04/11/2025
सनातन सभ्यता मानवताको मूल आधार
सनातन सभ्यता कुनै निश्चित समयमा जन्मिएको होइन, यो त अनादि अर्थात् आरम्भविहीन र अविनाशी सभ्यता हो। यसको जरा समयको गर्भमा लुकेको छ जहाँ मानवले पहिलो पटक “धर्म” भन्ने शब्दको अर्थ कर्तव्य र सत्य को रूपमा बुझ्यो।
सनातन सभ्यता केवल धार्मिक परम्परा होइन, यो जीवनको विज्ञान हो जसले ब्रह्माण्ड, प्रकृति, र आत्माको सम्बन्धलाई बुझ्ने मार्ग सिकाउँछ। वेद, उपनिषद्, गीता, र पुराणहरू यसको ज्ञानका स्रोत हुन्, जसले मानवलाई धैर्य, करुणा, सत्य र अहिंसा जस्ता मूल्यहरूको मार्गमा चल्न प्रेरित गर्छ।
यो सभ्यताले विश्वलाई योग, ध्यान, कर्मयोग र आत्मज्ञान को उपहार दिएको छ।
“वसुधैव कुटुम्बकम्” अर्थात् पूरा विश्व नै एउटा परिवार हो भन्ने विचार यसै सभ्यताबाट उत्पन्न भएको हो।
आज पनि, आधुनिक युगमा, जब विज्ञानले मानवलाई बाह्य प्रगतितर्फ धकेल्दैछ, सनातन सभ्यता भित्रको दर्शनले हामीलाई भित्रको शान्ति र आत्मबोधको सम्झना गराउँछ।