02/07/2026
श्री भण्डारेश्र्वर एकमुखे महादेव काे महिमा :
श्री भण्डारेश्र्वर महादेव काठमाडौंकाे सिफल क्षेत्रमा अबस्थित एक पवित्र र प्राचीन तिर्थस्थल हाे । यसकाे बिशेषता भनेकाे विश्वकाे दुर्लभ एकमुख भएकाे शिवलिङ्ग मध्ये एक मानिन्छ । जसले भगवान शिवकाे प्रत्यक्ष स्वरुपकाे अनुभूति दिलाउने बिश्वाश गरिन्छ । छैठौं सताप्दीकाे एकमुख भएकाे शिवलिङ्गलाई शिव भगवानकाे ज्ञान, शान्ति र एकाग्रताकाे प्रतीक मानिन्छ । सिफल क्षेत्र पशुपति नाथ मन्दिर नजिकै रहेकाेले यसलाई भगवान शिवकाे शक्तिशाली उपपिठकाे रुपमा मानिन्छ । यश ठाउँकाे दर्शन गर्दा मनाेकामना पुरा हुने, राेग, दुख कष्टबाट मुक्ति हुने र धन, सम्रिद्वी सुरक्षा प्राप्तहुने जनबिश्वाश गरिन्छ ।
बिशेषताहरु :
यस मन्दिरमा प्रतेक सोमबार, श्रावण महीना, शिवरात्री, जनै पूर्णिमा र तीजमा भक्तजनहरुकाे ठुलाे भिड लाग्ने गर्दछ। भण्डारेश्वर एकमुखे महादेव केवल मन्दिर मात्र होइन, आस्था, सत्य र आध्यात्मिक शक्तिको केन्द्र हो। यहाँ पुग्दा मानिसले आत्मिक शान्ति, विश्वास र सकारात्मक ऊर्जा अनुभव गर्ने गर्छन्। यहाँ प्रतेक सनिबार साझ शिव आरती हुने गर्दछ ।
महत्त्व :
पशुपतिनाथमा मुख्य भट्ट/भट्ट र भण्डारीहरु परिवर्तन हुँदा भण्डारेश्वरमा आएर सत्यताको सफत खाएर मात्र पशुपतिनाथमा पुजा गर्ने प्रचलन छ। यस ठाउँबाट फुल र प्रसाद श्री पशुपतिनाथ मन्दिरमा चढाएपछि मात्र पशुपतिनाथ मन्दिरकाे नित्य दैनिक पुजा शुरुहुने प्रचलन रहि आएकाे छ ।
यसले यो स्थानलाई सत्य र न्यायको प्रतीक बनाएको छ।बिहान सबेरै स्नान गरेर शुद्ध मनले पूजा गर्दा विशेष फलदायी मानिन्छ।
श्री भण्डारेश्र्वर महादेवकाे दर्शन गरि आफ्नाे मनाेकामना पूरा गर्न सम्पूर्ण भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।