We Nepali Christians

Directions Contact the place of worship

We Nepali Christians हामी नेपाली क्रीस्चियन
- Charismatic Christians in Nepal lets unite peacefully

Amen ✝️
05/10/2026

Amen ✝️

02/10/2026

Healing and Miracle Bible school 2026 at Banepa Revival Signs and Wonders Church . Oct 26- Nov 4
Contact : 9818157388 , 9849459790

28/09/2026

दोष देख्नु र यथार्थ बुझ्नुमा धेरै फरक छ... ✝️

25/09/2026

नेपालका विभिन्न ठाउँहरूमा जागृति सेवा हुँदैछ।

मण्डली, अब जाग्ने समय आएको छ। मण्डलीले अब धेरै प्रार्थना गर्ने समय आएको छ। मण्डली अब घुँडामा आउनुपर्छ।अबको समय विपत्तिहर...
31/08/2026

मण्डली, अब जाग्ने समय आएको छ। मण्डलीले अब धेरै प्रार्थना गर्ने समय आएको छ। मण्डली अब घुँडामा आउनुपर्छ।

अबको समय विपत्तिहरूलाई बेवास्ता गर्दै जाने समय होइन। हामी अन्तिम समयमा छौँ, र आउने दिनहरूमा विपत्तिहरू हामीले सोचेभन्दा पनि अझ बढ्दै जानेछन्।

हामी अब डरमा होइन, तर प्रभुप्रतिको विश्वासमा जिउनुपर्छ। संसारका लागि एउटै आशा भनेको हामी, प्रभु येशूमा विश्वास गर्ने मानिसहरू हौँ। त्यसैले आशाहीन भएका मानिसहरूको अगाडि हामी येशू ख्रीष्टको ज्योति बनेर उभिनुपर्छ। ✝️

हामी संसारको ज्योति बनेर यस संसारमा चम्किनुपर्छ।🔥

अबका दिनहरूमा हामी प्रभुको आज्ञाकारी भएर, वचन पालन गरेर, प्रार्थनामा र उपवास साथ खडा हुनुपर्छ ।

परमेश्वरले तपाईंको सेवकाइको वृद्धि लाई रोकिरहनुभएको छैन, तपाईं आफैंले त्यसलाई सीमित गरिरहनुभएको छ। आफ्नो पाल फराकिलो पार...
23/06/2026

परमेश्वरले तपाईंको सेवकाइको वृद्धि लाई रोकिरहनुभएको छैन, तपाईं आफैंले त्यसलाई सीमित गरिरहनुभएको छ। आफ्नो पाल फराकिलो पारिदिनुहोस् भनेर परमेश्वरसँग मात्र बिन्ती गरिरहन बन्द गर्नुहोस्। विश्वासमा उठ्नुहोस् र आफैं पाल विस्तार गर्नुहोस्।
परमेश्वर तपाईंलाई आशिष दिन उत्सुक हुनुहुन्छ, तर उहाँले तपाईंको तयारी र अपेक्षाको स्तरअनुसार मात्र काम गर्न सक्नुहुन्छ। परमेश्वरले कहिल्यै तपाईंको सिमाना तोक्नुहुन्न; बरु तपाईं आफैंले आफ्नो सीमाना निर्धारण गरिरहनुभएको छ।
आत्माहरू जितेपछि मात्र पालको सिमाना बढाउने होइन, तर धेरै मानिस प्रभुतर्फ आउनेछन भन्ने विश्वासमा पहिले नै पालको सिमाना बढाउने हो ।
- Prophet Ezekiah Francis

Translated from English - Pastor John Anosike ✝️
22/06/2026

Translated from English
- Pastor John Anosike ✝️

कुनै पनि ख्रीष्टियान सेवा संगतीमा जब परमेश्वरको उपस्थितिको गहिरो महसुस हुन्छ, तब त्यहाँ आत्मिक हलचल हुनु स्वाभाविक हो। क...
21/06/2026

कुनै पनि ख्रीष्टियान सेवा संगतीमा जब परमेश्वरको उपस्थितिको गहिरो महसुस हुन्छ, तब त्यहाँ आत्मिक हलचल हुनु स्वाभाविक हो। कोही आफ्नो पाप र गल्तीहरू महसुस गरेर कायल बन्दै आँसु बहाएर पश्चात्ताप गरिरहेका हुन्छन् भने, कोही पवित्र आत्माको स्पर्श वा दुष्ट आत्माको बन्धनबाट स्वतन्त्र हुँदा अनौठो शारीरिक प्रतिक्रिया (जस्तै: कराउने, उफ्रिने, काँम्ने वा लड्ने) देखाइरहेका हुन्छन्। यी पलहरू सम्बन्धित व्यक्तिको जीवनका लागि अत्यन्तै व्यक्तिगत, संवेदनशील र आत्मिक युद्धका क्षणहरू हुन्।
तर, आजकल हाम्रा मण्डली र प्रार्थना सेवाहरूमा एउटा कुरुप र असंवेदनशील प्रवृत्ति मौलाउँदै गएको छ- त्यस्ता संवेदनशील क्षणहरूमा मानिसहरूको अनुहारै अगाडि मोबाइल वा क्यामेरा पुर्‍याएर फोटो खिच्ने, भिडियो बनाउने, वा सामाजिक सञ्जाल (social media)-मा 'लाइभ' गरेर संसारलाई देखाउने। के यो ख्रीष्टियान नैतिकता र मर्यादा अनुकूल छ? कतै हामी कसैको आत्मिक र भावनात्मक संकटलाई आफ्नो भ्युज (Views) र च्यानल बढाउने हतियार त बनाइरहेका छैनौँ?
बाइबलले हामीलाई हरेक कुरा शिष्टता र सुव्यवस्थामा गर्न सिकाउँछ (१ कोरिन्थी १४:४०)। जब कुनै व्यक्ति रोएर प्रार्थना गरिरहेको हुन्छ वा शारीरिक रूपमा असन्तुलित अवस्थामा हुन्छ, त्यतिबेला ऊ आफ्नो पूर्ण होसमा हुँदैन। उसको त्यो असहाय अवस्थाको अनुमति बिना भिडियो खिच्नु र इन्टरनेटमा राख्नु त्यो व्यक्तिको गोपनीयता (Privacy) र मानव अधिकारमाथिको सीधा प्रहार हो। कसैको कमजोरी वा भित्री पीडालाई सार्वजनिक प्रदर्शनको विषय बनाउने अधिकार कसैलाई छैन।
आजकल कतिपय सामाजिक सञ्जालका च्यानलहरू, भ्लगर्स (Vloggers) र मिडिया सञ्चालकहरूले आफ्नो च्यानल चलाउन, डर वा अचम्मको वातावरण सिर्जना गर्न अरूको व्यक्तिगत जीवनलाई तमासा बनाइरहेका छन्। "हेर्नुहोस् पवित्र आत्माको भयानक शक्ति" वा "दुष्ट आत्मा कसरी करायो" जस्ता सस्ता र भड्काउ शीर्षक (Clickbait) राखेर भिडियो पोस्ट गरिन्छ। यो परमेश्वरको सेवा होइन, बरु कसैको पीडा बेचेर कमाएको सस्तो लोकप्रियता मात्र हो।
परमेश्वरको उपस्थितिमा मानिस निको हुन र स्वतन्त्र हुन आउँछ, अपमानित हुन होइन। जब कुनै विश्वासीले भोलिपल्ट फेसबुक वा युट्युबमा आफ्नै त्यस्तो लज्जास्पद वा अनौठो अवस्थाको भिडियो देख्छ, उसलाई कस्तो मानसिक र भावनात्मक चोट पुग्ला? समाजमा, कार्यालयमा वा आफ्नै परिवारमा उसले कसरी शिर ठाडो गरेर हिँड्ने? कतिपय अवस्थामा त यस्ता भिडियोका कारण विश्वासीहरू सधैँका लागि चर्च जानै छोडेका वा डिप्रेसनमा परेका उदाहरणहरू पनि छन्। हामी कसैलाई स्वतन्त्र गराउने बहानामा झन् ठूलो मानसिक बन्धनमा त धकेलिरहेका छैनौँ?
जब यस्ता संवेदनशील र आन्तरिक आत्मिक क्रियाकलापहरूलाई विना सन्दर्भ सामाजिक सञ्जालमा छरपस्ट पारिन्छ, तब प्रभुलाई नचिन्ने बाहिरी संसारका मानिसहरूले यसलाई गिल्ला र उपहासको विषय बनाउँछन्। यसले सुसमाचारको काममा मद्दत गर्नुको साटो ख्रीष्टको मण्डली र इसाई विश्वासकै बदनाम गराइरहेको हुन्छ।
यसबारे मेरो व्यावहारिक सुझाव:
प्रत्येक मण्डली र सेवा सञ्चालकहरूले आराधना वा प्रार्थनाको समयमा हलभित्र मोबाइल वा क्यामेराद्वारा व्यक्तिगत भिडियो खिच्न पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ।
यदि मण्डलीकै आधिकारिक मिडियाले लाइभ वा रेकर्डिङ गरिरहेको छ भने पनि, जब कुनै विश्वासी लड्छ वा रोइरहेको हुन्छ, क्यामेरा तुरुन्तै अन्तै मोड्नुपर्छ। दुष्ट आत्मा निस्कँदै गरेका वा मानिसहरू लडिरहेका दृश्यहरूलाई लाइभमा देखाउनु हुँदैन।
यस्ता अलौकिक वा गम्भीर प्रार्थनाका कार्यहरू मण्डलीको मुख्य हलमा सबैको अगाडि गर्नुको साटो छुट्टै परामर्श कक्ष (Counseling Room) मा गर्नु बढी सुरक्षित र मर्यादित हुन्छ।
व्यक्तिगत रूपमा पनि हामीले बुझ्नुपर्छ कि प्रार्थना र आराधना परमेश्वर र मानिसबीचको पवित्र संवाद हो। यसलाई क्यामेरामा कैद गरेर 'शो-अफ' (Show-off) गर्ने वस्तु बनाउनु हुँदैन।
येशू ख्रीष्टले मानिसहरूलाई निको पार्दा वा भूतहरू धपाउँदा कहिल्यै पनि तमासा देखाउनुभएन। कतिपय अवस्थामा त उहाँले "यो कुरा कसैलाई नभन्नू" भनेर कडा चेतावनी समेत दिनुभयो (मर्कूस १:४४)। किनभने उहाँलाई प्रचार होइन, व्यक्तिको उद्धार र मर्यादाको चिन्ता थियो।
कसैको आत्मिक र भावनात्मक पलसँग खेलबाड गरेर मण्डलीलाई तमासाको थलो बनाउन बन्द गरौँ। परमेश्वरको उपस्थितिको आदर गरौँ र हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको आत्मसम्मानको रक्षा गरौँ। आत्मिक जागृति क्यामेराको लेन्समा होइन, मानिसको बदलिएको हृदयमा देखिनुपर्छ।
- बिमल छेत्री, सिलगढ़ी

22/05/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when We Nepali Christians posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to We Nepali Christians:

Shortcuts

Share