20/08/2026
विषय : प्रशंसनीय कदर सहित आभार तथा विशेष धन्यवाद
प्रथम ऐतिहासिक (तामाङ )सांस्कृतिक भवन निर्माण तथा नेपाल राष्ट्रिय तामाङ घेदुङका विविध कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले विदेशस्थित विभिन्न मुलुकमा रहनुभएका यस संस्थाप्रति विशेष आस्था राख्नुहुने अग्रज व्यक्तित्वहरूले आफ्नो तर्फबाट सक्दो अमूल्य सहयोग प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।
यहाँहरूको सहयोग, सद्भाव, सल्लाह तथा सुझावको उच्च मूल्याङ्कन गर्दै नेपाल राष्ट्रिय तामाङ घेदुङको तर्फबाट यहाँहरू सबैप्रति प्रशंसनीय कदर सहित विशेष धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा समेत यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा राख्दछौँ।
हार्दिक धन्यवाद।
फ्या–फुल्ला, थुँजेछे। 🙏
सहयोगी व्यक्तिहरूको विवरण
१. याेञ्जन सिङ ठाकुर — चौरीदेउराली गाउँपालिका–३, हाल अमेरिका।
२) सन्तोष घिसिङ — चौरीदेउराली गाउँपालिका–३, हाल अमेरिका।
३) दावा घिसिङ — दोलखा जिल्ला, शैलुङ गाउँपालिका–५ निवासी, हाल अमेरिका। मामा–भान्जा ग्रुपका अध्यक्ष।
४) प्रेम लामा — नमोबुद्ध नगरपालिका, काभ्रे, हाल अमेरिका।
५) सुदर्शन नेगी — नुवाकोट, हाल साइप्रस। नेपाल राष्ट्रिय तामाङ घेदुङ, साइप्रसका अध्यक्ष।
६) बिरास दोङ — सुनापति गाउँपालिका, रामेछाप, हाल अस्ट्रिया।
सादर प्राथनिय
बिर बहादुर याेञ्जन
केन्द्रीय अध्यक्ष
सम्पर्क ☎️☎️9851092593/01-5928054
नेपाल राष्ट्रिय तामाङ घेदुङ
चपली हाईट, काठमाडौं (याम्बु)