इन्द्रजात्रा व्यवस्थापन समिति

  • Home
  • Nepal
  • Kathmandu
  • इन्द्रजात्रा व्यवस्थापन समिति

इन्द्रजात्रा व्यवस्थापन समिति Management Committee of Indrajatra (MCI) consider the entire guthis community participate on national festival Indrajatra of Nepal.

इन्द्रजात्रा व्यवस्थापन समितिको परीचय

प्राचिन नेपालको मौलिकता सहित मनाइने राष्ट्रिय पर्व ईन्द्रत्राको गरिमा आफैमा गौरवपूर्ण इतिहास बोकेको महत्वपूर्ण चाडपर्वहरु मध्ये एक हो । लिक्ष्यबिकाल, मल्लकाल हुँदै हालको आधुनिक नेपालको गणतान्त्रिक मुलुकमा यस राष्ट्रिय चाडपर्वलाई राज्यस्तरवाट धेरै नै महत्वका साथ अत्यन्त ठूलो स्थान दिई आएको छ । बौद्ध र हिन्दु सम्प्रदाय बिच धार्मिक सहिष्णुताको एक महत्वपूर्ण उपलब

्धीको रुपमा प्रतिस्थापित हुँदै दिनानुदिन धार्मिक पर्यायको आधारशिलमा मात्र नभई समग्रमा पर्यटन प्रबद्र्धनको समेत मुख्य आधार बन्दै आएको छ । ईन्द्रजात्रा पर्वमा राष्ट्रप्रमुख (राष्ट्राध्यक्ष) देखि सामान्य नागरिकहरुको समेत उपस्थितीमा विश्वको एकमात्र जीवित देवदेवीहरुको रुपमा रहँदै आएको श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा लगायत, लिक्ष्यविकाल देखि हाल सम्म प्रदर्शनमा राखिने विभिन्न भैरवका प्रस्तरपति मुर्तिहरु, ईन्द्रमहाराजका मुर्तिहरु, लिङ्गोगुठी अन्तर्गत लिङ्गोमा ईन्द्रध्वजा फहेराउने, पुलुकिसी हात्ती नाच हलचोक आकाश भैरव, मजिपाट लाखेका साथै अन्य झाँकी नाचगानहरुले राष्ट्रको मौलिकतामा जीवन्तता दिन चिरकालसम्म यस पर्वले ठूलो भूमिका निर्वाह गरिरहने छ । रष्ट्रको गौरव र अनुपम महिमा बोकेको नेपालको राष्ट्रिय जात्रापर्वहरु मध्ये एक ईन्द्रजात्रा पर्व पनि हो ।

ऐतिहासिक लिक्ष्यविकाल, मल्लकाल हुँदै आधुनिककालखण्डमा पर्व व्यवस्थापन पक्ष अर्थात राज्यस्तरबाट भएको अतिक्रमण विभिन्न प्रथाहरुको अन्त्यको नाममा गरिएको धार्मिक सहिष्णुता माथिको प्रहारका कारण श्रृवित अन्यौल अवस्थालाई सम्बोधन गर्ने क्रममा मिति २०६५।०६।०५ मा भएको राज्यले मनाईदै आएको यस पर्वमा प्रत्यक्ष वा परोक्ष सरोकार राख्दै विगत देखि हालसम्म पनि अविरल क्रियाशील गुठिका गुठियारहरु लगायत विभिन्न संघ–संस्थाहरुसंग भएको सहमति र सम्झौता अनुरप ऐतिहासिक र मौलिक पर्व इन्द्रजात्राको महिमा र गरिमालाई अक्षुण राख्दै पर्व व्यवस्थापनमा देखिएको अनेकन समस्याहरुलाई अन्त्य गर्न समयानुकुल ढंगबाट पर्वलाई आवश्यक स्रोत साधनको व्यवस्था गरि मुलुकको धार्मिक, सामाजिक, साँस्कृतिक र यहाँका अन्य पुरातन सम्पदा, गुठिहरु आदिका समेत संरक्षण गर्ने लक्ष्य सहित सरोकारवालाहरु वीच भएको सहमति अनुसार संघसंस्था दर्ता ऐन, २०३४ अन्तर्गत यस “ईन्द्रजात्रा व्यवस्थापन समिति” को आवश्यकता महशुस भई सम्पूर्ण जात्रा खलकहरु एकबद्ध भई यो संस्था दर्ता गरिएको छ ।
“इन्द्रजात्रा व्यवस्थापन समिति” मिति २०६५।०६।०५ मा तत्कालिन कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री श्री डा. वावुराम भट्टराईज्यू, माननीय सभासदज्यूहरु, सम्बन्धित इन्द्रजत्रा चलाउनु पर्ने गुठियारहरुका प्रतिनिधीहरु, गुठीसंस्थान प्रमुखज्यूहरु, स्थानीय प्रशासन प्रमुखज्यूहरु, प्रहरी प्रमुखज्यूहरुको साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय बासिन्दाहरु तथा जात्रापर्व सरोकारवालाहरुको उपस्थितीका विच भएको सम्झौताको प्रतिबिम्बिका रुपमा यो संस्था (इन्द्रजात्रा व्यवस्थापन समिति)रहने छ। साथै नेपाल सरकारबाट जारी संस्कृति नीति २०६८ अन्तर्गत पूर्ण प्रतिबद्ध भै यस संस्थाले कार्य गर्दैआइरहेको छ ।

06/06/2023
16/09/2021
13/09/2021

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वा.....

Address

Kathmandu

Telephone

+9779851231450

Website

Alerts

Be the first to know and let us send you an email when इन्द्रजात्रा व्यवस्थापन समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to इन्द्रजात्रा व्यवस्थापन समिति:

Share