02/09/2026
रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏🕯️
वि.सं. २०८३ साल भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
दिवंगत सम्पूर्ण ज्ञात–अज्ञात आत्माहरूको चिरशान्ति र सुगतिको कामना गर्दै भगवान बुद्धले शोकमा रहनुभएका परिवारजनलाई यो असह्य पीडा सहन गर्ने शक्ति र धैर्य प्रदान गरून् भन्ने प्रार्थना गरिएको छ।
तमू बौद्ध सेवा समिति नेपाल, अनामनगर, काठमाडौंद्वारा आयोजित श्रद्धाञ्जली सभामा छेमे बत्ती प्रज्वलन, मौनधारण, आमा समूहद्वारा मन्त्रवाचन तथा दिवंगत आत्माहरूको सम्झनामा सामूहिक रूपमा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
यसै अवसरमा विपत्तिबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि राहत रकम संकलन कार्यक्रमसमेत अघि बढाइएको छ।
यस दुःखद घडीमा हामी सबै एकजुट भएर पीडित परिवारको साथमा उभिऔँ।
दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏