05/09/2026
हार्दिक अपिल 🙏
२०२६/०८/२६ मा नेपाल–तिब्बत सीमा क्षेत्रको क्यिरोङ हुँदै सेथाङ (ट्रिमुरे) देखि शाब्रुबेँसीसम्म आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको छ। धेरै मानिस तथा पशुचौपायाले ज्यान गुमाएका छन् भने घर, खेतबारी, सम्पत्ति तथा जीविकोपार्जनका आधारहरू समेत तहसनहस भएका छन्। सयौँ बालबालिकाले आफ्ना अभिभावक गुमाएर अत्यन्त पीडादायी अवस्थामा जीवन बिताउन बाध्य भएका छन्।
आज पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा मानवीय करुणा, मैत्री र सहयोगको हात बढाउने समय हो।
त्यसैले विश्वभर रहनुभएका सरकार, संघ–संस्था, धर्मगुरु, श्रद्धालु, वैज्ञानिक तथा बुद्धिजीवी, मित्रहरू एवं सम्पूर्ण मानव समुदायसमक्ष विनम्र अनुरोध गर्दछु l
हुनेले हात्ती दिनुहोस्, नहुनेले सियो–धागो दिनुहोस्।
सहयोग सानो होस् वा ठूलो, पीडितका लागि हरेक सहयोग अमूल्य हुन्छ।
सक्दो सहयोग नेपाल सरकारको प्रधानमन्त्री बालेन्द्र शाहको आपतकालीन राहत कोष/बैंक खातामार्फत उपलब्ध गराई यस विपत्तिमा परेका नागरिकहरूको जीवन बचाउन, पुनर्स्थापना गर्न तथा उनीहरूमा आशा जगाउन सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु। 🙏
योल्मो खेन्पो छिमे छिरिङ (ल्हाग्याल लामा)
नेपाल राष्ट्रको संविधान सभाका सदस्य तथा पूर्वमन्त्री
Pratham Yolmo Khenpo