29/06/2026
आधिकारिक सूचना | OFFICIAL ANNOUNCEMENT
मण्डलीको नाम सच्याएको सम्बन्धी सूचना
ख्रीष्टमा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूमा,
हाम्रा प्रभु तथा मुक्तिदाता येशू ख्रीष्टको पवित्र नाममा तपाईंहरू सबैमा अनुग्रह र शान्ति।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभाग द्वारा मुलुकी देवानी संहिता, २०७४ को दफा ३१८ को उपदफा (१) बमोजिम, पवित्र धर्म शास्त्र बाइबलमा आधारित सार्वजनिक सामाजिक तथा धार्मिक (गुठी) को रूपमा हाम्रो मण्डली सफलतापूर्वक दर्ता भएकोमा हामी परमेश्वरप्रति धन्यवाद व्यक्त गर्दै यो जानकारी गराउन पाउँदा हर्षित छौं कि हाम्रो मण्डलीको आधिकारिक नाम नेपाल क्रिश्चियन रिभाइभल चर्च (NCRC) बाट क्रिश्चियन रिभाइभल चर्च (CRC) मा परिवर्तन गरिएको छ।
यो नाम सच्याएको र हाम्रो मण्डलीको आधिकारिक कानुनी दर्तासँग सम्बन्धित हो। तर परमेश्वरले हामीलाई सुम्पनुभएको बाइबलीय विश्वास, दर्शन, मिशन तथा सेवकाइमा कुनै परिवर्तन भएको छैन। परिवर्तन केवल नाममा भएको हो; हाम्रो जग भनेको परमेश्वरको अपरिवर्तनीय वचन र हाम्रा प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ।
पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ:
“किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।”
१ कोरिन्थी ३:११
यस सूचनाको मितिदेखि हाम्रो मण्डलीका सम्पूर्ण आधिकारिक कागजातहरू, पत्राचार, सेवकाइका गतिविधिहरू तथा अन्य सबै आधिकारिक सञ्चारमा क्रिश्चियन रिभाइभल चर्च (CRC) नाम प्रयोग गरिनेछ।
यस सम्पूर्ण प्रक्रियाभरि तपाईंहरूले गर्नुभएको प्रार्थना, प्रोत्साहन तथा निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि हामी एकताका साथ परमेश्वरको सेवा गर्दै येशू ख्रीष्टको सुसमाचारलाई अझ समर्पित भएर प्रचार गर्ने प्रतिज्ञा गर्दछौं।
हामीले प्रभु येशू ख्रीष्टको महान् आज्ञा पूरा गर्ने क्रममा परमेश्वरले क्रिश्चियन रिभाइभल चर्च (CRC) लाई निरन्तर आशिष् दिनुहोस् र मार्गदर्शन गर्नुहोस् भन्ने हाम्रो प्रार्थना छ।
ख्रीष्टको सेवामा,
क्रिश्चियन रिभाइभल चर्च (CRC)
OFFICIAL ANNOUNCEMENT
Notice of Church Name Corrected
Dear Brothers and Sisters in Christ,
Grace and peace to you all in the holy name of our Lord and Savior, Jesus Christ.
We are delighted to announce, with gratitude to God, that our church has been successfully registered with the Government of Nepal, Ministry of Land Management, Co-operatives, Federal Affairs, and General Administration Department of Land Management and Archive, registered as the Public Social and Religious Organization (Religious Guthi) based on the Holy Bible, in accordance with Sub-section (1) of Section 318 of the Muluki Civil Code, 2074 (2017). Consequently, the official name of our church has been changed from Nepal Christian Revival Church (NCRC) to Christian Revival Church (CRC).
This corrected name is solely related to the official legal registration of our church. However, there has been no change in the biblical faith, vision, mission, and ministry that God has entrusted to us. Only the name has been corrected; our foundation remains the unchanging Word of God and our Lord Jesus Christ.
As the Holy Scriptures declare:
“For no one can lay any foundation other than the one already laid, which is Jesus Christ.”
1 Corinthians 3:11
Effective from the date of this announcement, the name Christian Revival Church (CRC) will be used in all official documents, correspondence, ministry activities, and all other official communications of our church.
We sincerely express our heartfelt gratitude for your prayers, encouragement, and faithful support throughout this entire process. We remain committed to serving God together in unity and to proclaiming the Gospel of Jesus Christ with even greater dedication in the days ahead.
It is our prayer that God will continue to bless and guide Christian Revival Church (CRC) as we faithfully fulfill the Great Commission of our Lord Jesus Christ.
In Christ’s Service,
Christian Revival Church (CRC)