Kirtipur Churches Fellowship,KTM Nepal

Kirtipur Churches Fellowship,KTM Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirtipur Churches Fellowship,KTM Nepal, Religious organisation, Kathmandu.

18/08/2026
आज बसेको फेलोशीपको सल्लाहकार सहितको पदाधिकारी बैठक।यस बैठकमा बिगतको समिक्षा र आगामी रणनीतिबारे सामान्य कुराकानी भएको छ।ब...
12/08/2026

आज बसेको फेलोशीपको सल्लाहकार सहितको पदाधिकारी बैठक।यस बैठकमा बिगतको समिक्षा र आगामी रणनीतिबारे सामान्य कुराकानी भएको छ।बैठक कीर्तिपुर होटल हिलसाइमा भएको थियो।

टेवरनेकल चर्च चोभारमा फेलोशीपको आज भएको मासिक संगती
08/08/2026

टेवरनेकल चर्च चोभारमा फेलोशीपको आज भएको मासिक संगती

मासिक आराधना संगतीअबश्य सहभागी हुनुहोस्।मिति: ५ श्रावण,२०८३,मंगलबार स्थान:कीर्तिपुर चर्च,ढल्पा।समय:साँझ ५:३० बजे।
17/07/2026

मासिक आराधना संगती
अबश्य सहभागी हुनुहोस्।
मिति: ५ श्रावण,२०८३,मंगलबार
स्थान:कीर्तिपुर चर्च,ढल्पा।
समय:साँझ ५:३० बजे।

फेलोशीपको मासिक संगति आइएफ जीएफ चर्च,थापागाउँ,कीर्तिपुर।  Pic:@ Fr.Mohan Sharma
11/07/2026

फेलोशीपको मासिक संगति आइएफ जीएफ चर्च,थापागाउँ,कीर्तिपुर।


Pic:@ Fr.Mohan Sharma

11/07/2026

कीर्तिपुर चर्चेज फेलोशीपको मासिक संगती आइएफ जिएफ चर्च थापागाउँ कीर्तिपुरमा आज सम्पन्न भएको छ।

बालबालिकाको बार्षिक कार्यक्रम!आज २०८३ बैशाख ६ गते अर्थात अप्रील १९ तारिख २०२६ आइतबारका दिन चर्चेज फेलाेशिप अन्तर्गतको `ब...
19/04/2026

बालबालिकाको बार्षिक कार्यक्रम!

आज २०८३ बैशाख ६ गते अर्थात अप्रील १९ तारिख २०२६ आइतबारका दिन चर्चेज फेलाेशिप अन्तर्गतको `बाल संगति` द्दारा आयाेजित 'ससेन ब्रेक प्राेगाम´अन्तर्गत SHINE YOUR LIGHT´शिर्षक कार्यक्रम सम्पन्न गरेकाे छ।कार्यक्रममा करिब १५० बालबालिकाको सहभागीता रहेको थियो। SHINE YOUR LIGHT(आफ्नाे ज्याेति चम्काओ) कार्यक्रममा मुख्य सेशनका अतिरिक्त बालक्विज, आर्ट्स् र क्राफ्ट, गीत, रमाइलाे खेल आदि समावेश भएको थियो।

दिदीबहिनीको पाँचौं साधारणसभा।३० चैत्र सोमबार।कीर्तिपुर।              कीर्तिपुर चर्चेज फेलोशीप अन्तर्गत दिदिबहिनी संगतीको...
13/04/2026

दिदीबहिनीको पाँचौं साधारणसभा।

३० चैत्र सोमबार।कीर्तिपुर।
कीर्तिपुर चर्चेज फेलोशीप अन्तर्गत दिदिबहिनी संगतीको पाँचौं बार्षिक साधारणसभा अप्रील १२ तारिख आइतबारका दिन कीर्तिपुर मिलाप चर्चमा सम्पन्न भयो।कार्यक्रममा विभिन्न चर्चका करिब १२० जना दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष पा.सुर्यकुमार श्रेष्ठ लगायत फेलोशीपको मुल कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा आराधना, प्रबचन,बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन,नृत्य लगायत कार्यक्रम समाबेस थिए।कार्यक्रममा स्वागत गुरुआमा दुर्गा खनाल,शुरुको प्रार्थना गुरुआमा शान्ती श्रेष्ठ,स्वागत मन्तब्य पा.एलि सेवा,प्रबचन गुरुआमा ज्वाला कृस्टिना,बार्षिक प्रतिबेदन सचिब श्रीमती जुनु लामा माली र कोषाध्यक्ष श्रीमती कुन्ती तुलाधर लगायतले जिम्मेवारी पाउनुभएको थियो।त्यस्तै धन्यवाद ज्ञापन गुरुआमा बिणा मल्लले ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभापतीत्व गर्ने गुरुआमा हेमा राई तामाङले अन्तिम प्रार्थना गरेसंगै कार्यक्रम समापन भएको थियो।उक्त आशिषित कार्यक्रमको सन्चालिका गुरुआमा प्रमिला श्रेष्ठ हुनुहुन्थ्यो।दिदिबहिनी संगतीलाई हामी मुल कमिटिको तर्फबाट प्रार्थना सहित हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

दिदिबहिनी संगतीको टिशिप।२३ मार्च। कीर्तिपुर।कीर्तिपुर चर्चेज फेलोशिपको दिदिबहिनी संगतिले २१ मार्च अर्थात गत शनिबार टिसिप...
23/03/2026

दिदिबहिनी संगतीको टिशिप।

२३ मार्च। कीर्तिपुर।

कीर्तिपुर चर्चेज फेलोशिपको दिदिबहिनी संगतिले २१ मार्च अर्थात गत शनिबार टिसिप कार्यक्रम सम्पन्न गरेको छ।राराहिलस्थित यरिया-२५ रेष्टुरेन्टमा दिदीबहिनीहरुबिच उक्त कार्यक्रम सम्पन्न गरेको हो।

नयाँ चर्चका गुरुआमा तथा दिदिबहिनीहरुबिच उत्साह बांड्ने र परिचयात्मक कार्यक्रम गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको दिदिबहिनी संगतीको सचीव श्रीमती जुनु लामा मालीले जानकारी दिनुभयो।

फेलोशीपले दम्पती सेमिनार सम्पन्न गर्यो।२२मार्च।कीर्तिपुर।कीर्तिपुर चर्चेज फेलोशीपले दम्पती सेमिनार सम्पन्न गरेको छ।कीर्त...
22/03/2026

फेलोशीपले दम्पती सेमिनार सम्पन्न गर्यो।

२२मार्च।कीर्तिपुर।

कीर्तिपुर चर्चेज फेलोशीपले दम्पती सेमिनार सम्पन्न गरेको छ।कीर्तिपुर चर्चेज फेलोशीप मुख्य आयोजक रहेको सेमिनारको सह आयोजक अगाप्पे परिवार सेवकाई रहेको थियो।सेमिनार गत चैत्र ३ र ४ गते ज्योती आवासिय भवन ढल्पामा सम्पन्न गरेको हो।
समाज बिध्यमान सम्बन्धबिछ्च्छेद,घरेलु हिंसा र पारिवारिक कलहजस्ता कुराले प्रताडित भइरहेको सन्दर्भमा चर्चले पनि यसतर्फ ध्यानदिनुपर्ने कुरा दृष्टिगतगरी उक्त कार्यक्रम आयोजना गरिएको फेलोशीपका सचिब फादर मोहन शर्माले जानकारी दिनुभयो।सेमिनारमा कीर्तिपुर भेगमा भएका विभिन्न चर्चबाट ६ दम्पती सहभागी भएका थिए।सेमिनारको मुख्य सहजकर्ता श्री त्रिरत्न र लिलि महर्जन रहनुभएको थियो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kirtipur Churches Fellowship,KTM Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share