वाणेश्वर महादेव / Baneshwor Mahadev

वाणेश्वर महादेव / Baneshwor Mahadev ��

शंखमुल साई केन्द्र ,बानेश्वर महादेव मन्दिर समिती र पुरोहित बाजे को आयोजनामा भोलि शनिबार बानेश्वर महादेव मन्दिर परिसरमा व...
15/05/2026

शंखमुल साई केन्द्र ,बानेश्वर महादेव मन्दिर समिती र पुरोहित बाजे को आयोजनामा भोलि शनिबार बानेश्वर महादेव मन्दिर परिसरमा विशेष भजन तथा पूजा कार्यक्रम हुने भएकोले यहाँहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
​स्थान: बानेश्वर महादेव मन्दिर परिसर
​समय: दिउँसो २:३० देखि ४:०० बजेसम्म
​मिति: भोलि शनिबार
सत्य साई बाबा एक महान आध्यात्मिक गुरु हुनुहुन्थ्यो, जसले "सबैलाई प्रेम गर, सबैको सेवा गर" भन्ने सन्देश फैलाउनुभयो। उहाँका अनुसार नि:स्वार्थ सेवा र भक्ति नै ईश्वरसम्म पुग्ने सरल मार्ग हुन्। उहाँको दिव्य उपस्थिति र विचारले आज पनि लाखौँलाई शान्ति र सत्कर्मको बाटो देखाउँछ।
​यस पवित्र भजन र सत्संगमा सहभागी भई आध्यात्मिक आनन्द प्राप्त गरौँ।
​"सबैको भलो होस्, सबै सुखी रहुन्।"

बानेश्वर महादेवको परिसरमा हिजो सम्पन्न भएको "भजन, कीर्तन र आरती" कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइ...
17/03/2026

बानेश्वर महादेवको परिसरमा हिजो सम्पन्न भएको "भजन, कीर्तन र आरती" कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनुहुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🕉️
​विशेष गरी, कार्यक्रममा गरिमामय उपस्थिति जनाउनुहुने काठमाडौँ क्षेत्र नं. १ का नवनिर्वाचित सांसद रन्जु न्यौपाने, क्षेत्र नं. २ का सांसद सुनील के.सी., र क्षेत्र नं. ४ का सांसद पुकार बम लगायत समानुपातिक सांसदहरू समीक्षा बास्कोटा र अनुष्का श्रेष्ठ ज्यूहरूप्रति हामी विशेष कृतज्ञता प्रकट गर्दछौं।
​तपाईंहरूको उपस्थिति र भक्तिभावले साँझ साँच्चिकै अलौकिक बन्यो। भगवान महादेवको कृपा हामी सबैमा रहिरहोस्। 🚩✨

महाशिवरात्रि २०८२
16/02/2026

महाशिवरात्रि २०८२

महिनाको पहिलो सोमबारको साँझ आरती२०८२/०३/०२
16/06/2025

महिनाको पहिलो सोमबारको साँझ आरती
२०८२/०३/०२

आरती कार्यक्रमका केहि तस्बिरहरू ...
17/06/2024

आरती कार्यक्रमका केहि तस्बिरहरू ...

27/05/2024

श्रावण १ गतेआरती कार्यक्रमका केहि तस्बिरहरू ...
17/07/2023

श्रावण १ गते
आरती कार्यक्रमका केहि तस्बिरहरू ...

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!..........................................................
16/07/2023

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!............................................................................
भोलि श्रावण १ गते पहिलो सोमबार बानेश्वर महादेव स्थानमा भब्य रुपमा सन्ध्याकालिन आरती कार्यक्रम हुँदैछ । समस्त भक्तजनहरुलाइ निम्न मिति , समय र स्थानमा स परिवार उपस्थित भएर सन्ध्याआरती कार्यक्रमा सहभागी भै महादेव प्रती भक्तिभाव प्रकट गर्नु हुन सादर निमन्त्रणा गर्दछौं ।

मिति: २०८० श्रावण १ गते सोमबार
स्थान :बानेश्वर महादेव स्थान परिसर
समय : अपरान्ह ५ बजे

Shiva is ETERNAL ... Shiva Is TIMELESS 🕉️👉 अब आउने महाशिवरात्रिको सु-अवसरमा ब्रानेश्वोर मन्दिर प्रांगणमा ११ ब्राह्मणद्वा...
16/02/2023

Shiva is ETERNAL ... Shiva Is TIMELESS 🕉️

👉 अब आउने महाशिवरात्रिको सु-अवसरमा ब्रानेश्वोर मन्दिर प्रांगणमा ११ ब्राह्मणद्वारा बिशेष लघुरुद्री तथा हवन पुजा हुन गैरहेको छ !! प्रसाद ग्रहण गर्नको लागि हजुरको उपस्थिति को लागि हार्दिक अनुरोध !! 🕉️
👉बिशेष गरि जन्मदिन, बार्षिकोत्सव, मनोकामना पुरा, रोग ब्याधि, ग्रहपिडा, भुत-बाधा, कुण्डली दोष लगायतको लागि रुद्र देवता प्रसन्न गर्नको लागि भोलेनाथलाई जल तथा दुध द्वारा अभिषेक गरिन्छ ! 🕉️

👉हरेक बिहान नित्य रुद्रभिषेक हुने गरेको पनि जानकारी गराउछौ ! 🕉️

👉बेलुकाको समय मा धुनी पनि बाल्ने गरेको छौ ! साथीभाई, इस्ट-मित्र, परिवार संग यो पबित्र भुमिमा प्रसाद ग्रहण को लागि आउनको लागि हार्दिक अनुरोध !

👉जय महाकाल 🕉️ जय रुद्रदेवता 🕉️ जय अघोरी बाबा 🕉️

साउन अन्तिम सोमबार  वाणेश्वर मन्दिरमा भक्तजनहरु🙏 🕉
15/08/2022

साउन अन्तिम सोमबार
वाणेश्वर मन्दिरमा भक्तजनहरु🙏 🕉

Address

Baneshwor Mahadevsthan
Kathmandu
00977

Telephone

+97714462751

Website

Alerts

Be the first to know and let us send you an email when वाणेश्वर महादेव / Baneshwor Mahadev posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category