02/06/2025
हारती अजिमाको कथा केवल एक देवीको कथा होइन। यो रूपान्तरणको कथा हो, क्रोधबाट करूणा, त्रासबाट रक्षा, र भयबाट आशीर्वादमा रूपान्तरण भएको गाथा।
हारती अजिमा आरम्भमा एक शक्तिशाली, भयङ्कर रूपकी देवी थिइन्।
कथाहरू भन्छन् कि उहाँले बालबालिकालाई उठाएर लैजानु हुन्थ्यो, जसले गर्दा आमाबाबुहरू डराउँथे। उहाँको यो रूपलाई धेरैले क्रोध र तर्साउने शक्तिको रूपमा व्याख्या गरे। तर जब भगवान बुद्धले हारती अजिमालाई दर्शन दिएर उनको मातृत्व भावनालाई स्पर्श गरे, त्यो क्रोध मायालु मातृत्वमा रूपान्तरित भयो।
उहाँले सन्तानहरूलाई जोगाउने, रोगबाट बचाउने र जीवनको रक्षकको रूपमा आफूलाई प्रस्तुत गर्नुभयो।
उहाँको पूजा गर्दा बालग्रहको प्रभाव हट्छ, रोग, दुर्घटना, र मृत्युको डरबाट छुटकारा पाइन्छ।
आज, स्वयंभू स्तूपको पश्चिमपट्टि रहेको हरति मन्दिरमा हरेक दिन आमाबाबुहरू आफ्ना सन्तानलाई लिएर आशिर्वाद माग्न जान्छन्।
उहाँ बालकपालक, रोग–निवारक र ममतामयी देवीको रूपमा प्रतिष्ठित हुनुहुन्छ।
Send a message to learn more