31/03/2026
हार्दिक धन्यवाद एवं मङ्गलाशासनम्
श्रीवैष्णव परिषद् नेपालको आह्वान एवं परिषद्का अध्यक्ष अनन्त श्रीविभूषित देवराजाचार्य स्वामीजी महाराजकाे अभिभावकत्व, उपाध्यक्ष स्वामी श्री ऋषिप्रपन्नाचार्यज्यूको नेतृत्व, अर्का उपाध्यक्ष श्रीकृष्णप्रपन्न गाैतम, परिषद्का केन्द्रीय सदस्य जय प्रसाद सुवेदी तथा कतिपय स्थानमा दास महासचिवसहितकाे सहभागितामा २ हप्ता लामो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, एवं सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा जिल्ला अधिवेशन एवं धार्मिक जागरण यात्रा सम्पन्न भयाे।
जसमा श्रीलक्ष्मीनारायण मंदिर धनगढी कैलाली , श्रीनिवास दिव्यधाम पुनर्वास महेन्द्रनगर , श्रीरामजानकी मंदिर कोहलपुर बांके , श्रीबालगोपाल मंदिर बनघुस्री दांग , श्रीलक्ष्मीनारायण मंदिर तुलसीपुर दांग , श्रीरामजानकी मंदिर खलंगा जाजरकोट , श्रीराधाकृष्ण मंदिर विरेन्द्रनगर सुर्खेत , श्रीराम जानकी मन्दिर दल्ली जाजरकोट , एवं श्रीलक्ष्मीनारायण मंदिर राडीज्यूला रुकुम पश्चिमसमेत सबै मन्दिर परिवार , श्रीवैष्णव परिषद्काका कोषाध्यक्ष श्री गोपाल कुमार श्रेष्ठ, श्रीवैष्णव महिला परिषद की सदस्य श्री अलका पाण्डे, श्रीवैष्णव युवा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ विद्वान् डा. रघुनाथ नेपाल गुरुजी दांग , श्रीश्रीधराचार्य स्वामीजी कोहलपुर बाँके, श्री स्वामी केशवाचार्य (सूर्यपाकी) रजौरा दाङ एवं विभिन्न जिल्लाका तीन वटै परिषद्का विभिन्न तह र तप्कामा रही सम्प्रदायकाे सेवा कैंकर्य गरिरहनु भएका पदाधिकारी एवं सदस्य महानुभावहरू र तत्तत् क्षेत्रका भक्त भागवत माताजीहरूको विशिष्ट सहयोगमा यो यात्रा अत्यन्त सफल र अर्थपूर्णरूपमा संपन्न भएको छ । आगामी दिनमा अरु जिल्लाहरूमा पनि यो अभियान निरन्तर जारी रहने छ । यस धार्मिक एवं सांगठनिक जागरण यात्रामा सहभाागी तथा सहयाेगी सम्पूर्ण महानुभावहरूलाई परिषद् परिवारका तर्फबाट हार्दिक धन्यवाद तथा अनन्त मङ्गलाशासनम् ! भगवान् श्रीहरिले हामी सबैलाई यसरी नै श्रीसम्प्रदायकाे संवर्धन तथा प्रवर्धनकाे कार्यमा सदा अभिप्रेरित गर्नुहाेस्!
जय श्रीमन् नारायण
महासचिव
उपेन्द्र दाहाल
जिल्लाका नवनिर्वाचित पदाधिकारीकाे विवरण क्रमशः सूचित गरिने छ!