day of Baisakh Shukla Purnima.
In today’s world, filled with violence, hatred, and unrest, the teachings of Buddha have become more relevant than ever. Embracing his words, "Appo Deepo Bhava" (Be a light unto yourself), may peace and compassion reside in all our hearts.
I take refuge in the Buddha.
I take refuge in the Dharma.
I take refuge in the Sangha.

भोली बुद्धजयन्तीबुद्धजयन्तीको पावन अवसरका लागि सफा गरिएको स्वयम्भू परिसर र स्वयम्भू महोत्सव अन्तर्गत  गरिएको स्वयम्भू सं...
30/04/2026

भोली बुद्धजयन्ती

बुद्धजयन्तीको पावन अवसरका लागि सफा गरिएको स्वयम्भू परिसर र स्वयम्भू महोत्सव अन्तर्गत गरिएको स्वयम्भू संवाद कार्यक्रम।

Tomorrow is Buddha Jayanti

Swayambhu premises cleaned for the auspicious occasion of Buddha Jayanti and Swayambhu Dialogue Program organized as part of Swayambhu Festival.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Swoyambhustupa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Swoyambhustupa:

Share