Nepal Rashtriya Tamang Ghedung

Call Directions Website

Nepal Rashtriya Tamang Ghedung Nepal Rashtriya Tamang Ghedung is an autonomous and non-profit making Tamang People 's national orga

नेपालको प्राचिन बासिन्दा आदिवासी तमाङ जातिको सामाजिक, सास्कृतिक, धार्मिक तथा आर्थिकउत्थान र राजनीतिक अधिकार पुन:स्थापना गर्न कृयाशिल बिभिन्न सघसस्थाहरु को साझा कार्य थलो

🙏 विपद् परेका परिवारहरूको साथमा नेपाल राष्ट्रिय तामाङ घेदुङ  🙏नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय कार्यालय (याम्बु) र ...
12/09/2026

🙏 विपद् परेका परिवारहरूको साथमा नेपाल राष्ट्रिय तामाङ घेदुङ 🙏

नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय कार्यालय (याम्बु) र नेपाल राष्ट्रिय तामाङ घेदुङ साइप्रस शाखाको संयुक्त पहलमा नागार्जुन–३ स्थित यल्लो गुम्बा क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूलाई राहत वितरण कार्यक्रम सफलतापूर्वक गरिएको छ। 🙏❤️

विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको दुःखमा साथ दिँदै राहत, सहयोग, सद्भाव र मानवताको भावना बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो। 🤝

यस मानवीय अभियानका क्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष श्री वीरबहादुर योञ्जनज्यूले बाढीबाट प्रभावित परिवारका बालबालिकाको भविष्यप्रति समेत विशेष चासो र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रभावित परिवारका १० जना बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 📚❤️

त्यसैगरी, बाढीका कारण प्रभावित परिवारहरूलाई बसोबास गर्न असहज परिस्थिति सिर्जना भएमा घेदुङको भवनमा आवश्यकताअनुसार आश्रय तथा बसोबासको वातावरण मिलाउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। 🏠🙏

यो केवल राहत वितरण मात्र होइन, विपद्मा परेका परिवारहरूको वर्तमानसँगै उनीहरूको भविष्यप्रति पनि जिम्मेवार बन्ने मानवीय प्रयास हो। शिक्षा, आश्रय र सहयोगमार्फत पीडित परिवारहरूलाई पुनः आफ्नो जीवन सामान्य बनाउन हौसला प्रदान गर्नु नै हाम्रो साझा उद्देश्य हो। ❤️

यस मानवीय कार्यलाई सफल बनाउन सहयोग, साथ, समर्पण तथा नैतिक सहयोग प्रदान गर्नुहुने नेपाल राष्ट्रिय तामाङ घेदुङ साइप्रस शाखाका सम्पूर्ण सहयोगी टिमप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ। साथै, पूर्व क्याप्टेन देवकुमार लामा (DK Buddhist) ज्यू लगायत यस मानवीय अभियानमा पुर्‍याउनुभएको महत्वपूर्ण सहयोग र योगदान पुराउनु हुने युवा ब्यवसायी तथा समाजसेवी जित बहादुर याेञ्जन ज्युप्रति विशेष सम्मानसहित हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। उहाँको सहयोगले यस अभियानलाई थप बल, प्रेरणा र ऊर्जा प्रदान गरेको छ। 🙏❤️

तपाईंहरूको सहयोग, एकता र मानवताले बाढीपीडित परिवारहरूमा राहतसँगै आशा, भरोसा र नयाँ सम्भावनाको अनुभूति दिलाएको छ। 🤝

🙏 सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक नमन तथा धन्यवाद। 🙏

विपद्मा साथ दिऔँ, मानवता बचाऔँ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।

नेपाल राष्ट्रिय तामाङ घेदुङ
केन्द्रीय कार्यालय, चापली हाइट, काठमाडौं
सम्पर्क नम्बर : 📲9851092593 ☎️ 015928054

📢 रसुवा बाढीपीडितका लागि सहयोग संकलन सम्बन्धी हार्दिक अपिलरसुवा जिल्लाको केरुङ नाका क्षेत्र हुँदै बग्ने भोटेकोशी तथा त्र...
31/08/2026

📢 रसुवा बाढीपीडितका लागि सहयोग संकलन सम्बन्धी हार्दिक अपिल

रसुवा जिल्लाको केरुङ नाका क्षेत्र हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्र प्रभावित भएको घटनाप्रति नेपाल राष्ट्रिय तामाङ घेदुङ गहिरो दुःख व्यक्त गर्दछ।

यस विनाशकारी विपद्का कारण प्रभावित परिवारहरूलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल राष्ट्रिय तामाङ घेदुङले राहत सामग्री संकलन अभियान सञ्चालन गरेको छ।

यस अभियानमा इच्छुक महानुभाव, संघ–संस्था, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई सक्दो जिन्सी तथा राहत सामग्री उपलब्ध गराइदिनुहुन हार्दिक अपिल गर्दछौँ।

📦 आवश्यक सहयोग सामग्रीहरू

🔹 खाद्यान्न सामग्री:
चामल, दाल, नुन, तेल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री।

🔹 लत्ताकपडा तथा न्यानो सामग्री:
महिला, पुरुष तथा बालबालिकाका नयाँ वा सफा र प्रयोगयोग्य कपडा, न्यानो कपडा, कम्बल, सिरक तथा अन्य आवश्यक लत्ताकपडा।

🔹 जिन्सी तथा दैनिक उपभोग्य सामग्री:
जुत्ता–चप्पल, भाँडाकुँडा, सरसफाइका सामग्री, साबुन, टूथपेस्ट, स्यानिटरी प्याड, बालबालिकाका आवश्यक सामग्री तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्रीहरू।

🙏 विपद्को यस दुःखद घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिँदै मानवीय सहयोग र ऐक्यबद्धता प्रकट गरौँ।

तपाईंको सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको जीवनमा ठूलो राहत र आशा ल्याउन सक्छ।

📍 सहयोग सामग्री बुझाउने स्थान:
नेपाल राष्ट्रिय तामाङ घेदुङ
केन्द्रीय कार्यालय, चापली हाइट, काठमाडौं
सम्पर्क नम्बर : 📲9851092593 ☎️ 015928054

🤝 आउनुहोस्, सबै मिलेर विपद्पीडितको साथमा उभिऔँ।

नोट: फुट्ने कुहिने र पुराना कपडा नराखिदिनु होला । इच्छुकहरूले हामीलाई सम्पर्क गर्नुहोला

🙏 रसुवामा आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै, पीडित परिवारप्रति हार्दिक समवेदना तथा प्रभावित सबैको शीघ्र उद्धार, राह...
27/08/2026

🙏 रसुवामा आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै, पीडित परिवारप्रति हार्दिक समवेदना तथा प्रभावित सबैको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गर्दछौँ। 🙏

24/08/2026

Tamang rimthim Fyafulla song Lyrics: Kumar SyangbaMusic: Chandra...

नेपाल राष्ट्रिय तामाङ्ग घेदुङ्गको केन्द्रीय कार्यालयमा काभ्रे जिल्ला पनौती न.पा. का ताम्बाज्युहरु सङ्ग बृहत् अन्तरक्रिया...
21/08/2026

नेपाल राष्ट्रिय तामाङ्ग घेदुङ्गको केन्द्रीय कार्यालयमा काभ्रे जिल्ला पनौती न.पा. का ताम्बाज्युहरु सङ्ग बृहत् अन्तरक्रिया कार्यक्रम गरी आगामी दिनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नबारे छलफल गरियो ।

विषय : प्रशंसनीय कदर सहित आभार तथा विशेष धन्यवादप्रथम ऐतिहासिक (तामाङ )सांस्कृतिक भवन निर्माण तथा नेपाल राष्ट्रिय तामाङ ...
20/08/2026

विषय : प्रशंसनीय कदर सहित आभार तथा विशेष धन्यवाद

प्रथम ऐतिहासिक (तामाङ )सांस्कृतिक भवन निर्माण तथा नेपाल राष्ट्रिय तामाङ घेदुङका विविध कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशस्थित विभिन्न मुलुकमा रहनुभएका यस संस्थाप्रति विशेष आस्था राख्नुहुने अग्रज व्यक्तित्वहरूले आफ्नो तर्फबाट सक्दो अमूल्य सहयोग प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।

यहाँहरूको सहयोग, सद्भाव, सल्लाह तथा सुझावको उच्च मूल्याङ्कन गर्दै नेपाल राष्ट्रिय तामाङ घेदुङको तर्फबाट यहाँहरू सबैप्रति प्रशंसनीय कदर सहित विशेष धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा समेत यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा राख्दछौँ।

हार्दिक धन्यवाद।
फ्या–फुल्ला, थुँजेछे। 🙏

सहयोगी व्यक्तिहरूको विवरण

१. याेञ्जन ठाकुर — चौरीदेउराली गाउँपालिका–३, हाल अमेरिका।

२) सन्तोष घिसिङ — चौरीदेउराली गाउँपालिका–३, हाल अमेरिका।

३) दावा घिसिङ — दोलखा जिल्ला, शैलुङ गाउँपालिका–५ निवासी, हाल अमेरिका। मामा–भान्जा ग्रुपका अध्यक्ष।

४) प्रेम लामा — नमोबुद्ध नगरपालिका, काभ्रे, हाल अमेरिका।

५) सुदर्शन नेगी — नुवाकोट, हाल साइप्रस। नेपाल राष्ट्रिय तामाङ घेदुङ, साइप्रसका अध्यक्ष।

६) बिरास दोङ — सुनापति गाउँपालिका, रामेछाप, हाल अस्ट्रिया।

सादर प्राथनिय
बिर बहादुर याेञ्जन
केन्द्रीय अध्यक्ष
सम्पर्क ☎️☎️9851092593/01-5928054
नेपाल राष्ट्रिय तामाङ घेदुङ
चपली हाईट, काठमाडौं (याम्बु)

विषय :- प्रशंसनीय कदर सहित आभारका साथ विशेष धन्यवाद व्यक्त प्रस्तुत सम्बन्धमा यस नेपाल राष्ट्रिय तामाङ घेदुङको विविध कार...
19/08/2026

विषय :- प्रशंसनीय कदर सहित आभारका साथ विशेष धन्यवाद व्यक्त
प्रस्तुत सम्बन्धमा यस नेपाल राष्ट्रिय तामाङ घेदुङको विविध कार्यक्रम संचालन सहयोगार्थ श्री सागर याेन्जन ज्यूको मुख्य पहल र भूमिकामा विदेश स्थित विभिन्न मुलुकमा रहनु भएका यस संस्था प्रति विशेष आस्था राख्नु भई आ-आफ्ना तर्फबाट आफुले सके अनुरुपको आवश्यक सहयोग उपलब्ध गराईदिनु भएका तपशिल बमोजिमका तपाईहरु अग्रज व्यक्तित्वहरु प्रति आगामी दिनहरुमा समेत तपाईहरुको सहयोग, सद्भाव, सल्लाह सुझाव सहितको अमुल्य अपेक्षा राखि यहाँहरुको कल्याणकारी सहयोगी कार्यको उच्च मूल्यांकन गर्दै यस नेपाल राष्ट्रिय तामाङ घेदुङको तर्फबाट यहाँहरु प्रति प्रशंसनीय कदर सहित आभारका साथ विशेष धन्यवाद व्यक्त गर्दछौं । हार्दिक धन्यवाद । फ्या-फुल्ला, थुँजेछे,

तपशिल :
सहयोगी व्यक्तित्वहरुको विवरण :

१) सुनिता योन्जन : (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल: रोमानिया।

२) कुन्साङ योन्जन : (काभ्रे, चौंरीदेउराली), हाल: जापान।

३)संजय लामा : (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल; पोर्चुगल ।

४)निरमाया जिम्बा : (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल: दुबई।

५)अमन लामा : (काभ्रे, चौंरीदेउराली गा.पा.-६), हाल: मलेसिया।

६) टिका पुलामी : (मोरङ, हेटौंडा-२), हाल: पोर्चुगल।

७) अमर तामाङ : (धादिङ, निलकण्ठ न.पा.-१), हाल: पोर्चुगल।

८) ज्योती लामा : (काभ्रे, भुम्लु गा.पा.), हाल: अमेरिका।

९) कुमार तामाङ : (काभ्रे, चौंरीदेउराली), हाल: रोमानिया।

१०) मसली मोक्तान : (काभ्रे, चौंरीदेउराली), हाल: कोरिया।

११) शारदा लामा : (मकवानपुर, हेटौंडा गौरिक्षेप्रार-१३), हाल: अष्ट्रेलिया।

१२) गोपीलाल प्रजापति : (गोरखा, आरुघाट-५), हाल: पोर्चुगल।

१३ ) मनोज गुरुङ : (संखुवासभा, इटहरी-८), हाल; पोर्चुगल

१४) धुर्ब राणा मगर : (सोलुखुम्बु), हाल: रोमानिया।

१५) छिरिङ शेर्पा : (गाईघाट, उदयपुर), हाल: रोमानिया।

१६)दिपेन्द्र राई : रोमानिया।

१७) धुर्बराज राई : काठमाडौं, सामाखुशी, नेपाल।

१८) लाक्पा लामा : (काठमाडौं, कपन), हाल: यु.के.।

१९) केबी के.सी. : (गोकर्णेश्वर-४), हाल: पोर्चुगल।

२०) मुना लामा : (सल्यभुम्रु- काभ्रे ), हाल: पोर्चुगल।

२१) कमानसिं याेन्जन: (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल: कुवेत।

२२) बिनोद कु. तामाङ : (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल: चिली।

२३)रमेश गोले : (नुवाकोट, किस्पाङ गा.पा.-३), हाल: फ्रान्स।

२४) निस्ता लामा : (काभ्रे, चौंरीदेउराली गा.पा.-६, मादनकुँडारी), हाल; पोर्चुगल

२५)साकार योन्जन : (काभ्रे, चौंरीदेउराली-...), हाल: पोर्चुगल

२६)बिरास लामा (रामेछाप बेथान)
हाल जर्मन

२७)दावा लामा : (काभ्रे, चौंरीदेउराली गा.पा.-४), हाल; पोर्चुगल

२८)निराेच याेन्जन :(सल्यभुम्रु गा पा काभ्रे) हाल, न्युजिल्यान्ड
सादर प्रार्थनीय ।
बिर बहादुर याेन्जन
केन्द्रीय अध्यक्ष
सम्पर्क ☎️9851092593/01-5928054
नेपाल राष्ट्रिय तामाङ घेदुङ
चपली हाईट, काठमाडौं (याम्बु)

🇳🇵 हार्दिक स्वागत तथा आत्मीय भेटघाट 🇵🇹🙏🌏🇳🇵 जहाँ रहे पनि, आफ्नो भाषा, संस्कृति र पहिचान सधैं हाम्रो गर्व हो। ❤️नेपाल राष्...
18/08/2026

🇳🇵 हार्दिक स्वागत तथा आत्मीय भेटघाट 🇵🇹🙏

🌏🇳🇵 जहाँ रहे पनि, आफ्नो भाषा, संस्कृति र पहिचान सधैं हाम्रो गर्व हो। ❤️

नेपाल राष्ट्रिय तामाङ घेदुङ, Portugal शाखाका उपाध्यक्षज्यू एलिना लामा ‌ (तामाङ) नेपाल आगमनको अवसरमा केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गरियो।

यस अवसरमा तामाङ भाषा, संस्कृति, पहिचानको संरक्षण तथा प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा तामाङ समुदायका लागि गर्न सकिने विभिन्न कार्य तथा सहकार्यका विषयमा छलफल समेत गरियो।

विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानप्रति देखाउनुभएको निरन्तर प्रतिबद्धताप्रति हार्दिक सम्मान।

तामाङ एकता, पहिचान र सहकार्य — विश्वभर फैलिँदै जाओस्। 🙏

बिर बहादुर याेन्जन ( तामाङ )
केन्द्रीय अध्यक्ष
नेपाल राष्ट्रिय तामाङ घेदुङ
केन्द्रीय कार्यालय, चापली हाइट
काठमाडौँ
थुज्छे , धन्यवाद

Address

Budhanilkantha Municipality Chapali 2 Bhangal
Kathmandu
44622

Alerts

Be the first to know and let us send you an email when Nepal Rashtriya Tamang Ghedung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share